मुख्य समाचार
एप्पलले अहिलेसम्मकै सबैभन्दा पातलो आइफोन लञ्च गरेको छ
एप्पलले अहिलेसम्मकै सबैभन्दा पातलो आइफोन लञ्च गरेको छ

। एप्पलले अहिलेसम्मकै सबैभन्दा पातलो आइफोन लञ्च गरेको छ । मंगलबार आफ्नो विशेष वार्षिक समारोहमार्फत् एप्पलले जम्मा ५.६ मिलिमिटर मोटो आइफोन एयर सार्वजनिक गरेको हो ।

त्यसक्रममा एप्पलका सिइओ टिम कुकले आइफोन एयरलाई आइफोन प्रविधिमा अहिलेसम्मकै ठूलो फड्को रहेको र यो गेमचेन्जर स्मार्टफोन भएको बताएका छन् ।

आइफोन एयरमा ६.५ इन्चको सुपर रेटिना एक्सडिआर डिस्प्ले छ, जसमा १२० हर्ज रिफ्रेस रेट दिइएको छ । यो फोनमा ए१९ प्रो प्रोसेसर छ, जुन शक्तिशाली चिपसेट हो । जसमा C1x नामक नयाँ मोडेम छ । यो विद्यमान C1 को तुलनामा दोब्बर फास्ट रहेको बताइएको छ ।

आइफोन एयरमा डुअल क्यामेरा सेटअप रहेको छ । जसमा प्रमुख क्यामेरा ४८ मेगापिक्सेलको छ । त्यस्तै सेल्फी क्यामेरा १८ मेगापिक्सेलको रहेको छ ।

आइफोन एयरमा रहेको क्यामेराको सबैभन्दा गज्जबको क्षमता भनेको यसका सेल्फी क्यामेरा र पाछाडिको भागमा रहेको क्यामराबाट एकै पटकमा भिडियो तथा तस्वीर खिच्न सकिन्छ ।

कम्पनीका अनुसार आइफोन एयर अहिलेसम्मको सबैभन्दा टिकाउ फोन हो । यसको सुरुवाती मूल्य ९ सय ९९ डलर तोकिएको छ ।

यो फोन अहिलेसम्मकै सबैभन्दा कम ब्याट्री खपत गर्ने आइफोन रहेको दाबी एप्पलको छ ।

आइफोन १७ सिरिज

उक्त समारोहमा एप्पलले आइफोन १७ सिरिजका तीनवटा नयाँ आइफोन पनि लञ्च गरेको छ । त्यसमा आइफोन १७, आइफोन १७ प्रो र आइफोन १७ प्रो म्याक्स रहेका छन् ।

तीमध्ये आइफोन १७ को सुरुवाती मूल्य ७९९ डललर, आइफोन १७ प्रो को १०९९ डलर र प्रो म्याक्सको मूल्य ११९९ डलर तोकिएको छ ।

आगामी सेप्टेम्बर १९ मा यी आइफोनको प्रिअर्डर सुरु हुने एप्पलले जनाएको छ ।

नयाँ एयरपड्स र स्मार्टवाच

साथै एप्पलले आफ्नो एयरपड्स प्रो थ्री वायरलेस हेडफोनको नयाँ संस्करण पनि सार्वजनिक गरेको छ। यो एयरपड्समा लाइभ भाषा अनुवाद फिचर रहेको छ । यसको सुरुवाती मूल्य २४९ डलर रहेको छ ।

त्यसैगरी एप्पलले ब्लड प्रेसर मनिटर र स्लीप स्कोर फिचर सहितको नयाँ एप्पल वाचपनि सार्वजनिक गरकेो छ । यो फिचरले प्रयोगकर्तालाई उच्च रक्तचापको अवस्थामा सचेत गराउनेछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गुगलले आफ्नो नयाँ ल्यापटप ‘गुगलबुक’ सार्वजनिक रूपमा प्रस्तुत गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी १५ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क शहरमा प्रत्यक्ष मिडिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा गुगलले गुगलबुकको सफ्टवेयर, जेमिनी एआईसँगको एकीकरण तथा यसको मूल एन्ड्रोइड कोडबेसबारे विस्तृत जानकारी दिनेछ । सहभागी पत्रकारहरूले लेनोभो, एएसयूएस र एचपीलगायत साझेदार कम्पनीहरूले तयार पारेका गुगलबुक ...
। फेसबुकको माउ कम्पनी मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी गरिरहेको छ । अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा हालै सार्वजनिक भएको एक नयाँ पेटेन्ट आवेदनबाट मेटाले यसमा काम अघि बढाइरहेको खुलासा भएको हो । गत फेब्रुअरीमा दर्ता गरिएको र हालै सार्वजनिक भएको ४४ पानाको उक्त पेटेन्ट कागजातमा मेटाको नयाँ प्रणालीले ...
। मेटा (फेसबुकको माउ कम्पनी) ले विश्वभर किशोरकिशोरीहरूलाई सामाजिक सञ्जालबाट रोक लगाउने कानुनको विरोध गर्न र आफ्नो ‘टीन अकाउन्ट’ लाई सुरक्षित देखाउन इन्फ्लुएन्सरहरूलाई पैसा तिरेर प्रचार गरेको एक नयाँ रिपोर्टले खुलासा गरेको छ । डिजिटल अधिकार समूह ‘टेक ट्रान्सपरेन्सी प्रोजेक्ट’ (टीटीए) को रिपोर्ट अनुसार, जब–जब कुनै देशमा १६–१८ वर्षमुनिका किशोरहरूलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनको ...
: सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाविरुद्ध बालबालिकाको गोपनीयता उल्लंघन र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको अभियोगमा अमेरिकाको क्यालिफोर्नियास्थित अदालतमा औपचारिक सुनुवाइ सुरु भएको छ। क्यालिफोर्नियाको अकल्यान्डस्थित फेडरल कोर्टमा न्यायाधीश इभोन गोन्जालेज रोजर्सको इजलासमा यो ऐतिहासिक मुद्दाको प्रक्रिया अघि बढेको हो। अमेरिकाका विभिन्न २९ राज्यहरूले दर्ता गरेको यो संयुक्त याचिकाको नेतृत्व क्यालिफोर्निया, कोलोराडो, ...
युट्युबले आफ्नो भ्युज गन्ने तरिका परिवर्तन गरेको छ । पहिले भिडियो कम्तीमा ३० सेकेन्ड हेरेपछि मात्र एक भ्यू गनिन्थ्यो । अब भने भिडियो प्ले हुनेबित्तिकै वा लाइभ स्ट्रिममा कसैले जोडिने बित्तिकै तुरुन्तै भ्यू गणना हुन्छ । विभिन्न प्रकारका सामग्री (लामो भिडियो, सर्ट्स, लाइभ) मा फरक फरक तरिकाले भ्यू गनिँदा धेरै अन्योल हुने गुनासो क्रियटरहरूले गरेका थिए । ...