मुख्य समाचार
कतारको राजधानी दोहामा इजरायली हवाई आक्रमणमा प्यालेस्टिनी सशस्त्र समूह हमासका पाँच सदस्यको मृत्यु
कतारको राजधानी दोहामा इजरायली हवाई आक्रमणमा प्यालेस्टिनी सशस्त्र समूह हमासका पाँच सदस्यको मृत्यु

: कतारको राजधानी दोहामा इजरायली हवाई आक्रमणमा प्यालेस्टिनी सशस्त्र समूह हमासका पाँच सदस्यको मृत्यु भएको छ। तर हमासले आफ्नो वार्ता टोलीलाई लक्षित गरिएको हत्या प्रयास असफल भएको दाबी गरेको छ।



अमेरिकी प्रस्तावमा छलफल भइरहेको बेला दोहाको एक आवासीय भवनमा शक्तिशाली विस्फोट भएको हमासले जनाएको छ।



हमासले एक विज्ञप्तिमा भनेको छ,शत्रुले वार्ता प्रतिनिधिमण्डलका हाम्रा भाइहरूको हत्या गर्ने असफल प्रयास गरेको हामी पुष्टि गर्छौं।


मारिएका पाँच सदस्यमा खलील अल–हयाका छोरा हुमाम र हयाको कार्यालयका निर्देशक जिहाद लब्बाड पनि छन्।

इजरायली सेनालाई समर्थन गरेकाले अमेरिकी प्रशासनलाई आक्रमणको लागि संयुक्त रूपमा जिम्मेवार ठहराएको हमासले बताएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमण पूर्ण रूपमा जायज भएको बताए।

कतारले इजरायली आक्रमणको निन्दा गर्दै यसलाई कायरतापूर्ण र अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भनेको छ।

यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको राजधानी दोहामा हमास नेताहरूमाथि इजरायली आक्रमणबाट आफू धेरै खुसी नभएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजराइलले पछिल्ला ७२ घण्टामा ६ देशहरूमा हमला गरेको छ। यसमा गाजा (प्यालेस्टाइन) सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया रहेका छन्। यी आक्रमणहरूमा २०० भन्दा बढीको मृत्यु भएको छ र १००० भन्दा बढी घाइते भएका छन्। यी आक्रमण सोमबारदेखि बुधबारबीच भएका हुन्। इजराइलले यी देशहरूमा रहेका आतंककारी केन्द्रहरूलाई लक्ष्य बनाइरहेको जिकिर गरेको छ। इजरायलको यो कदमको ...
। अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले नेपालमा विकसित भएको घटनाबारे चासो राख्दै प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् । सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालले विगत दुई दशकमा प्रजातान्त्रिक अभ्यासको महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ, नागरिकको कडा योगदानले प्राप्त उपलब्धिहरूको रक्षा गर्नु वाञ्छनीय रहेको छ ।’ साथै नागरिकहरूविरुद्ध ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक तथा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको बिहीबार एक कार्यक्रममा गोली प्रहार गरी हत्या गरिएको छ। घटना युटा राज्यस्थित युटा भ्याली विश्वविद्यालयमा भएको हो। किर्क त्यहाँ ‘द अमेरिकन कमब्याक टुर’ कार्यक्रममा सहभागी भएका थिए । सामाजिक सञ्जालमा भाइरल भिडियोमा देखिएअनुसार, किर्क एउटा टेन्ट मुनि माइक समातेर बोलिरहेका थिए। त्यही क्रममा अकस्मात् ...
: नेपालमा हालै भएका घटनाक्रमप्रति चीनले प्रतिक्रिया जनाएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालका सबै पक्ष आन्तरिक मामिला सम्हाल्न सक्षम रहेको भन्ने कुरामा आफू विश्वस्त रहेको बताए। उनले नेपालमा सामाजिक व्यवस्था र स्थिरताको प्रारम्भिक पुनर्स्थापना हुने आशा व्यक्त गरे। प्रवक्ता जियानले विरोध प्रदर्शन पछि परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित चिनियाँ दूतावासले चिनियाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघलाई चीन र भारतमाथि १०० प्रतिशतसम्मको भन्सार कर लगाउन अपील गरेका छन्। ट्रम्प र युरोपेली संघबीचको वार्तासँग परिचित एक स्रोतले बीबीसीलाई यो जानकारी दिएको हो। ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अन्त्य गर्न बाध्य पार्ने आफ्नो प्रयासको एक भागको रूपमा यो अपील गरेका हुन्। मंगलबार अमेरिका र ईयूका अधिकारीबीच रुसमाथि आर्थिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम