मुख्य समाचार
कतारको राजधानी दोहामा इजरायली हवाई आक्रमणमा प्यालेस्टिनी सशस्त्र समूह हमासका पाँच सदस्यको मृत्यु
कतारको राजधानी दोहामा इजरायली हवाई आक्रमणमा प्यालेस्टिनी सशस्त्र समूह हमासका पाँच सदस्यको मृत्यु

: कतारको राजधानी दोहामा इजरायली हवाई आक्रमणमा प्यालेस्टिनी सशस्त्र समूह हमासका पाँच सदस्यको मृत्यु भएको छ। तर हमासले आफ्नो वार्ता टोलीलाई लक्षित गरिएको हत्या प्रयास असफल भएको दाबी गरेको छ।



अमेरिकी प्रस्तावमा छलफल भइरहेको बेला दोहाको एक आवासीय भवनमा शक्तिशाली विस्फोट भएको हमासले जनाएको छ।



हमासले एक विज्ञप्तिमा भनेको छ,शत्रुले वार्ता प्रतिनिधिमण्डलका हाम्रा भाइहरूको हत्या गर्ने असफल प्रयास गरेको हामी पुष्टि गर्छौं।


मारिएका पाँच सदस्यमा खलील अल–हयाका छोरा हुमाम र हयाको कार्यालयका निर्देशक जिहाद लब्बाड पनि छन्।

इजरायली सेनालाई समर्थन गरेकाले अमेरिकी प्रशासनलाई आक्रमणको लागि संयुक्त रूपमा जिम्मेवार ठहराएको हमासले बताएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमण पूर्ण रूपमा जायज भएको बताए।

कतारले इजरायली आक्रमणको निन्दा गर्दै यसलाई कायरतापूर्ण र अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भनेको छ।

यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको राजधानी दोहामा हमास नेताहरूमाथि इजरायली आक्रमणबाट आफू धेरै खुसी नभएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम