मुख्य समाचार
सडकमा उत्रेका युवा–विद्यार्थीको हत्याको विरोधमा अमेरिकाका विभिन्न शहरहरुमा विशाल प्रदर्शन
सडकमा उत्रेका युवा–विद्यार्थीको हत्याको विरोधमा अमेरिकाका विभिन्न शहरहरुमा विशाल प्रदर्शन

। भ्रष्टाचार र सामाजिक सञ्जालमा प्रतिबन्धविरुद्ध सडकमा उत्रेका युवा–विद्यार्थीको हत्याको विरोधमा अमेरिकाका विभिन्न शहरहरुमा विशाल प्रदर्शन भएका छन्।

हत्या गरिएका १९ जना विद्यार्थीको श्रद्धाञ्जलीका लागि अमेरिकाको टेक्सास राज्यको डालसमा करिब ५ हजार नेपाली जम्मा भएको पत्रकार विकासराज न्यौपानेले अनलाइनखबरलाई जानकारी दिए ।

डालसको पशुपतिनाथ मन्दिर तथा बौद्धविहारमा सोमबार दिउँसोदेखि रातीसम्म नेपालीहरु जम्मा भएर सरकारी दमनको विरोध तथा हत्या गरिएका विद्यार्थीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए।


सरकारले हत्या गरेका १९ युवाविद्यार्थीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अमेरिकाको न्युयोर्कस्थित ज्याक्सन हाइटमा नेपाली समुदाय ।
उनीहरुले मैनबत्ती बालेर श्रद्धाञ्जली व्यक्ति गरेका थिए । त्यहाँ उनीहरुले भ्रष्टाचार रोक (स्टप करप्सन), मानव अधिकार हनन भयो (ह्युमन राइट्स भायोलेटेड), जनता मार्न पाइँदैन, नेपालका युवाको आवाज सुनिनुपर्छ, ‘कालो दिन, अस्ताएका सपनाहरु’, रेमिट्यान्स पठाउन बन्द गर, जस्ता नारा लेखेका प्लेकार्ड बोकेर सरकारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।



त्यस्तै, न्यूयोर्कस्थित ज्याक्सन हाइटमा हजारौंको संख्यामा नेपालीहरु जम्मा भएर हत्या गरिएका विद्यार्थीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । त्यहाँ जम्मा भएकमा नेपालीहरुले पनि ‘युवाहरुसँग नडराऊ, उनीहरुका कुरा सन’ , ‘जेनजी, वी स्ट्यान्ड विथ यु’ भन्ने लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । उनीहरुले पनि नेपाल सरकारको दमनको तीव्र विरोध गरेका थिए।

त्यस्तै, अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा पनि हजारौं नेपालीहरु स्वस्फूर्त रुपमा जम्मा भएर प्रदर्शन गरेका छन् । उनीहरुले ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ,’ भन्ने गीत गाएर तथा भ्रष्टाचार र सरकारको विरोधमा नाराबाजी गरेका थिए । त्यहाँ उनीहरुले नेपालको झन्डाको आकारमा दिप प्रज्वलन गरेका सरकारले हत्या गरेका विद्यार्थीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

त्यस्तै, बोस्टनस्थित हार्वर्ड विश्वविद्यालयको प्राङ्गणमा पनि नेपालीहरु उपस्थित भएर सरकारले हत्या गरेका युवा विद्यार्थीहरुलाई श्रद्धाञ्जलि व्यक्त गरेको पत्रकार न्यौपानेले जानकारी दिए । अमेरिका अन्य स्थानहरुमा पनि नेपालीहरु स्वस्फूर्त रुपमा उपस्थित भएर मृतकप्रति श्रद्धाञ्जली र सरकारको विरोधमा प्रदर्शन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ । मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो । स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा ...
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...