मुख्य समाचार
अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काइ ट्रक 'हेलिकोप्टर' हस्तान्तरण
अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काइ ट्रक 'हेलिकोप्टर' हस्तान्तरण

: अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काइ ट्रक 'हेलिकोप्टर' हस्तान्तरण गरेको छ। बुधबार एक समारोहबीच अमेरिकी राजदूत डिन आर थम्पसनले उक्त हेलिकोप्टर नेपाली सेनालाई हस्तान्तरण गरेका हुन्।



हस्तान्तरण समारोहमा परराष्ट्र मन्त्री राणा,रक्षामन्त्री मानवीर राई र प्रधान सेनापति अशोकराज सिग्देललगायत सहभागी थिए। समारोहमा बोल्दै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले उक्त सहयोग नेपाल र अमेरिका बीचको दिगो मित्रता र सहकार्यको प्रतिक भएको बताइन्।


नेपाल र अमेरिकाबीच विश्वासमा आधारित एवं दिगो र ऐतिहासिक सम्बन्ध रही आएको उनको भनाइ छ। मन्त्री राणाले अमेरिका प्रजातान्त्रिक शासन प्रणालीको सुदृढीकरण,मानवतावादी सहयोग, विपद् व्यवस्थापन, शान्ति स्थापना तथा क्षमता विकासमा नेपालको एक विकास साझेदार र भरपर्दो मित्र रहेको पनि स्पष्ट पारिन्।


उनले अमेरिकासँगको नेपालको मित्रता र सहकार्य सधैँ शान्ति,स्थायित्व र मानव सेवाको उद्देश्यमा समर्पित रहेको बताउँदै नेपाललाई गर्दै आएको निरन्तर सहयोगका लागि अमेरिकी सरकार र अमेरिकी जनतालाई धन्यवाद ज्ञापन गरिन्।

मन्त्री राणाले निरन्तर समर्पण र अनुशासनका साथै राष्ट्रियता,विश्व शान्ति र सुरक्षाप्रति अटूट प्रतिबद्धता प्रदर्शन गर्दै आएकामा नेपाली सेनाको प्रशंसा गरिन् । ती स्काइ ट्रक विपद् र उद्धारका क्रममा सेवा दिन र एयर एम्बुलेन्सको रूपमा पनि प्रयोग गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संसदीय समितिले निर्माणाधीन नयाँ संसद भवनको निर्माण कार्यप्रति असन्तुष्टि जनाएको छ । बिहीबार संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले निर्माणाधीन नयाँ संसद भवनको आकस्मिक अनुगमन गर्दै निर्माणको कार्य निकै सुस्त भएको भन्दै असन्तुष्ट जनाएको हो । अनुगमनका क्रममा सरकारले उपलब्ध गराएको क्यालेन्डर अनुसार काम नभएको पाइएको समिति ...
: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ। भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो। युनिभर्सल टुर्स एण्ड ट्राभल (युटिटी)ले आगामी असोज १२ (२८ सेप्टेम्बर) देखि चार वटा चार्टर उडान गर्ने जनाएको छ। असोज १२, १६, २० र २४ गते उडान गर्ने गरी तालिकासमेत तय भइसकेको युटिटीका सञ्चालक परासर प्रसाईंले जानकारी दिए। ...
: परराष्ट्रसचिव अमृतबहादुर राईले नेपालले चीनको कुनै पनि कुरामा समर्थन नजनाएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी दिँदै परराष्ट्रसचिव राईले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीको चीन भ्रमणका दौरान चिनियाँ विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई)लाई समर्थन जनाएको दाबी गरेको थियो। उनले नेपालले चीनको ग्लोबल इनिसियटिभमा समर्थन जनाएको ...
: रुपन्देहीमा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र लागुऔषध बदामदगी क्षेत्रको प्रहरी युनिटको टोलीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ का २६ वर्षीय इरफान अन्सारी, सिद्धार्थनगर नगरपालिका–१ का २६ वर्षीय प्रेमलाल यादव र रोहिणी गाउँपालिका-६ का ३५ वर्षीय ईरसाद प्रवेज रहेको प्रहरीले ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। तियानजिनमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओ‌लीले राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्। रुसी सेनामा नेपालीहरूको सहभागिताका विषयमा पनि छलफल भएको परराष्ट्रसचिव अमृतबहादुर राईले बताए। उनका अनुसार कूटनीतिक माध्यमबाट ती विषयहरू समाधान गरिनेछ। त्यस्तै उनीहरूबीच दुई देशको आपसी सम्बन्धका विविध आयामबारे छलफल ...