मुख्य समाचार
संसदीय समितिले निर्माणाधीन नयाँ संसद भवनको निर्माण कार्यप्रति असन्तुष्टि जनाएको छ
संसदीय समितिले निर्माणाधीन नयाँ संसद भवनको निर्माण कार्यप्रति असन्तुष्टि जनाएको छ

: संसदीय समितिले निर्माणाधीन नयाँ संसद भवनको निर्माण कार्यप्रति असन्तुष्टि जनाएको छ । बिहीबार संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले निर्माणाधीन नयाँ संसद भवनको आकस्मिक अनुगमन गर्दै निर्माणको कार्य निकै सुस्त भएको भन्दै असन्तुष्ट जनाएको हो ।



अनुगमनका क्रममा सरकारले उपलब्ध गराएको क्यालेन्डर अनुसार काम नभएको पाइएको समिति सभापति ठाकुर प्रसाद गैरेले जानकारी दिए ।


अहिलेको अवस्था हेर्दा पछिल्लो पटक म्याद थप भएको पुस १६ गतेभित्र पनि निर्माण सम्पन्न हुने संकेत नदेखिएको उनको भनाई छ । सभापति गैरेले समितिलाई सरकारको तर्फबाट प्रदान गरिएको रिपोर्ट अनुरुपको काम नभएको जिकिर गरे।


यस विषयमा छिटै समितिको बैठक बस्ने र तोकिएको क्यालेन्डर अनुसार काम नभएको प्रति छलफल गरेर आवश्यक निर्देशन दिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संवैधानिक परिषद्मा बहुमत कायम गरिने गरी ल्याइएको अध्यादेशको व्यवस्थाप्रति प्रधानमन्त्री बालेन शाहलाई प्रश्न गरेका छन् । नीति प्रतिष्ठाले सोमबार सुर्खेतमा गरेको कार्यक्रममा बोल्ने क्रममा उपसभापति शर्माले संवैधानिक परिषद्मा ६ को बहुमत ३ हुने यो कस्तो लोकतन्त्र ? भन्दै प्रधानमन्त्री शाहलाई प्रश्न गरेका छन् । सुकुमवासीको वस्तीमा चलाइएको डोजरप्रति आपत्ति व्यक्त ...
। २३ र २४ भदौको जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । सोमबार ललितपुरको हरिहरभवनस्थित आयोगको कार्यालय नजिकै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रदर्शनको क्रममा युवाहरू आयोगको कार्यालय तर्फ अघि बढ्न खोजेपछि प्रहरीले केही प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ । ललितपुर प्रहरीका ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका गलत हरकतविरूद्ध खबरदारी गर्ने जिम्मा आफूहरूको भएको बताएका छन् । कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारका गलत हरकतको खबरदारी गर्ने जिम्मा कांग्रेसको भएको बताएका हुन् । ‘रास्वपा हाम्रो दुस्मन होइन, उ पनि हाम्रो साथी नै हो । ...
। सरकारले करको संरचना पुनरावलोकन गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो व्यवस्था उल्लेख गरेको हो । उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा वाचन गरिरहेका छन् । ‘करका संरचनाको पुनरावलोक गर्दै उद्यमी ...
। सरकारले वायु गुणस्तरलाई सुधार गर्न स्वच्छ प्रविधि प्रवर्धन र प्रदुषण नियन्त्रण कार्यक्रम ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३ ०८४ को नीति तथा कार्यक्रममा वायु प्रदुषण नियन्त्रण गर्ने कार्यक्रम बताए । ‘काठमाडौं उपत्यकामा वायु गुणस्तर सुधार योजना अध्यावधिक गर्दै राष्ट्रिय वायू गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यावन्यन गरिनेछ,’ पौडेलले भने । त्यसैगरी ...