मुख्य समाचार
संसदीय समितिले निर्माणाधीन नयाँ संसद भवनको निर्माण कार्यप्रति असन्तुष्टि जनाएको छ
संसदीय समितिले निर्माणाधीन नयाँ संसद भवनको निर्माण कार्यप्रति असन्तुष्टि जनाएको छ

: संसदीय समितिले निर्माणाधीन नयाँ संसद भवनको निर्माण कार्यप्रति असन्तुष्टि जनाएको छ । बिहीबार संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले निर्माणाधीन नयाँ संसद भवनको आकस्मिक अनुगमन गर्दै निर्माणको कार्य निकै सुस्त भएको भन्दै असन्तुष्ट जनाएको हो ।



अनुगमनका क्रममा सरकारले उपलब्ध गराएको क्यालेन्डर अनुसार काम नभएको पाइएको समिति सभापति ठाकुर प्रसाद गैरेले जानकारी दिए ।


अहिलेको अवस्था हेर्दा पछिल्लो पटक म्याद थप भएको पुस १६ गतेभित्र पनि निर्माण सम्पन्न हुने संकेत नदेखिएको उनको भनाई छ । सभापति गैरेले समितिलाई सरकारको तर्फबाट प्रदान गरिएको रिपोर्ट अनुरुपको काम नभएको जिकिर गरे।


यस विषयमा छिटै समितिको बैठक बस्ने र तोकिएको क्यालेन्डर अनुसार काम नभएको प्रति छलफल गरेर आवश्यक निर्देशन दिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काइ ट्रक 'हेलिकोप्टर' हस्तान्तरण गरेको छ। बुधबार एक समारोहबीच अमेरिकी राजदूत डिन आर थम्पसनले उक्त हेलिकोप्टर नेपाली सेनालाई हस्तान्तरण गरेका हुन्। हस्तान्तरण समारोहमा परराष्ट्र मन्त्री राणा,रक्षामन्त्री मानवीर राई र प्रधान सेनापति अशोकराज सिग्देललगायत सहभागी थिए। समारोहमा बोल्दै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले उक्त सहयोग नेपाल र अमेरिका बीचको दिगो मित्रता ...
: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ। भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो। युनिभर्सल टुर्स एण्ड ट्राभल (युटिटी)ले आगामी असोज १२ (२८ सेप्टेम्बर) देखि चार वटा चार्टर उडान गर्ने जनाएको छ। असोज १२, १६, २० र २४ गते उडान गर्ने गरी तालिकासमेत तय भइसकेको युटिटीका सञ्चालक परासर प्रसाईंले जानकारी दिए। ...
: परराष्ट्रसचिव अमृतबहादुर राईले नेपालले चीनको कुनै पनि कुरामा समर्थन नजनाएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी दिँदै परराष्ट्रसचिव राईले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीको चीन भ्रमणका दौरान चिनियाँ विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई)लाई समर्थन जनाएको दाबी गरेको थियो। उनले नेपालले चीनको ग्लोबल इनिसियटिभमा समर्थन जनाएको ...
: रुपन्देहीमा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र लागुऔषध बदामदगी क्षेत्रको प्रहरी युनिटको टोलीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ का २६ वर्षीय इरफान अन्सारी, सिद्धार्थनगर नगरपालिका–१ का २६ वर्षीय प्रेमलाल यादव र रोहिणी गाउँपालिका-६ का ३५ वर्षीय ईरसाद प्रवेज रहेको प्रहरीले ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। तियानजिनमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओ‌लीले राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्। रुसी सेनामा नेपालीहरूको सहभागिताका विषयमा पनि छलफल भएको परराष्ट्रसचिव अमृतबहादुर राईले बताए। उनका अनुसार कूटनीतिक माध्यमबाट ती विषयहरू समाधान गरिनेछ। त्यस्तै उनीहरूबीच दुई देशको आपसी सम्बन्धका विविध आयामबारे छलफल ...