मुख्य समाचार
परराष्ट्रसचिव अमृतबहादुर राईले नेपालले चीनको कुनै पनि कुरामा समर्थन नजनाएको बताएका छन्
परराष्ट्रसचिव अमृतबहादुर राईले नेपालले चीनको कुनै पनि कुरामा समर्थन नजनाएको बताएका छन्

: परराष्ट्रसचिव अमृतबहादुर राईले नेपालले चीनको कुनै पनि कुरामा समर्थन नजनाएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी दिँदै परराष्ट्रसचिव राईले उक्त कुरा बताएका हुन्।



प्रधानमन्त्री ओलीको चीन भ्रमणका दौरान चिनियाँ विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई)लाई समर्थन जनाएको दाबी गरेको थियो।


उनले नेपालले चीनको ग्लोबल इनिसियटिभमा समर्थन जनाएको र संयुक्त राष्ट्रसंघमा गठन भएको ग्रुफ फ्रेन्डमा आबद्धता जनाएको स्वीकारे। तर, चीनको सुरक्षा रणनीतिलगायत अन्य कुनै कुरामा पनि नेपालले समर्थन नजनाएको उनको भनाइ छ।


'नेपालले चीनको ग्लोबल इनिसिएटिभलाई समर्थन गरेको छ। त्यसको संयुक्त राष्ट्रसंघमा ग्रुफ अफ फ्रेन्ड पनि गठन भएको छ, त्यसमा नेपालले आबद्धता पनि जनाएको छ। तर, अरु कुनै पनि कुरामा नेपालले समर्थन जनाएको छैन। अरु कुरामा नेपाल प्रवेश गरेको छैन,' उनले भने।

परराष्ट्रसचिव राईले नेपालले भनेको कुरा मात्रै लागू हुने बताए। सञ्चारकर्मीको प्रश्नमा उनले भने, 'अरु के भन्ने विषयभन्दा पनि हामीले भनेको कुरामात्रै हुने हो।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री सुधन गुरुङले स्तरोन्नतिको क्रममा रहेको नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमन गरेका छन् । त्यस क्रममा उनले निर्माण कार्यमा ढिलासुस्ती गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘काममा कुनै पनि बहानामा ढिलासुस्ती सह्य हुने छैन । यदि सम्झौताअनुसार काम भएन र गुणस्तरमा सम्झौता गरियो भने ...
— सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्गको सम्झौता सम्पन्न मिति एक वर्षमात्रै बाँकी रहँदा ६७.२७ प्रतिशत भौतिक प्रगति भएको छ । २०८३ चैत ८ गते सम्झौता सम्पन्न मिति सकिनेछ । तर कामले भने पछिल्लो समय गति लिन सकेको छैन । सुरुङ ‘ब्रेक थ्रु’ सम्म तीव्र गतिमा काम गरेको निर्माण कम्पनी पछिल्लो समय सुस्ताएपछि कामले तीव्रता नपाएको हो ...
— पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएपछि बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै शनिबार (चैत २८)देखि लागू हुने गरी नयाँ भाडादर कायम गरेको हो । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयमातहतको भाडा निर्धारण तथा समायोजन समितिको शुक्रबारको बैठकले काठमाडौं ...
: झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्गमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा इलाम नगरपालिका–६ का अन्दाजी २५ वर्षीय भूपेन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज अपराह्न करिब साढे ४ बजेको समयमा चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्र १ ...
: दाङको तुलसीपुरमा इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । आइतबार तुलसीपुर उपमहानगरपालिका–१६, जहदागाउँस्थित सेवा इँट्टाभट्टामा काम गरिरहेका बेला अचानक पर्खाल भत्किएको हो । पर्खालले च्यापिँदा भारतको बहराइच जिल्ला सरैया निवासी ३० वर्षीय तीर्थराम पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि उनलाई ...