मुख्य समाचार
शनिबार मृत्यु भएका बरामको शव ६ दिनदेखि कतारमै
शनिबार मृत्यु भएका बरामको शव ६ दिनदेखि कतारमै

: गत शनिबार कतारमा मृत्यु भएका गोरखा सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका मनोज बरामको शव अहिलेसम्म नेपाल ल्याउन सकिएको छैन। ४२ वर्षका बरामको शव ६ दिन बितिसक्दा पनि नेपाल ल्याउन नसकिएको वडा सदस्य गोलबहादुर बरामले जानकारी दिए।



वैदेशिक रोजगारीका क्रममा विगत १२ वर्षदेखि कतारमा रहेका बरामको गत शनिबार राति सुतिरहेको अवस्थामा शव भेटिएको बरामले बताए। ४२ वर्षीय बराम केही वर्षदेखि उच्चरक्तचापको समस्यामा थिए। ‘शनिबार बिदाको दिनमा साथी भाइसँग खानपिन गरेर सुतेको, बिहान उठ्दै नउठेको रहेछ’, वडाध्यक्ष बरामले भने, ‘त्यस रात अबेरसम्म श्रीमतीसँग कुराकानी भएको रहेछ। बिहान अबेरसम्म नउठेपछि साथी भाइहरूले खोजतलास गर्दा ओछ्यानमा मृत अवस्थामा फेला पारेछन्।’


बरामको एक छोरा र एक छोरी छन्।

बरामको शव नेपाल ल्याउन हालसम्म कुनै पहल नभएको वडासदस्य बरामले जानकारी दिए। ‘उनको घरको आर्थिक अवस्था निकै कमजोर छ। घरमा बुबा र भाइ पनि अपाङ्ग छन्। शव नेपाल ल्याउन हालसम्म कुनै पहल भएको छैन ।’ मृतकको शव छिटोभन्दा छिटो नेपाल ल्याउनुपर्ने माग परिवारको रहेको वडासदस्य गोलबहादुर बरामले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इराक नयाँ श्रमिक पठाउन श्रम स्वीकृति नदिइएको जनाएको छ । श्रमले इराकमै काम गरिरहेका नेपालीलाई आवासीय परिचय पत्र (रेसिडेन्सी कार्ड) भएकालाई पुनः नेपालमा आई आफनो रोजगारीलाई निरन्तरता दिन चाहनेलाई श्रम स्वीकृति दिने जनाएको छ । ‘इराकमा श्रम स्वीकृति प्रदान गर्नेसम्बन्धी निर्णय सरकारले इराकमा संस्थागत एंव व्यक्तिगत रूपमा नयाँ श्रमिकलाई ...
। लन्डनमा होमलेस बनेका एक नेपाली विद्यार्थीलाई उद्धार गरेर नेपाल पठाइएको छ । गत नोभेम्बर २५, २०२४ मा युनिभर्सिटी अफ सन्डरल्याण्डमा बीए अनर्स पढ्न आएका पनौती काभ्रेपलान्चोकका २१ वर्षीय आदर्श थापालाई एनआरएनए यूकेको सहयोगमा नेपाल पठाइएको हो । युनिभर्सिटीले फि नतिरेको भन्दै होम अफिस (गृह मन्त्रालय) लाई अवगत गराएर उनको भिजा रद्द भएपछि पार्टटाइम कामसमेत गुमेपछि उनी ...
। इराकमा लामो समयदेखि कार्यरत ३० हजार हाराहारी नेपालीले श्रम स्वीकृति पाउने भएका छन् । सरकारले वैदेशिक रोजगारीका लागि इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने निर्णय गरेको थियो । योसँगै लामो समयदेखि इराकमा कार्यरत रहे पनि नेपालको अभिलेखीकरणमा समावेश नभएका उनीहरूलाई अभिलेखीकरणमा ल्याएर श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले जानकारी ...
— कतारमा तीन नेपाली नागरिकले आजीवन कैद सजाय भोगिरहेका छन्। उनीहरूलाई ‘अन्तर्राष्ट्रिय हत्या’मा संलग्न भएको ठहर गर्दै कतारको अदालतले आजीवन कैद सजाय सुनाएको हो। एकभन्दा बढी देशसँग जोडिएको घटनालाई कतारले अन्तर्राष्ट्रिय हत्याको रूपमा लिने गरेको छ। कतारी निकायबाट प्राप्त विवरणअनुसार नेपाली नागरिक कार्की, श्रेष्ठ र उरुवालाई आजीवन कैद सजाय सुनाइएको हो। कार्की र श्रेष्ठ भने ५ ...
: साउदीस्थित नेपाली दूतावासले आफ्ना नागरिकहरूलाई हुण्डी कारोबारमा संलग्न नहुन आग्रह गरेको छ। दूतावासले विज्ञप्ति जारी गरेर 'नेपालको सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि विदेशमा रही अनौपचारिक रुपमा विप्रेषणको काम कारोबार 'हुण्डी' गरेको वा सङ्कलित रकम नेपाल नपठाएको' गोप्य सूचना परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय वा सम्बन्धित निकायमा विद्युतीय माध्यममार्फत पठाउनुपर्ने नीतिगत व्यवस्था ...