मुख्य समाचार
शंकर पोखरेलले विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट शुल्क नउठाउने बताएका छन्
शंकर पोखरेलले विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट शुल्क नउठाउने बताएका छन्

: नेकपा एमालेका महासचिव शंकर पोखरेलले विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट शुल्क नउठाउने बताएका छन्। विधान महाधिवेशनको तयारी र समसामयिक विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले महाधिवेशनमा खर्च कति हुन्छ भन्ने अनुमान गर्न हतार हुने बताएका छन्।



भदौ २० गतेदेखि २२ गतेसम्म गोदावारीमा एमालेको दोस्रो विधान महाधिवेशन हुँदैछ। दोस्रो विधान महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी २ हजार ३४१ जना सहभागी रहनेछन् ।


महासचिव पोखरेलले विधान महाधिवेशन राजनीतिक, विधान संशोधन, सांगठनिक प्रस्ताव र विभागले प्रतिवेदन पेश गर्ने जानकारी गराए। ‘अधिवेशनमा पार्टीका तर्फबाट अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा संगठनात्मक प्रतिवेदन प्रस्तुत हुने छ ।’ उनले भने, ‘त्यसैगरी केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषदबाट प्रतिवेदन प्रस्तुत गर्नुहुने छ।’


प्रस्तुत प्रतिवेदनहरु उपर महाधिवेशनमा सहभागी प्रतिनिधिहरुबीच समूहगत छलफल गर्ने व्यवस्था मिलाइएको छ। केन्द्रीय कमिटीका दुई जना उपाध्यक्षको फरक मत आएको उनले बताए। उनले फरक मतलाई सम्बन्धित अधिवेशनमा छलफल गरिने वैधानिक व्यवस्था रहेकाले निर्णयमाथि मात्र हाल असहमति रहेको बुझाइ रहेको बताए। उनले केन्द्रिय कमिटीको निर्णयमाथि छलफल हुने विधान अधिवेशनमा नभएको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ परेका छन् । सार्वजनिक बिदाको दिन (शनिबार), असोज २४ गते सरकारी सवारीसाधन दुरुपयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी रबिन विष्टले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा सापकोटालाई असोज २५ गते पक्राउ गरी जिल्ला ...
। जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले नेपाल–जर्मनी सम्बन्ध थप प्रगाढ बनाउँदै आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने योजना सार्वजनिक गरेकी छन् । मंगलबार संसदीय सुनुवाइ समितिको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै जोशीले व्यापार घाटा न्यूनीकरण, पर्यटन प्रवर्द्धन, नेपाली श्रमिकको हकहित संरक्षण र व्यवस्थित श्रम आप्रवासनमा सक्रिय भूमिका खेल्ने बताइन् । सन् २०२८ मा नेपाल र जर्मनीबीच ...
। विभिन्न अधिकारवादी संघसंस्थाहरूले रसुवा, कालीगण्डकी, बूढीगण्डकी लगायतका बाढी पीडितहरूलाई अस्थायी र स्थायी आवासको प्रबन्ध गर्न माग गरेका छन् । गत भदौ १० मा आएको रसुवा बाढीका कारण विस्थापित भएकाहरूलाई उचित वासस्थानको व्यवस्था नभएको भन्दै आधा दर्जन संघसंस्थाले मंगलबार संयुक्त विज्ञप्तीमार्फत् यस्तो माग गरेका हुन् । ‘घर पूर्ण वा आंशिक रूपमा क्षति भएका तथा फर्केर त्यही ठाउँमा ...
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गरेको गुनासो गरेका छन् । कोशीको विराटनगरमा आज आयोजित अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै उनले संविधानले दिएका अधिकारसमेत संघीय सरकारले कार्यान्वयन नगरी संकुचनतर्फ लगेको आरोप लगाए । संघीयता कार्यान्वयनमा आएको लामो समय बितिसक्दा पनि प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन संघ तयार नभएको उनको भनाइ ...
। जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले विदेशबाट मतदानका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छन् । संसदीय सुनुवाइ समितिको आजको बैठकमा उनले त्यसका लागि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएकी छन् । ‘आवश्यकता अनुसार विदेशमा मतदानका लागि सम्बन्धित निकायबीच समन्वय गरी योग्य मतदाताको दर्ता तथा प्रमाणीकरणका लागि सहजीकरण गर्नेछु,’ उनले समितिमा प्रस्तुत गरेको कार्ययोजनामा उल्लेख छ ...