मुख्य समाचार
शंकर पोखरेलले विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट शुल्क नउठाउने बताएका छन्
शंकर पोखरेलले विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट शुल्क नउठाउने बताएका छन्

: नेकपा एमालेका महासचिव शंकर पोखरेलले विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट शुल्क नउठाउने बताएका छन्। विधान महाधिवेशनको तयारी र समसामयिक विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले महाधिवेशनमा खर्च कति हुन्छ भन्ने अनुमान गर्न हतार हुने बताएका छन्।



भदौ २० गतेदेखि २२ गतेसम्म गोदावारीमा एमालेको दोस्रो विधान महाधिवेशन हुँदैछ। दोस्रो विधान महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी २ हजार ३४१ जना सहभागी रहनेछन् ।


महासचिव पोखरेलले विधान महाधिवेशन राजनीतिक, विधान संशोधन, सांगठनिक प्रस्ताव र विभागले प्रतिवेदन पेश गर्ने जानकारी गराए। ‘अधिवेशनमा पार्टीका तर्फबाट अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा संगठनात्मक प्रतिवेदन प्रस्तुत हुने छ ।’ उनले भने, ‘त्यसैगरी केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषदबाट प्रतिवेदन प्रस्तुत गर्नुहुने छ।’


प्रस्तुत प्रतिवेदनहरु उपर महाधिवेशनमा सहभागी प्रतिनिधिहरुबीच समूहगत छलफल गर्ने व्यवस्था मिलाइएको छ। केन्द्रीय कमिटीका दुई जना उपाध्यक्षको फरक मत आएको उनले बताए। उनले फरक मतलाई सम्बन्धित अधिवेशनमा छलफल गरिने वैधानिक व्यवस्था रहेकाले निर्णयमाथि मात्र हाल असहमति रहेको बुझाइ रहेको बताए। उनले केन्द्रिय कमिटीको निर्णयमाथि छलफल हुने विधान अधिवेशनमा नभएको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रचारप्रसार गर्न घरदैलो अभियान संचालनका क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनसँग निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ। रोल्पास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवार पुनमाथि विद्यालय परिसरमा चुनावी कार्यक्रम संचालन गरेको आरोप लागेको हो। चुनाव प्रचारप्रसार गर्न विद्यालय हाताभित्र बाजागाजा बजाएर नाचगान समेत गरेको पुनमाथि ...
— इलामको फाकफोकथुम गाउँपालिका–१ ठिङ्गेपुरमा दिदी–बहिनीबीच झगडा हुँदा बहिनीको ज्यान गएको छ । घरायसी विवादका कारण २९ वर्षीया अञ्जली चेम्जोङ राई र उनका काकाकी छोरी ३७ वर्षीया पुष्पा चेम्जोङ राईबीच झगडा हुँदा बहिनी अञ्जलीको ज्यान गएको हो । इलाका प्रहरी कार्यालय मंगलबारेका अनुसार शुक्रबार दिउँसो १ बजे दिदीबहिनीबीच झगडा भएको थियो । विवाद चर्केर कपाल लुछालुछ हुँदा ...
— प्रहरीले निर्वाचन विरोधी पोस्टर टाँस्दै गरेका एक युवकलाई वीरगन्जबाट पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–१० आदर्शनगर क्षेत्रमा निर्वाचन विरोधी पोस्टर टाँसिरहेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका-१६ भन्सार क्षेत्रमा बस्ने २० वर्षीय विधान पुलामी मगरलाई शुक्रबार नियन्त्रणमा लिएको हो । मगरले सार्वजनिक स्थानमा निर्वाचन विरोधी सामग्री टाँसेर वातावरण बिथोल्ने प्रयास गरेको सूचनाका ...
: नेपाली कांग्रेसले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाहरू मतदानको आधार नबन्ने स्पष्ट पारेको छ। शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया र चुनाबी आकलनले मतदानको आधार नबन्ने र वास्तविक विश्वास मतपत्रबाट देखिने बताए। उनले जनताको निर्णय नै शासनको वैधताको आधार हो भन्ने कुरामा कांग्रेसले पूर्णतः विश्वास राख्ने धारणा राखे। प्रवक्ता ...
ओलीलाई किन दिने मत ? एमालेले अघि सार्‍यो ३५ कारण