मुख्य समाचार
बागमती प्रदेश सरकारले चलाएको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रण अभियान अन्तरगत प्रदेशभर ९६ हजार ३ सय ४७ वटा गाई तथा भैँसीलाई खोप लगाइए
बागमती प्रदेश सरकारले चलाएको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रण अभियान अन्तरगत प्रदेशभर ९६ हजार ३ सय ४७ वटा गाई तथा भैँसीलाई खोप लगाइए

: बागमती प्रदेश सरकारले चलाएको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रण अभियान अन्तरगत प्रदेशभर ९६ हजार ३ सय ४७ वटा गाई तथा भैँसीलाई खोप लगाइएको छ ।



पछिल्लो समय चितवनमा यो रोग तीव्ररूपमा फैलिएको छ। रोगको न्यूनीकरणका लागि खोप अभियानको सुरुवात ललितपुरबाट गरिएको थियो। क्रमशः अन्य १३ वटै जिल्लामा अभियान सञ्चालन गरिएको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले जानकारी दिए।


लम्की स्किन रोगविरुद्धको सप्ताहव्यापी खोप अभियान अन्तर्गत सिन्धुलीमा १० हजार ३ सय २८ वटा गाई तथा भैँसीलाई खोप लगाइएको छ। त्यसै रामेछापमा ४ हजार ४ सय ३७, काठमाडौंमा ४ हजार ३ सय ५०, ललितपुरमा ३ हजार ६ सय ६, भक्तपुरमा १ हजार ५ सय ४३, धादिङमा ६ हजार ५१, काभ्रेपलाञ्चोकमा ७ हजार ६ सय ९८ वटा गाई भैँसीमा खोप लगाइएको छ। यस्तै नुवाकोटमा ७ हजार ७ सय २४, रसुवामा ३ हजार ६ सय ३४, दोलखामा ९ हजार ९ सय ८२, सिन्धुपाल्चोकमा ६ हजार २ सय ८४, चितवनमा ६ हजार १५ र मकवानपुरमा २४ हजार ६ सय ९५ गाई भैँसीमा लम्की स्किन रोगविरुद्धको खोप लगाइएको छ।


यसअघि प्रदेशभर २ लाख ४५ हजार २२२ गाई तथा भैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
‘जनसंहार’ शब्दमा अल्झियो सरकार-जेनजी वार्ता
चमत्कारिक ओभरहेड किकले रोनाल्डो चर्चामा
। अध्यागमन विभागमा एउटा सूचना आयो– चिनियाँको एक समूहले काठमाडौंमा भिसा विपरीतको काम गर्दै आएको छ । सूचनालाई थप भेरिफाइ गरेपछि उक्त चिनियाँ समूहलाईलाई अध्यागमन विभागले लोकेट गर्‍यो । सोह्रखुट्टे भन्दा केही पर म्हैपीको एक घरमा उनीहरूको बसेको अध्यागमनले पत्ता लगायो । अध्यागमनको टोलीले २८ आसोजमा उक्त घरमा खानतलासी गर्न पुग्यो । प्रहरी समेत लिएर गएको अध्यागमन ...
रुस-युक्रेन युद्धमा नयाँ वार्ताका लागि संयुक्त राज्य अमेरिका, युक्रेन र यसका युरोपेली सहयोगीहरूका प्रतिनिधिमण्डल आइतबार जेनेभामा भेट्ने
— मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले आइतबारदेखि गर्ने भनिएको हड्तालका कार्यक्रम फिर्ता लिएको छ । सरकार र महाभियानका प्रतिनिधिबीच शनिबार बालुवाटारमा भएको वार्तामा महाभियानले मंसिर ७ गतेबाट गर्ने भनिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रम फिर्ता लिने सहमति बनेको हो । 'वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका सन्दर्भमा ...