मुख्य समाचार
कोशीमा फैलिदै लम्पी स्किन महामारी
कोशीमा फैलिदै लम्पी स्किन महामारी

: कोशी प्रदेशको थप एक जिल्लामा गाईभैंसीमा लाग्ने लम्पी स्किन रोगको महामारी फैलिएको छ । कोशी प्रदेशको ओखलढुंगामा पनि ७ वटा गाईगोरुमा लम्पी स्किन रोगको संक्रमण भेटिएपछि महामारी फैलिएको जिल्लाको संख्या १३ पुगेको हो ।



पछिल्लो तथ्यांक अनुसार कोशी प्रदेशमा २८ हजार २ सय ५९ वटा गाईगोरु र राँगा भैंसीमा लम्पी स्किन रोग पाइएकोमा ९ सय ८९ वटा पशुचौपाया मरेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । लम्पी स्किन रोग विरुद्धको खोप लगाएका पशुचौपायाहरूमा यो रोगको प्रभाव कम देखिएको र मुख्यरुपमा लम्पी स्किन रोग लागेका बाछाबाच्छी र पाडापाडीहरु बढी मरेको पशु चिकित्सकहरुले बताएका छन् । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले लम्पी स्किन रोग विरुद्धको खोप सम्बन्धित कृषि ज्ञान केन्द्रमार्फत पालिकाहरूलाई वितरण गरेको छ ।


कोशी प्रदेशमा ३ लाख ७२ हजार ८ सय ४ वटा पशुचौपायाहरूलाई खोप लगाइएकोमा २५ हजार ४ सय २४ वटा पशुचौपायाहरू निको भएको र १ हजार ८ सय ४६ वटा पशुचौपायाहरु संक्रमित रहेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादवले जानकारी दिए।


कोशी प्रदेशमा १३ लाख २४ हजार ४ सय २६ वटा गाईगोरु र ३ लाख ७४ हजार ५ सय ६७ वटा राँगाभैंसी रहेको तथ्यांक छ । कोशी प्रदेशमा सबैभन्दा बढी झापा, त्यसपछि मोरङ, त्यसपछि इलाम, सुनसरी र उदयपुर जिल्लामा लम्पी स्किन रोगको संक्रमण देखिएको छ ।

लम्पी स्किन रोगको संक्रमण फैलिनबाट जोगाउन गोठहरु सरसफाइ गर्ने तथा पशु प्राविधिकहरूको सल्लाह मान्न कृषकलाई पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
‘जनसंहार’ शब्दमा अल्झियो सरकार-जेनजी वार्ता
चमत्कारिक ओभरहेड किकले रोनाल्डो चर्चामा
। अध्यागमन विभागमा एउटा सूचना आयो– चिनियाँको एक समूहले काठमाडौंमा भिसा विपरीतको काम गर्दै आएको छ । सूचनालाई थप भेरिफाइ गरेपछि उक्त चिनियाँ समूहलाईलाई अध्यागमन विभागले लोकेट गर्‍यो । सोह्रखुट्टे भन्दा केही पर म्हैपीको एक घरमा उनीहरूको बसेको अध्यागमनले पत्ता लगायो । अध्यागमनको टोलीले २८ आसोजमा उक्त घरमा खानतलासी गर्न पुग्यो । प्रहरी समेत लिएर गएको अध्यागमन ...
रुस-युक्रेन युद्धमा नयाँ वार्ताका लागि संयुक्त राज्य अमेरिका, युक्रेन र यसका युरोपेली सहयोगीहरूका प्रतिनिधिमण्डल आइतबार जेनेभामा भेट्ने
— मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले आइतबारदेखि गर्ने भनिएको हड्तालका कार्यक्रम फिर्ता लिएको छ । सरकार र महाभियानका प्रतिनिधिबीच शनिबार बालुवाटारमा भएको वार्तामा महाभियानले मंसिर ७ गतेबाट गर्ने भनिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रम फिर्ता लिने सहमति बनेको हो । 'वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका सन्दर्भमा ...