मुख्य समाचार
ट्रक र स्कारपिओ ठोक्किदा दुवै गाडीमा सवार सबै यात्रु घाइते
ट्रक र स्कारपिओ ठोक्किदा दुवै गाडीमा सवार सबै यात्रु घाइते

: रौतहटमा बुधबार बिहान ट्रक र स्कार्पियो ठक्कर खाँदा १० जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गअन्तर्गत चंद्रपुर- ४ स्थित धनसर पुल नजिकै पोखराबाट सर्लाहीको हरिवानतर्फ गइरहेको गण्डकी बा ०८०४ नम्बरको स्कार्पियो गाडी र विपरित दिसाबाट आइरहेको प्रदेश १— ०२—००१ ख ९४१० नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।



दुर्घटनामा परेर स्कारपिओ चालक कास्कीको पोखरा महानगरपालिका ११ बस्ने ४९ वर्षीय बिष्णुप्रसाद पौडेलसहित १० जना घाइते भएका हुन्। घाइते अधिकांशको टाउको ,निधार ,हात र खुट्टामा चोट लागेको छ।


उनीहरूको चन्द्रनिगाहपुर्स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार स्कार्पियोमा ८ र ट्रकमा २ जना सवार थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला मालपोत कार्यालय काभ्रेमा अक्तियारले छापा हानेको छ । बुधबार बिहान ११ बजेतिर अक्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले नासु ज्ञानेन्द्र भण्डारीलाई दुई लाख नगदसहित नियन्त्रणमा लिएको हो। भण्डारीविरुद्ध काभेपलाञ्चोक दोलालघाट-७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने उजुरी ...
: बर्दघाट–सुस्तापूर्वको देवचुलीमा कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले गएराति बुटवलतर्फ गइरहेको कन्टेनर र नारायणघाटतर्फ आइरहेको ट्रक पूर्वपश्चिम राजमार्गको देवचुली–१५ लोकाहामा ठोक्किँदा कन्टेनर चालक पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय माधव पङ्गेनीको मृत्यु भएको हो। गम्भीर घाइते उनको उपचारका क्रममा भरतपुरस्थित कलेज अफ ...
: राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा ९५ दिनदेखि सदनमा आन्दोलित भएपनि सरकारले नसुनेको बताएको छ। बैठक सुरु हुने बित्तिकै सभामुख देवराज घिमिरेले समय दिएपछि बोलेका रास्वपाका सांसद हरि ढकालले भिजिट भिसा प्रकरणका विषयमा आफूहरूको माग यथावत रहेको बताएका हुन्। सांसद ढकालले आफूहरुले भिजिट भिसा प्रकरणको विषय उठाउँदा उल्टै आफूहरूमाथि झुटा आरोप लगाउने गरेको बताए। उनले ...
: राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाको अर्ग्यानिक स्याउ काठमाडौं ल्याउँदा प्रहरीले घुस मागेको दाबी गरेको छ। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले स्याउ ल्याउँदा प्रहरीले ठाउँ ठाउँमा सय रुपैयाँसम्म घुस मागेको भन्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका हुन् । उनले सांसदहरूलाई जुम्लाका स्याउ किनिदिन आग्रह गरे। ‘जुम्लाको स्याउ आएको छ बजारमा, ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट शुल्क नउठाउने बताएका छन्। विधान महाधिवेशनको तयारी र समसामयिक विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले महाधिवेशनमा खर्च कति हुन्छ भन्ने अनुमान गर्न हतार हुने बताएका छन्। भदौ २० गतेदेखि २२ गतेसम्म गोदावारीमा एमालेको दोस्रो विधान महाधिवेशन हुँदैछ। दोस्रो विधान महाधिवेशनमा २०२६ जना ...