मुख्य समाचार
अष्ट्रेलियन बलर मिचेल स्टार्कले टी२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा
अष्ट्रेलियन बलर मिचेल स्टार्कले टी२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा

: अष्ट्रेलियन बलर मिचेल स्टार्कले टी२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्।



स्टार्कले आफूले टेष्ट क्रिकेट र २०२७ को एकदिवसीय विश्वकपमा ध्यान केन्द्रित गर्नका लागि टी-२० अन्तर्राष्ट्रियबाट सन्न्यास लिएको बताए।


३५ वर्षीय स्टार्कले २०१२ मा अष्ट्रेलियाका लागि टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। उनले त्यसयता अष्ट्रेलियन टिममा रहेर ६६५ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।


२०२१ मा अष्ट्रेलियाले टी-२० विश्वकप जित्दा उनी त्यस टिमको सदस्य रहेका थिए। उनले भारत र श्रीलंकामा हुने टी-२० विश्वकपको ६ महिनाअघि टी-२० अन्तर्राष्ट्रिय फम्र्याटबाट सन्न्यास लिएका हुन्। उनले ६५ टी-२० अन्तर्राष्ट्रियमा ७९ विकेट लिएका छन्।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको सन्न्यासपछि स्टार्क भन्छन्,‘मेरो लागि टेष्ट क्रिकेट सधैं नै प्राथमिकतामा रहेको थियो। तर मैले अष्ट्रेलियाको लागि खेलेको हरेक टी-२० खेलमा उत्तिकै प्रिय छ। अझ विशेषतः २०२१ को विश्वकपको क्षण निकै खास छ। हामीले जितेर भन्दा पनि हामी त्या बेला उत्कृष्ट क्रिकेट ब्याच थियौँ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम