मुख्य समाचार
अष्ट्रेलियन बलर मिचेल स्टार्कले टी२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा
अष्ट्रेलियन बलर मिचेल स्टार्कले टी२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा

: अष्ट्रेलियन बलर मिचेल स्टार्कले टी२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्।



स्टार्कले आफूले टेष्ट क्रिकेट र २०२७ को एकदिवसीय विश्वकपमा ध्यान केन्द्रित गर्नका लागि टी-२० अन्तर्राष्ट्रियबाट सन्न्यास लिएको बताए।


३५ वर्षीय स्टार्कले २०१२ मा अष्ट्रेलियाका लागि टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। उनले त्यसयता अष्ट्रेलियन टिममा रहेर ६६५ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।


२०२१ मा अष्ट्रेलियाले टी-२० विश्वकप जित्दा उनी त्यस टिमको सदस्य रहेका थिए। उनले भारत र श्रीलंकामा हुने टी-२० विश्वकपको ६ महिनाअघि टी-२० अन्तर्राष्ट्रिय फम्र्याटबाट सन्न्यास लिएका हुन्। उनले ६५ टी-२० अन्तर्राष्ट्रियमा ७९ विकेट लिएका छन्।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको सन्न्यासपछि स्टार्क भन्छन्,‘मेरो लागि टेष्ट क्रिकेट सधैं नै प्राथमिकतामा रहेको थियो। तर मैले अष्ट्रेलियाको लागि खेलेको हरेक टी-२० खेलमा उत्तिकै प्रिय छ। अझ विशेषतः २०२१ को विश्वकपको क्षण निकै खास छ। हामीले जितेर भन्दा पनि हामी त्या बेला उत्कृष्ट क्रिकेट ब्याच थियौँ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...