मुख्य समाचार
उत्तर कोरियाली नेता किम जोङ उन चीनमा हुने ‘विजय दिवस’ सैन्य परेडमा सहभागी हुन रेलमार्गबाट गएका छन्
उत्तर कोरियाली नेता किम जोङ उन चीनमा हुने ‘विजय दिवस’ सैन्य परेडमा सहभागी हुन रेलमार्गबाट गएका छन्

: उत्तर कोरियाली नेता किम जोङ उन चीनमा हुने ‘विजय दिवस’ सैन्य परेडमा सहभागी हुन रेलमार्गबाट गएका छन्। बेइजिङ बुधबार हुने ‘विजय दिवस’ सैन्य परेडमा किम चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित अन्य विश्व नेताहरूसँग देखा पर्नेछन्।



सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन हाल चीन भ्रमणमा रहेकाउक्त सैन्य परेड समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन्।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सोमबार साँझ आफ्नो बख्तरबन्द रेलमा उत्तर कोरियाको राजधानी प्योङयाङबाट किम मंगलबार चीन प्रवेश गरेका हुन्। किम जोङ उन भने सन् २०१९ मा चीन–उत्तर कोरिया कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका क्रममा अन्तिमपटक बेइजिङ गएका थिए।


उत्तर कोरियाको पुरानो र सीमित हवाईजहाजहरूको तुलनामा, बुलेटप्रुफ रेलहरू नेताका लागि सुरक्षित, आरामदायी र सुविधासम्पन्न मानिन्छन्। ती रेलहरूमा करिब १० देखि १५ वटा डब्बा रहने गर्छन्। ती रेलहरूमा ठूलो संख्यामा सुरक्षा टोली, खाना तथा सञ्चार सुविधा, बैठक कक्ष र आराम गर्न मिल्ने ठाउँहरू रहेका हुन्छन्।

null

दुईवटा बख्तरबन्द मर्सिडिज गाडी अट्ने डब्बा पनि रहने बताइन्छ। हवाइजहाजमा यात्रा गर्दा आक्रमण गर्न सक्ने ठानेर किमका बुवा किम जोङ इल र हजुरबुवा किम इल सुङ पनि रेलमा यात्रा गर्ने गर्थे। किम जोङ उनले सन् २०११ मा सत्तामा आएयता चीन, भियतनाम र रुस भ्रमणका लागि रेल प्रयोग गर्दै आएका छन्।

रुस यात्रा गर्दा उत्तर कोरियाको रेललाई सीमामा रुसी रेलमार्गको फरक गेजअनुसार मिलाउन आवश्यक हुने रेल विज्ञ बताउँछन्। तर चीनमा भने यस्तो आवश्यक पर्दैन। चीन प्रवेश गरेपछि त्यहाँको स्थानीय इन्जिनियरले रेल तान्ने गर्छन्, जसले चिनियाँ सिग्नल प्रणाली बुझ्छन्।

चिनियाँ सहायक विदेशमन्त्री होङ लेईका अनुसार सेप्टेम्बर ३ मा भव्य सैन्य परेडसहित कार्यक्रम आयोजना गरिँदैछ। यस कार्यक्रममार्फत जापानी आक्रमणविरुद्धको चीनको जनयुद्ध तथा विश्व फासिवादविरोधी युद्धमा विजय हासिल भएको ८० वर्ष पूरा भएको दिनलाई स्मरण गरिनेछ। यससँगै विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, संसद प्रमुख, उपप्रधानमन्त्री, उच्च तहका प्रतिनिधि, अन्तर्राष्ट्रिय संस्थाका प्रमुख तथा पूर्व राजनीतिज्ञहरूलाई समेत चीन सरकारले विजय दिवसको समारोहमा सहभागी हुन निमन्त्रण दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उत्तर कोरियाली नेता किम जोङ उन हवाई यात्रा गर्दैनन् भन्ने सबैलाई थाहा छ। उनी चीनको विजय परेडमा भाग लिन विशेष रेलबाट आएका थिए। तर किमको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि एउटा भिडियो बाहिर आएको छ। यसले सबैलाई स्तब्ध बनायो। भिडियोमा उत्तर कोरियाली कर्मचारीहरूले पुटिनसँगको भेटमा किम जोङ उनले छोएका चीनका हरेक वस्तु सफा गरिरहेका ...
: इन्डोनेसियामा सयौं महिलाहरूले गुलाबी लुगा लगाएर संसद् सडकमा भुईँ बढार्दै प्रदर्शन गरेका छन्। यी विरोध प्रदर्शन प्रहरी क्रूरता र सरकारी फजुल खर्चको विरुद्धमा भइरहेका हुन्। इन्डोनेसियाली महिला गठबन्धनले गुलाबी रंगले बहादुरीको प्रतीक रहेको बताएको छ। यस्तै झाडुले सरकार, सैन्यवाद र प्रहरीको दमनकारी नीतिले छाडेको फोहोर सफा गर्ने उनीहरूको तत्परताको प्रतीक रहेको बताएको छ। इन्डोनेसियाको राजधानी जकार्ता ...
: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबिच द्विपक्षीय बैठक भएको छ। भेटमा पुटिनले किम जोङ उनलाई आफ्नो सम्बन्ध मैत्रीपूर्ण रहेको बताएका छन्। पुटिनले उत्तर कोरियाली सेनाले कुर्स्क क्षेत्रलाई मुक्त गर्न मद्दत गरेको भन्दै धन्यवाद दिएका छन्। पुटिनले भने,' उत्तर कोरियाली सैनिकहरूले त्यहाँ बहादुरीपूर्वक लडे।' बैठक दियाओयुताई स्टेट गेस्टहाउसमा भएको हो जहाँ चीन ...
: चीनको विजय दिवस परेड सम्पन्न भएको छ। यस परेडमा चीनले आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको छ। यसमा आणविक क्षमता भएका अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रहरू पनि समावेश छन् । यस समयमा धेरै देशका नेताहरू उपस्थित भएका थिए। चिनियाँ राष्ट्रपति सी जिनपिङले परेडको क्रममा सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा राष्ट्रपति सी जिनपिङले चीन कहिल्यै कुनै पनि धम्की ...
: पाकिस्तानको क्वेटामा बलुचिस्तान नेशनल पार्टी (बीएनपी) को र्‍यालीपछि भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। यस विष्फोटमा घाइते भएका जमान बलोचले बैठक सकिएपछि आफ्नो साथीलाई पर्खिरहेको बेला अचानक शक्तिशाली विस्फोट भएको बताएका छन्। जमान बलोचले विष्फोटपछि उनले धेरै मानिसहरू भुइँमा लडिरहेको देखे र जताततै चिच्याहट र रोदन थियो। बलुचिस्तान ...