मुख्य समाचार
संघीय अभ्यासहरूको आवधिक समीक्षा गर्ने बेला भएको बताए
संघीय अभ्यासहरूको आवधिक समीक्षा गर्ने बेला भएको बताए

: नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन 'अनन्त'ले संघीय अभ्यासहरूको आवधिक समीक्षा गर्ने बेला भएको बताएका छन्।



संघ, प्रदेश र स्थानीय सरकारका कार्यक्षेत्रबारे थप स्पष्टता आवश्यक रहेको धारणा राख्दै उनले संघले स्थानीय तहको अधिकार क्षेत्रमा सशर्त कार्यक्रम चलाउनु संविधानको मर्म विपरीत हुने स्पष्ट गरे।

रोल्पामा संघ तथा प्रदेशको गत आर्थिक वर्षको वार्षिक समीक्षा कार्यक्रममा मंगलबार पुनले संघीयता नेपालको राष्ट्रिय आवश्यकता र भविष्यको आधार भएको बताएका हुन्। उनले संघीयता संघीयता तीन तहका सरकारमार्फत जनताका सार्वभौम अधिकार बाँडफाँट गरिएको बताए। ‘तीन तहको संघीय संरचना संविधानले स्वीकार गरिसकेको छ। सार्वभौम सत्ता जनताको हुन्छ। देशका मालिक जनता हुन्। जनताले शासन गर्ने भन्ने कुरा स्वीकार गरेका छौं’, पुनले भने, ‘लोकतान्त्रिक व्यवस्था तीन तहमा जनताका सार्वभौम अधिकारहरू बाँडफाँड गरेका छौं।’


पूर्वमन्त्री पुनले नेपालमा अवलम्बन गरिएको संघीयता सहकार्यमा आधारित भएको चर्चा गर्दै तीनै तहबीच सहकार्य, समन्वय र स्पष्ट कार्यविभाजन आवश्यक रहेको उल्लेख गरे।

संघीयताको सफल कार्यान्वयनका लागि कानुनी आधार, स्पष्ट जिम्मेवारी, समन्वय र वित्तीय स्रोतको व्यवस्थापनमा प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए। संघले नीति निर्माण, प्रदेशले विकास एजेन्सी र स्थानीय तहले सेवा प्रवाहको काम गर्ने कल्पना संविधानले गरेको भए पनि कार्यान्वयनमा त्रुटि रहेकाले सच्याउनुपर्ने उनको भनाइ थियो।
पुनले संघीयतामा संघसँग प्रदेश र स्थानीय तहले माग गर्ने विषय मात्र नभई संवैधानिक व्यवस्थाहरुको कार्यान्वयनमार्फत कसरी दिगो र प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे सबैले सोच्नुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काइ ट्रक 'हेलिकोप्टर' हस्तान्तरण गरेको छ। बुधबार एक समारोहबीच अमेरिकी राजदूत डिन आर थम्पसनले उक्त हेलिकोप्टर नेपाली सेनालाई हस्तान्तरण गरेका हुन्। हस्तान्तरण समारोहमा परराष्ट्र मन्त्री राणा,रक्षामन्त्री मानवीर राई र प्रधान सेनापति अशोकराज सिग्देललगायत सहभागी थिए। समारोहमा बोल्दै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले उक्त सहयोग नेपाल र अमेरिका बीचको दिगो मित्रता ...
: संसदीय समितिले निर्माणाधीन नयाँ संसद भवनको निर्माण कार्यप्रति असन्तुष्टि जनाएको छ । बिहीबार संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले निर्माणाधीन नयाँ संसद भवनको आकस्मिक अनुगमन गर्दै निर्माणको कार्य निकै सुस्त भएको भन्दै असन्तुष्ट जनाएको हो । अनुगमनका क्रममा सरकारले उपलब्ध गराएको क्यालेन्डर अनुसार काम नभएको पाइएको समिति ...
: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ। भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो। युनिभर्सल टुर्स एण्ड ट्राभल (युटिटी)ले आगामी असोज १२ (२८ सेप्टेम्बर) देखि चार वटा चार्टर उडान गर्ने जनाएको छ। असोज १२, १६, २० र २४ गते उडान गर्ने गरी तालिकासमेत तय भइसकेको युटिटीका सञ्चालक परासर प्रसाईंले जानकारी दिए। ...
: परराष्ट्रसचिव अमृतबहादुर राईले नेपालले चीनको कुनै पनि कुरामा समर्थन नजनाएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी दिँदै परराष्ट्रसचिव राईले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीको चीन भ्रमणका दौरान चिनियाँ विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई)लाई समर्थन जनाएको दाबी गरेको थियो। उनले नेपालले चीनको ग्लोबल इनिसियटिभमा समर्थन जनाएको ...
: रुपन्देहीमा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र लागुऔषध बदामदगी क्षेत्रको प्रहरी युनिटको टोलीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ का २६ वर्षीय इरफान अन्सारी, सिद्धार्थनगर नगरपालिका–१ का २६ वर्षीय प्रेमलाल यादव र रोहिणी गाउँपालिका-६ का ३५ वर्षीय ईरसाद प्रवेज रहेको प्रहरीले ...