मुख्य समाचार
ट्रम्पले अमेरिकी सामानमा आयात कर शून्यमा झार्ने भारतले प्रस्ताव गरेको दाबी
ट्रम्पले अमेरिकी सामानमा आयात कर शून्यमा झार्ने भारतले प्रस्ताव गरेको दाबी

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सामानमा आयात कर शून्यमा झार्ने भारतले प्रस्ताव गरेको दाबी गरेका छन्। सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले प्रस्ताव ढिलो आएको बताएका हुन्।



ट्रम्पले भारतले अमेरिकी सामानमा आयात शुल्क शून्यमा पहिले नै गर्नुपर्ने भएपनि नगरेको बताए। उनले भारत–अमेरिका व्यापारलाई ʻएकतर्फी विपत्तिʼ पनि भनेका छन्।


ʻधेरै कम मानिसले बुझ्छन् कि हामी भारतसँग धेरै कम व्यापार गर्छौं। तर भारत हामीसँग धेरै व्यापार गर्छ,ʼट्रम्पले लेखेका छन्,ʻअर्को शब्दमा भन्नुपर्दा भारतले हामीसँग धेरै सामान बेच्छ। हामी उसको सबैभन्दा ठुलो ग्राहक हौँ। तर हामी उससँग धेरै कम बेच्छौँ। अहिलेसम्म यो पूर्णतया एकतर्फी सम्बन्ध रहेको छ र दशकौंदेखि यस्तै छ।ʼ


ट्रम्पले अमेरिकी व्यवसायी अझै पनि भारतमा सामान बेच्न सक्षम नभएको बताए। उनले भारतले अहिलेसम्म अन्य देशको तुलनामा अमेरिकामाथि सबैभन्दा बढी शुल्क लगाएको बताए। अहिलेसम्म यो एकतर्फी विपत्ति जस्तै भएको उनको भनाइ छ।

ʻभारतले आफ्नो अधिकांश तेल र सैन्य उत्पादन रुसबाट किन्छ। यसले अमेरिकाबाट धेरै कम किन्छ। अब भारतले भन्सार शुल्क शून्यमा झार्ने प्रस्ताव गरेको छ। तर यो ढिलो भएको छ। उसले यो वर्षौं पहिले नै गर्नुपर्थ्यो।ʼ

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...