मुख्य समाचार
अष्ट्रेलियामा टप एण्ड टी-२० क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्कियो
अष्ट्रेलियामा टप एण्ड टी-२० क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्कियो

: अष्ट्रेलियामा टप एण्ड टी-२० क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ। डार्विनको नर्दन टेरिटोरीमा भएको टप एण्ड टी-२० सिरिज र केही अभ्यास खेलहरू खेलेर नेपाली टिम स्वदेश फर्किएको हो।


नेपाली टिम टप एण्ड टी-२० सिरिजमा नेपाल ११ टिममा आठौं भएको थियो। नेपाली टिमले टप एण्ड टी-२० सिरिज पश्चात साउथ अष्ट्रेलियासँग २ वटा टी-२० र एउटा एकदिवसीय खेल खेलेको थियो।


नेपालले टी-२० क्रिकेटमा दुवै खेलमा पराजित भएको थियो भने एकदिवसीय खेलमा नेपालले जित निकालेको थियो।


स्वदेश फर्किएसँगै नेपाली टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले खेलाडीले धेरै खेल खेल्ने अवसर पाउनका लागि अष्ट्रेलियामा सकभर धेरै क्रिकेट खेलेको बताए। यसबाट हरेक खेलाडीले सिक्नुपर्ने कुरा उनले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी२० अन्तर्राष्ट्रिय अलराउन्डरको वरीयतामा एक स्थान तल झरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा अफगानस्तानका मोहम्मद नाबी दोस्रो स्थानमा उक्लिँदा दोस्रो स्थानमा रहेका दीपेन्द्र तेस्रो स्थानमा ओर्लिएका छन्। पहिलो स्थानमा भने भारतका हार्दिक पाण्ड्या यथावत् रहेका छन्। चौथो स्थानमा वेष्टइन्डिजका रोस्टन चेज यथावत् ...
: अष्ट्रेलियन बलर मिचेल स्टार्कले टी२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। स्टार्कले आफूले टेष्ट क्रिकेट र २०२७ को एकदिवसीय विश्वकपमा ध्यान केन्द्रित गर्नका लागि टी-२० अन्तर्राष्ट्रियबाट सन्न्यास लिएको बताए। ३५ वर्षीय स्टार्कले २०१२ मा अष्ट्रेलियाका लागि टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। उनले त्यसयता अष्ट्रेलियन टिममा रहेर ६६५ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। ...
: नेपाल र वेस्ट इन्डिजबीच हुन लागेको टीट्वेन्टी शृंखलाको खेल तालिकामा केही परिवर्तन भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप फाइनलका कारण पूर्वनिर्धारित तालिकामा केही हेरफेर गरिएको जनाएको छ। क्यानका केन्द्रीय सदस्य एवं प्रवक्ता छुम्बी लामाले मंगलबार एक विज्ञप्ति जारी गर्दै शृंखलाका खेल तालिकामा केही हेरफेर गरिएको बताएका हुन्। संयुक्त अरब इमिरेट्स (यूएई) को ...
: आजदेखि सुरु भएको एएफसी यू -२३ एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज घरेलु टिम ताजाकिस्तानसँग खेल्दैछ। ताजकिस्तानको दुसान्बेस्थित पामीर स्टेडियममा हुने नेपाल र ताजकिस्तान बीचको खेल नेपाली समयअनुसार साँझ ८:१५ बजे सुरु हुनेछ। समूह के मा रहेको नेपालले ताजिकिस्तान फिलिपिन्स र सिरियासँग खेल्नेछ। टोलीका प्रमुख प्रशिक्षक नवीन न्यौपानेले पहिलो खेलबाट ३ अंक जोड्दै एसियन ...
। सेप्टेम्बरमा हुने एसिया कप टी-२० का लागि चरिथ असलंकाको कप्तानीमा श्रीलंकाको १६ सदस्यीय टोली घोषणा गरिएको छ। चोटका कारण बंगलादेशविरुद्धको सिरिज र जिम्बाबेविरुद्धको टी–२० सिरिज गुमाएका लेग स्पिनिङ अलराउन्डर वानिन्दु हसरंगा टोलीमा फर्किएका छन् । श्रीलंकाले बंगलादेशविरुद्ध घरेलु सिरिज खेलेको टोलीबाट चार परिवर्तन गरिएको छ। अविश्का फर्नान्डो, दिनेश चान्डिमल, जेफ्री भान्डरसे र एशान मलिङ्गा बाहिरिएका छन्। ...