मुख्य समाचार
नेपाललाई शाङ्घाई सहयोग संगठन (एससीओ)को पूर्ण सदस्य बनाउन प्रस्ताव
नेपाललाई शाङ्घाई सहयोग संगठन (एससीओ)को पूर्ण सदस्य बनाउन प्रस्ताव

: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शाङ्घाई सहयोग संगठन (एससीओ)को पूर्ण सदस्य बनाउन प्रस्ताव गरेका छन्। सोमबार चीनको तियान्जिनमा आयोजित एससीओको प्लसको बैठकमा सम्बोधन गर्दै उनले नेपाल अब पूर्ण सदस्य बन्न उत्सुक रहेको बताए।



प्रधानमन्त्री ओलीले एससीओलाई अझ एकताबद्ध, एकीकृत र लचिलो बनाउनुपर्ने उल्लेख गर्दै नेपालले सन् २०१६ देखि संवाद साझेदारको हैसियतमा सहभागिता जनाउँदै आएको स्मरण गरे।


ʻहामीलाई अझ बढी एकताबद्ध, अझ बढी एकीकृत र अझ बढी लचिलो एससीओको आवश्यक छ,ʼउनले भने,ʻयसले बढ्दो भू–राजनीतिक, आर्थिक र वातावरणीय चुनौतीहरूको सामना गर्न सकियोस्।ʼ


प्रधानमन्त्री ओलीले बहुपक्षवादलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता औँल्याए। उनले वर्तमान विश्व वैज्ञानिक तथा प्रविधिगत प्रगतिले भरिपूर्ण भएपनि असमानता, जलवायु संकट, आर्थिक अस्थिरता र सीमा नमान्ने द्वन्द्वका कारण मानवता गम्भीर चुनौतीमा परेको उल्लेख गरे। ʻकुनै पनि राष्ट्र एक्लै सुरक्षित रहन सक्दैन, कुनै जनता टुक्रिँदै–अलग्गिँदै समृद्ध हुन सक्दैन। त्यसैले बहुपक्षवाद हाम्रो समयको अपरिहार्यता हो,ʼ उनले भने।

जलवायु संकटप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले हिमालहरूको बरफविहीनताकले अर्बौं मानिसको जीवन खतरामा परेको बताए। आतंकवाद, साइबर आक्रमण, महामारी र वातावरणीय संकटलाई साझा चुनौतीका रूपमा उनले प्रस्तुत गरे। उनले “शाङ्घाई आत्मा”लाई आत्मसात गर्दै मित्रता, साझेदारी र असल छिमेकी सम्बन्धलाई मजबुत बनाउन सबै सदस्य राष्ट्रलाई आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काइ ट्रक 'हेलिकोप्टर' हस्तान्तरण गरेको छ। बुधबार एक समारोहबीच अमेरिकी राजदूत डिन आर थम्पसनले उक्त हेलिकोप्टर नेपाली सेनालाई हस्तान्तरण गरेका हुन्। हस्तान्तरण समारोहमा परराष्ट्र मन्त्री राणा,रक्षामन्त्री मानवीर राई र प्रधान सेनापति अशोकराज सिग्देललगायत सहभागी थिए। समारोहमा बोल्दै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले उक्त सहयोग नेपाल र अमेरिका बीचको दिगो मित्रता ...
: संसदीय समितिले निर्माणाधीन नयाँ संसद भवनको निर्माण कार्यप्रति असन्तुष्टि जनाएको छ । बिहीबार संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले निर्माणाधीन नयाँ संसद भवनको आकस्मिक अनुगमन गर्दै निर्माणको कार्य निकै सुस्त भएको भन्दै असन्तुष्ट जनाएको हो । अनुगमनका क्रममा सरकारले उपलब्ध गराएको क्यालेन्डर अनुसार काम नभएको पाइएको समिति ...
: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ। भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो। युनिभर्सल टुर्स एण्ड ट्राभल (युटिटी)ले आगामी असोज १२ (२८ सेप्टेम्बर) देखि चार वटा चार्टर उडान गर्ने जनाएको छ। असोज १२, १६, २० र २४ गते उडान गर्ने गरी तालिकासमेत तय भइसकेको युटिटीका सञ्चालक परासर प्रसाईंले जानकारी दिए। ...
: परराष्ट्रसचिव अमृतबहादुर राईले नेपालले चीनको कुनै पनि कुरामा समर्थन नजनाएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी दिँदै परराष्ट्रसचिव राईले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीको चीन भ्रमणका दौरान चिनियाँ विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई)लाई समर्थन जनाएको दाबी गरेको थियो। उनले नेपालले चीनको ग्लोबल इनिसियटिभमा समर्थन जनाएको ...
: रुपन्देहीमा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र लागुऔषध बदामदगी क्षेत्रको प्रहरी युनिटको टोलीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ का २६ वर्षीय इरफान अन्सारी, सिद्धार्थनगर नगरपालिका–१ का २६ वर्षीय प्रेमलाल यादव र रोहिणी गाउँपालिका-६ का ३५ वर्षीय ईरसाद प्रवेज रहेको प्रहरीले ...