मुख्य समाचार
एएफसी यू -२३ एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज घरेलु टिम ताजाकिस्तानसँग खेल्दै
एएफसी यू -२३ एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज घरेलु टिम ताजाकिस्तानसँग खेल्दै

: आजदेखि सुरु भएको एएफसी यू -२३ एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज घरेलु टिम ताजाकिस्तानसँग खेल्दैछ। ताजकिस्तानको दुसान्बेस्थित पामीर स्टेडियममा हुने नेपाल र ताजकिस्तान बीचको खेल नेपाली समयअनुसार साँझ ८:१५ बजे सुरु हुनेछ।



समूह के मा रहेको नेपालले ताजिकिस्तान फिलिपिन्स र सिरियासँग खेल्नेछ। टोलीका प्रमुख प्रशिक्षक नवीन न्यौपानेले पहिलो खेलबाट ३ अंक जोड्दै एसियन कप छनोटमा हितका लागि खेल्ने बताएका थिए।


प्रि म्याच प्रेस कन्फ्रेन्समा न्यौपानेले नेपाल खेल्नको लागि मात्रै नभएर जित्नको लागि आएको बताएका थिए। ' हामी यहाँ खेल्नको लागि मात्र होइन जित्नको लागि आएका हौँ।' एसटीएमको कप्तानी राष्ट्रिय टिमका सबै सदस्य रहिसकेका आयुष घलानले गर्नेछन्।


नेपालको टिम :
गोलकिपर : क्रिसल मोक्तान, अमित टमाटा, विशाल केसी
डिफेन्डर : विवेक गुरुङ, विशाल नेपाली, लहान सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु, सीमान्त थापा
मिडफिल्डर: आयुष घलान(कप्तान), अभिषेक स्यान्तान,एरोन थापा, निरज कार्की, दिपेश गुरुङ, कृतिस रत्न छुन्जु, पुजन थापा, संजीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ
फर्वाड: निराजन धामी, रोहन खड्की
प्रशिक्षक: नवीन न्यौपाने

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...