मुख्य समाचार
यमनका हुथी विद्रोहीहरूले इजरायली आक्रमणमा आफ्ना प्रधानमन्त्री अहमद गालिब अल-रहावीको मृत्यु भएको दाबी
यमनका हुथी विद्रोहीहरूले इजरायली आक्रमणमा आफ्ना प्रधानमन्त्री अहमद गालिब अल-रहावीको मृत्यु भएको दाबी

: यमनका हुथी विद्रोहीहरूले इजरायली आक्रमणमा आफ्ना प्रधानमन्त्री अहमद गालिब अल-रहावीको मृत्यु भएको दाबी गरेका छन्।



इजरायल प्यालेस्टाइनबीच गाजामा जारी युद्धका दौरान यो उनीहरूको सबैभन्दा ठूलो क्षति भएको हुथी विद्रोहीहरूले बताएका छन्। तर, यो दाबीको स्वतन्त्र स्रोतबाट भने पुष्टि भएको छैन।


समाचार एजेन्सी रोयटर्सले हुथी विद्रोहीहरूको समाचार एजेन्सीलाई उद्धृत गर्दै शनिबार समूहको सर्वोच्च राजनीतिक परिषद्का प्रमुख महदी अल-मशातले यो घोषणा गरेको उल्लेख गरेको छ।


बिहीबार राजधानी सानामा भएको आक्रमणबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। तर, यस आक्रमणमा अन्य केही व्यक्ति घाइते भएको बताइएको छ।

एएफपीका अनुसार अल-रहावीलाई अन्तिमपटक बुधबार सानामा आयोजित एक सार्वजनिक कार्यक्रममा देखिएको थियो।

हुथी विद्रोहीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'हामी योद्धा अहमद गालिब नासिर अल-रहावीको निधन भएको घोषणा गर्दछौं। उनका धेरै सहयोगीहरूसहित उनको मृत्यु भएको छ। उनलाई इजरायलले लक्षित गरेको थियो।'

यसअघि इजरायलले सानामा इरान समर्थित हुथी समूहका चीफ अफ स्टाफ, रक्षा मन्त्री र अन्य अधिकारीहरूलाई लक्षित गरेको दाबी गरेको थियो। तर महदी मशातको बयानले मारिएका व्यक्तिहरूमध्ये हुथी विद्रोहीका रक्षा मन्त्री पनि रहेका छन् वा छैनन् भन्ने स्पष्ट भएको छैन।

अहमद अल-रहावी करिब एक वर्षअघि प्रधानमन्त्री बनेका थिए। तर, वास्तविक सत्ता उनका उप-प्रधानमन्त्री मोहम्मद मुफ्ताहको हातमा रहेको बताइन्छ। शनिबार मुफ्ताहलाई प्रधानमन्त्रीको कार्यभार औपचारिक रूपमा जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम