मुख्य समाचार
युरोपियन च्याम्पियन्स लिग फुटबलका लागि ‘ड्र’ सम्पन्न
युरोपियन च्याम्पियन्स लिग फुटबलका लागि ‘ड्र’ सम्पन्न

। आगामी सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबलका लागि बिहीबार राति ड्र सम्पन्न भएको छ ।

गत सिजनदेखि नयाँ ढाँचामा हुन थालेको ३६ टोली सहभागी हुने प्रतियोगितामा पहिलोपटक ६ वटा प्रिमियर लिग क्लबले खेल्नेछन् । तर, लिग चरणमा उनीहरूले आपसमा खेल्ने छैनन् ।

ड्र अनुसार १५ पटकको विजेता स्पेनी महारथी क्लब रियल मड्रिडसँग इंग्लिस च्याम्पियन लिभरपुल र म्यानचेस्टर सिटी दुवै क्लबले खेल्ने भएका छन् ।

लिभरपुलले एट्लेटिको मड्रिड र इन्टर मिलानसँग पनि खेल्नेछ भने सिटीले नापोली र बोरुसिया डर्टमुन्डलाई भेट्नेछ ।

नापोलीको म्यान्चेस्टर भ्रमण विशेष हुने अपेक्षा गरिएको छ, जहाँ केभिन डे ब्रुइनाले आफ्नै पूर्व क्लब सिटीविरुद्ध खेल्नेछन् । डे ब्रुइना यसै सिजन सिटीबाट नापोली गएका थिए ।

चेल्सीले बार्सिलोना र बायर्न म्युनिखसँग खेल्नेछ भने आर्सनलले पनि बायर्न र इन्टर मिलानलाई भेट्नेछ ।

इंग्लिस क्लब न्युक्यासलसँग खेल्न बार्सिलोना सेंट जेम्स पार्क पुग्नेछ । युरोपा लिग जितेर च्याम्पियन्स लिगमा पुगेको टोटनहमले डर्टमुन्ड र मोनाकोसँग खेल्नेछ ।

लिग चरणका खेलहरू सेप्टेम्बर १६ बाट सुरु हुने छन् भने सन् २०२६ को जनवरी २८ मा लिग चरण सकिएर नकआउट चरण सुरु हुनेछ ।

सहभागी ३६ टिमहरूले आ-आफ्नो तालिका अनुसार ८/८ खेल खेलेपछि अंकतालिकामा शीर्ष ८ मा पर्ने टोली सोझै अन्तिम १६ मा प्रवेश गर्नेछन् ।

त्यस्तै नवौं देखि २४औं स्थानसम्म हुने १६ टिमबीच प्लेअफ खेलहरू हुनेछन् जहाँबाट ८ टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन् । २५औं देखि ३६औं स्थानका टोलीहरू बाहिरिने छन् ।

यसपटकको फाइनल खेल हंगेरीको बुडापेस्टमा हुनेछ ।

कसले कोसँग खेल्दैछन् ?

साविक विजेता पीएसजीले बायर्न म्युनिख, बार्सिलोना, एट्लान्टा, लेभरकुसेन, टोटनहाम, स्पोर्टिङ सीपी, न्युकासल र एथ्लेटिको बिल्बाओसँग प्रतिस्पर्धा गर्ने छ ।

स्पेनिस च्याम्पियन बार्सिलोनाले पीएसजी, चेल्सी, फ्रान्कफर्ट, क्लब ब्रुग, ओलम्पियाकस, स्लाभिया प्राहा, कोपनहेगन र न्युकासलसँग प्रतिस्पर्धा गर्नेछ।

इङ्लिस च्याम्पियन लिभरपुलले रियल मड्रिड, इन्टर मिलान, एट्लेटिको मड्रिड, फ्रान्कफर्ट, पीएसभी, मार्सेल, काराबाग र गालातासारेसँग प्रतिस्पर्धा गर्नेछ ।

स्पेनिस क्लब रियल मड्रिडले म्यान्चेस्टर सिटी, लिभरपुल, युभेन्ट्स, बेनफिका, मार्सेल, ओलम्पियाकस, मोनाको र कइरात अलमातीसँग प्रतिस्पर्धा गर्नेछ ।

म्यान्चेस्टर सिटीले बोरुसिया डर्टमुन्ड, रियल मड्रिड, बायर लेभरकुसन, भिल्लारियल, नापोली, बोडो/ग्लम्ट, गालातासारे र मोनाकोसँग प्रतिस्पर्धा गर्नेछ ।

जर्मन क्लब बायर्न म्युनिखले चेल्सी, पीएसजी, क्लब ब्रुग, आर्सनल, स्पोर्टिङ सीपी, पीएसभी, युनियन एसजी र पाफोससँग प्रतिस्पर्धा गर्ने छ ।

इटालियन क्लब इन्टर मिलानले लिभरपुल, बोरुसिया डर्टमुन्ड, आर्सनल, एट्लेटिको मड्रिड, स्लाभिया प्राहा, अयाक्स, कइरात अल्माती र युनियन एसजीसँग प्रतिस्पर्धा गर्नेछ ।

इंग्लिस क्लब चेल्सीले बार्सिलोना, बायर्न म्युनिख, बेनफिका, एट्लान्टा, अयाक्स, नापोली, पाफोस र काराबागसँग प्रतिस्पर्धा गर्नेछ ।

जर्मन क्लब बोरुसिया डर्टमुन्डले इन्टर मिलान, म्यान्चेस्टर सिटी, भिल्लारियल, युभेन्ट्स, बोडो/ग्लिम्ट, टोटनहाम, एथ्लेटिक क्लब र कोपनहेगनसँग प्रतिस्पर्धा गर्नेछ ।

इंग्लिस क्लब आर्सनलले बायर्न म्युनिख, इन्टर मिलान, एट्लेटिको मड्रिड, स्लाभिया प्राहा, कइरात अल्माती, र एथ्लेटिक क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

स्पेनिस क्लब एट्लेटिको मड्रिडले इन्टर मिलान, लिभरपुल, फ्रान्कफर्ट, आर्सनल, बोडो ग्लिम्ट, पीएसजी, युनियन एसजी र गालातासारेसँग प्रतिस्पर्धा गर्नेछ ।

इटालियन क्लब युभेन्ट्सले बोरुसिया डर्टमुन्ड, रियल मड्रिड, बेनफिका, भिल्लारियल, स्पोर्टिङ सीपी, बोडो ग्लिम्ट, पाफोस र मोनाकोसँग प्रतिस्पर्धा गर्नेछ।

इंग्लिस क्लब टोटनहामले बोरुसिया डर्टमुन्ड, पीएसजी, भिल्लारियल, फ्रान्कफर्ट, स्लाभिया प्राहा, बोडो ग्लिम्ट कोपनहेगन र मोनाकोसँग प्रतिस्पर्धा गर्नेछ ।

इटालियन च्याम्पियन नापोलीले चेल्सी, म्यान्चेस्टर सिटी, फ्रान्कफर्ट, बेनफिका, स्पोर्टिङ सीपी, काराबाग र कोपनहेगनसँग प्रतिस्पर्धा गर्नेछ।

पोर्चुगिज क्लब स्पोर्टिङ सीपीले पीएसजी, बायर्न म्युनिख, क्लब ब्रुग, मार्सेल, नापोली, कइरात अल्माती र एथ्लेटिक क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

इंग्लिस क्लब न्युकासलले बार्सिलोना, पीएसजी, बेनफिका, बायर लेभरकुसन, पीएसभी, मार्सेल, एथ्लेटिक क्लब र युनियन एसजीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...