मुख्य समाचार
अरविन्द केजरीवालले भने– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कायर हुन्
अरविन्द केजरीवालले भने– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कायर हुन्

: आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कायर भनेका छन्। नेता केजरीवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकार राष्ट्रपति ट्रम्पको अगाडि झुकेको आरोप लगाएका हुन्।



पत्रकार सम्मेलनमा अरविन्द केजरीवालले भने, ʻट्रम्प एक कायर मान्छे हुन्। मोदीजी के बाध्यताले ट्रम्पको अगाडि पूर्ण रूपमा झुकेका हुन् मलाई थाहा छैन।ʼ


ट्रम्पले ५० प्रतिशत कर लगाएपछि भारतले पनि बदलामा १०० प्रतिशत कर लगाउनुपर्ने उनले बताए। १४० करोड जनता कम नभएको भन्दै उनले भारतको बजार धेरै ठुलो रहेको बताए।


केजरीवालले भने,ʻहालै ट्रम्पको दबाबमा मोदीजीले कपासमा लागेको ११ प्रतिशत शुल्क हटाएका छन्। अब अमेरिकाबाट आउने कपासमा कुनै शुल्क लगाइने छैन।ʼ

उनले अमेरिकाबाट आउने कपास भारतीय किसानको कपास भन्दा सस्तो हुने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...
। सरकार र चिकित्सक संघबीच सहमति भएको छ । साथै, चिकित्सक संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको हो । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य ...
। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्रको तोडफोडको घटनाले नयाँ मोड लिएको छ । उपचारका क्रममा भएको हिंसात्मक घटनापछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन् भने आन्दोलनलाई थप कडा बनाउँदै आकस्मिक सेवासमेत ठप्प पारेका छन् । गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा ...