मुख्य समाचार
गर्भपतन गराएको अभियोगमा पक्राउ परेकामध्ये एक महिला कारागार चलान
गर्भपतन गराएको अभियोगमा पक्राउ परेकामध्ये एक महिला कारागार चलान

— गर्भपतन गराएको अभियोगमा पक्राउ परेकामध्ये एक महिला कारागार चलान भएकी छन् । औषधि सेवन गरी १७ हप्ताको गर्भपतन गरेको अभियोगमा पक्राउ परेकी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी २१ वर्षीया महिला सोमबार कारागार चलान भएकी हुन् ।


जिल्ला अदालतका निमित्त श्रेष्तेदार बाबुराम बस्नेतको सोमबारको निर्णयले दुई लाख धरौटी मागेकोमा बुझाउन नसक्दा कारागार चलान भएकी हुन् । त्यसै मुद्दामा उनीसँगै पक्राउ गरेका दिक्तेल रूपाकोट मझुवागढी-४ खाल्लेकै २३ वर्षीय पुरुष र ४० वर्षीया महिलाले जनही दुई लाख धरौटी बुझाएर छुटेका छन् । उक्त मुद्दामै पक्राउ परेको दिक्तेलस्थित एक मेडिकल व्यवसायी पनि एक लाख ५० हजार धरौटी बुझाएर छुटेका छन् ।


साउन ३० गतेको न्याय परिषद्‍को निर्णयले न्यायाधीश नारायणप्रसाद दाहाललाई भोजपुर सरुवा गरेपछि न्यायाधीश नहुँदा पुनर्विचार हुने गरी बस्नेतले निर्णय गरेका हुन् । उनीहरूमध्ये तीन जनालाई साउन २३ र मेडिकल व्यवसायीलाई २९ मा पक्राउ गरी गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन परिचालन नीति तर्जुमा
: बजेट अभावका कारण नवलपरासीका २३ हजार बालबालिका आयुर्वेद औषधि खानबाट वञ्चित भएका छन्। कुल बालबालिकामध्ये १ हजार बढी बालबालिकालाई मात्र औषधि खुवाइएको छ। नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रले १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई स्वर्णबिन्दु प्राशन (आयुर्वेद औषधि) खुवाउने कार्यक्रम सञ्चालन गरेको छ। पहिलो चरणमा मंसिर २२ गते सञ्चालन गरिएको कार्यक्रममा ५०५ जना बालक र ५५० ...
पूर्वगृहमन्त्री लेखकले खाएको ‘मो:मो’माथि अख्तियारले अनुसन्धान गर्ला ?
सरकार-जेनजी सम्झौतापछि सुदनले भने- अब राष्ट्रपतिले हस्ताक्षर गरेपछि चुनावमा जाउँला
। प्रधानमन्त्री सुशीला कार्कीले जेनजीसँग भएको सम्झौतापत्र राजपत्रमा प्रकाशित हुने बताएकी छन् । बुधबार जेनजीसँगको सम्झौतापछि प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । प्रधानमन्त्री कार्कीले सम्झौताको यो ऐतिहासिक रेकर्डले भोलि हुने परिवर्तनलाई समेत निर्देशित गर्ने बताइन् । अन्य समयमा भएका संघर्ष जस्तै जेनजी संघर्षको पहिचानलाई पनि यो डकुमेन्टले बलियो बनाउने उनको भनाइ थियो । उनले भनिन्, ‘२३ र २४ भदौमा ...