मुख्य समाचार
म्यानमारको राखिन राज्यको मराउक यू नगरमा हवाइ आक्रमण हुँदा कम्तीमा १२ जनाले मृत्यु
म्यानमारको राखिन राज्यको मराउक यू नगरमा हवाइ आक्रमण हुँदा कम्तीमा १२ जनाले मृत्यु

: म्यानमारको राखिन राज्यको मराउक यू नगरमा हवाइ आक्रमण हुँदा कम्तीमा १२ जनाले मृत्यु भएको छ। स्थानीयका अनुसार आक्रमण राति करिब ११ बजेतिर भएको हो।



राखिन राज्य लामो समयदेखि द्वन्द्वग्रस्त रहँदै आएको छ। सेनाले विद्रोही समूहहरूसँग संघर्ष गरिरहेको अवस्थामा सन् २०२३ मा निर्वाचित सरकारलाई हटाएर सेनाले सत्ता कब्जा गरेपछि द्वन्द्व अझ चर्किएको हो।


स्थानीय माउङ थान चायले आक्रमणमा आफ्ना तीन नातिनातिनी गुमाउनुपरेको बताए। 'यो मेरो जीवनको सबैभन्दा ठूलो पीडा हो। खानेकुरा छैन, बस्ने ठाउँ छैन, भाँडा छैन, पैसा छैन, सबै कुरा नष्ट भयो,' उनले भनेका छन्।


मंगलबार बिहान कम्तीमा १० वटा शवहरूलाई अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको दृश्य अत्यन्तै मार्मिक थियो। कतिपय मृतकलाई उनीहरूले मन पराएका पोशाकमा सजाइएको थियो। आफन्तजनले आँसु पुछ्दै, तस्बिर अँगाल्दै अन्तिम बिदाइ गरेका थिए।

राखिन राज्यका १७ नगरमध्ये सेनाको नियन्त्रणमा हालः ३ मात्र रहेका छन्। सेनाले यही वर्ष नोभेम्बर १२ देखि चरणबद्ध निर्वाचन गर्ने योजना घोषणा गरेको छ। तर, विद्रोही समूह अराकान सेनाले आफ्नो प्रभाव क्षेत्रमा चुनाव हुन नदिने स्पष्ट गरेको छ। अराकान सेनाका प्रवक्ता खाइङ थु खाले आक्रमणमा पाँच बालबालिकासहित १२ जनाको मृत्यु भएको र २० जना घाइते भएको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम