— इन्टर मिलानले इटालीको सिरी ‘ए’ उपाधिमाथि आफ्नो दाबी प्रस्तुत गर्ने क्रममा सोमबार टुरिनालाई सजिलै ५–० ले पराजित गरेको छ । सानसिरोमा भएको खेलमा इन्टरका लागि मार्कस थुरामले दुई गोल गरे ।
उनले प्रत्येक हाफमा एक एक गोल गरेका हुन् । एलेसान्ड्रो बासटोनीले १८ औं मिनेटमा गोलको खाता खोले । यस्तै लउटारो मार्टिनेज र नयाँ खेलाडी एन्गे योन बोनीले पनि एक एक गोल गरे ।
यसपल्टको लिग उपाधि होडमा डिफेन्डिङ च्याम्पियन नेपोलीविरुद्ध सबैभन्दा बलियो चुनौती इन्टरले नै प्रस्तुत गर्ने अनुमान गरिएको छ । गत सिजन अन्तिम दिनमै इन्टरले नेपोलीसँग लिग उपाधि गुमाएको थियो ।