मुख्य समाचार
आगामी दिनमा थप पहल गर्न आग्रह
आगामी दिनमा थप पहल गर्न आग्रह

: हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको पहलका लागि विपिनकी आमा र बहिनीले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई धन्यवाद दिँदै आगामी दिनमा थप पहल गर्न आग्रह गरेका छन् ।



विपिनका आमा र बहिनीले आज परराष्ट्र मन्त्रालयमा भेटगर्दै मन्त्री राणा र परराष्ट्र मन्त्रालयले विपिनको रिहाइका लागि हालसम्म गरेको प्रयत्नका लागि आभार व्यक्त गर्दै यसलाई आगामी दिनमा थप सक्रियताका साथ निरन्तरता दिन आग्रह गरे।


मन्त्री राणाको पहल एवं नेपालस्थित इजरायली राजदूताबासको समन्वय तथा सहयोगमा विपिनकी आमा र बहिनी विपिनको अवस्था बुझ्न र उनको रिहाइका लागि अपिल गर्न हालै इजरायल पुगेका थिए। इजरायलबाट फर्केपछि उनीहरुले मन्त्री राणालाई भेटेर यसबारेमा जानकारी गराएका हुन्।


उनीहरुले आफूहरु इजरायलमा रहँदा त्यहाँस्थित नेपाली राजदूत प्राडा धनप्रसाद पण्डित र इजरायल सरकारका अधिकारीहरुले सहयोग गरेको र त्यहाँ राष्ट्रपतिदेखि उच्च सरकारी अधिकारीहरुसँग भेटेर विपिनको रिहाइका लागि अपिल गर्न पाएको जानकारी दिएका थिए।

त्यस अवसरमा मन्त्री राणाले सरकारले विपिनको रिहाइमा सक्दो कूटनीतिक प्रयत्न गरिरहेको र आगामी दिनमा यसलाई थप सशक्त बनाउने बताइन्। मन्त्री राणाले विपिन अपहरमा परेको करिब ९ महनिापछि आफू मन्त्रीमा नियुक्त भएको र त्यसलगत्तै आफूले सो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेको जानकारी दिइन्।

मन्त्री राणाले भनिन्, 'यो एक वर्षमा म उपस्थित भएका संयुक्त राष्ट्रसङ्घीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्चहरु, विभिन्न द्विपक्षीय तथा अन्तर्राष्ट्रिय बैठक तथा भेटवार्ताहरुमा विपिन रिहाइको आग्रह गरिरहेकै छु। हामीले कूटनीतिक माध्यमबाट गर्न सक्ने र मिल्नेजति पत्राचार एवं अन्य आवश्यक पहल जारी नै राखेका छौं।'

मन्त्री राणाले आफूले इजरायल, इजिप्ट, इरान, कतार, संयुक्त अरब इमिरेट्स, टर्कीदेखि लिएर अन्य देशका विदेशमन्त्रीहरु एवं अधिकारीहरुसँगको भेट एवं फोनवार्ताका साथै संयुक्त राष्ट्रसङ्घदेखि अन्य अन्तर्राष्ट्रिय फोरमहरूमा पनि विपिन रिहाइको मुद्दालाई सशक्तरूपमा राख्दै आएको जानकारी उनीहरुलाई दिएकी थिइन्। विपिन रिहाइको मुद्दालाई आगामी दिनमा सरकारले थप सशक्त रुपले अघि बढाउने जानकारी पनि दिइन्। सन् २०२३ अक्टोबरमा इजरायलबाट विपिन जोशी हमास समूहको अपहरणमा परेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पशुपति क्षेत्र विकास कोषले भदौ १० गते मंगलबार मनाइने हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको जनाएको छ। पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै हरितालिका तिजको अवसरमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीहरूका लागि सबै तयारी पूरा भएको जानकारी गराएको हो। मन्दिरको दर्शनका लागि पहिलो ...
: जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा आज दिउँसो करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। बिजुलीको पोलमा चढेर इन्टरनेटको काम गर्ने क्रममा रौतहट गुज्रा नगरपालिका-१ रङ्गपुर घर भई हाल पोखरा फाइबर नेटमा काम गर्दै आएका २५ वर्षीय अरुणकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिए। पुतलीबजार-१ ठाडोलाइनमा डेरा गरी बस्दै ...
: नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही-१ मा उम्मेदवार बनिसकेका धनिराम चौधरी सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन्। आइतबार भैरहवामा आयोजित कार्यक्रममा धनिरामसहित नाउपा नेताहरू जनमतमा प्रवेश गरेका हुन्। उनीहरूलाई अध्यक्ष राउतले पार्टी सदस्यता र मालासहित स्वागत गरेका थिए। जनमत पार्टी प्रवेश गर्नेमा नाउपा नेताहरू कमल नारायण चौधरी, सरस्वती थारू, गौरी यादव, श्रीरामकुमार चौधरी, खेम बहादुर ...
: उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा रहेको कमी कमजोरी हटाउन र समाजमा रहेको असन्तुष्टि मेटाउनका लागि भूमिका निर्वाह गर्न नेविसंघलाई सुझाव दिएका छन्। नेपाल विद्यार्थी संघ काठमाडौंका पूर्व जिल्ला अध्यक्ष सम्मान कार्यक्रम एवम् विद्यालय शिक्षा विधेयक सम्बन्धी सचेतना सभालाई सम्बोधन गर्दै उनले परिवर्तित समयअनुसार नेविसंघको भूमिका परिष्कृत हुनपर्नेमा उनले जोड ...
: प्रतिनिधिसभामा प्रस्तावित भूमि विधेयकविरुद्ध उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल देशव्यापी आन्दोलन गर्ने भएको छ। भदौ ९—१५ गतेसम्म देशैभरि भूमि विधेयकविरुद्ध आन्दोलन गर्न सबै तहका पार्टी कमिटीलाई जसपा नेपालले सर्कुलर पठाएको छ। भूमि सम्बन्धी विधेयक मुलुक र जनताको हितमा नरहेको जसपा नेपालको ठहर छ। पार्टी महासचिव लालबाबु राउतले पार्टी संगठनलाई शनिबार पत्राचार ...