मुख्य समाचार
ट्रम्पले २०२६ को पुरुष फुटबल विश्वकपको ड्र डिसेम्बरमा वाशिंगटनमा हुने घोषणा
ट्रम्पले २०२६ को पुरुष फुटबल विश्वकपको ड्र डिसेम्बरमा वाशिंगटनमा हुने घोषणा

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२६ को पुरुष फुटबल विश्वकपको ड्र डिसेम्बरमा वाशिंगटनमा हुने घोषणा गरेका छन्। ड्र डिसेम्बर ५ मा वाशिङ्टनको केनेडी सेन्टरमा हुने ट्रम्पले घोषणा गरेका हुन्।



अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा ४८ टोली सहभागी हुनेछन्। यसअघि विश्वकपमा ३२ राष्ट्र सहभागी हुन्थे।


फिफा अध्यक्ष जियानी इन्फान्तिनोले ट्रफीसहित ह्वाइट हाउसमा ड्रको घोषणा गर्दै ʻएक अर्ब दर्शकले हेर्ने विश्वकै ठूलो खेलकुद कार्यक्रमʼ भनेका छन्।


ड्रमा ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ। यसमा समूहका शीर्ष दुई टोली र उत्कृष्ट ८ तेस्रो स्थान प्राप्त टोली नकआउट चरणमा प्रवेश गर्नेछन्।

ट्रम्पले भने,ʻयो सबैभन्दा ठूलो, सम्भवतः खेलकुदको सबैभन्दा ठूलो कार्यक्रम हो।ʼ

फिफा अध्यक्ष इन्फान्तिनोले ट्रम्पलाई ट्रफी समाउने अवसर पनि दिएका थिए। ट्रम्पले हाँस्दै भने, ʻके म यसलाई राख्न सक्छु ?ʼ

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...