मुख्य समाचार
७४ जिल्लामा फैलियो डेंगी, २ जनाले ज्यान गुमाए
७४ जिल्लामा फैलियो डेंगी, २ जनाले ज्यान गुमाए

— डेंगीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेंगी सङ्क्रमण पनि बढ्न थालेको छ ।पछिल्लो एक सातामा २११ जनामा डेंगी सङ्क्रमण देखिएको छ । डेंगी सङ्क्रमणबाट दुई जनाले ज्यान गुमाइसकेका छन् ।



इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार ३ हजार २४७ जनामा डेंगी सङ्क्रमण देखिएको छ ।

कोशी प्रदेशमा ५६८, मधेशमा ६२, बागमतीमा ६७५, गण्डकीमा ९१४, लुम्बिनीमा ५५१, कर्णालीमा ९३ र सुदूरपश्चिममा ३८४ जनामा डेंगी सङ्क्रमण देखिएको प्रमुख डा दाहालले जानकारी दिए । पानी पर्ने क्रम जारी रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन समेत उनले आग्रह गरे ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएपछि त्यसले टोकेपछि डेंगी रोग लाग्छ । डेंगी रोकथामका लागि सरकारले प्रत्येक शुक्रबार लामखुट्टै खोज र नष्ट अभियान सञ्चालन गरेको छ ।

सन् २०२४ मा डेंगी सङ्क्रमण ७६ जिल्लामा फैलिएको थियो भने यसबाट १५ जनाको मृत्यु हुनुका साथै ४१ हजार ८६५ जना सङ्क्रमित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
‘जनसंहार’ शब्दमा अल्झियो सरकार-जेनजी वार्ता
चमत्कारिक ओभरहेड किकले रोनाल्डो चर्चामा
। अध्यागमन विभागमा एउटा सूचना आयो– चिनियाँको एक समूहले काठमाडौंमा भिसा विपरीतको काम गर्दै आएको छ । सूचनालाई थप भेरिफाइ गरेपछि उक्त चिनियाँ समूहलाईलाई अध्यागमन विभागले लोकेट गर्‍यो । सोह्रखुट्टे भन्दा केही पर म्हैपीको एक घरमा उनीहरूको बसेको अध्यागमनले पत्ता लगायो । अध्यागमनको टोलीले २८ आसोजमा उक्त घरमा खानतलासी गर्न पुग्यो । प्रहरी समेत लिएर गएको अध्यागमन ...
रुस-युक्रेन युद्धमा नयाँ वार्ताका लागि संयुक्त राज्य अमेरिका, युक्रेन र यसका युरोपेली सहयोगीहरूका प्रतिनिधिमण्डल आइतबार जेनेभामा भेट्ने
— मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले आइतबारदेखि गर्ने भनिएको हड्तालका कार्यक्रम फिर्ता लिएको छ । सरकार र महाभियानका प्रतिनिधिबीच शनिबार बालुवाटारमा भएको वार्तामा महाभियानले मंसिर ७ गतेबाट गर्ने भनिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रम फिर्ता लिने सहमति बनेको हो । 'वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका सन्दर्भमा ...