मुख्य समाचार
नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समितिले पत्रकार सम्मेलन गर्दै भनेको छ, आफूहरूको उद्देश्य ओलम्पिक विवाद समाधान गर्ने नै हो
नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समितिले पत्रकार सम्मेलन गर्दै भनेको छ, आफूहरूको उद्देश्य ओलम्पिक विवाद समाधान गर्ने नै हो

— ध्रुवबहादुर प्रधानको संयोजकत्वमा गठित नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै भनेको छ, आफूहरूको उद्देश्य ओलम्पिक विवाद समाधान गर्ने नै हो ।

त्यति मात्र होइन, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को समर्थन आफ्नै पक्षमा हुने दाबीसमेत गरे । एनओसीका पूर्वअध्यक्षसमेत रहेका प्रधानले भने, ‘म अध्यक्ष हुन आएको होइन, समस्या समाधान गर्न आएको हुँ ।’

यसक्रममा तदर्थ समितिले आफ्नो भाबी कार्यक्रम पनि प्रस्तुत गरेको छ । यसै साता सरकारले सातदोबाटोस्थित एनओसी भवन लगाएको ताला खोलिदिएपछि तदर्थ समिति त्यसमा प्रवेश गरेर पत्रकार सम्मेलन गरेको हो । सुरुमा तदर्थ समितिका प्रवक्ताका रूपमा समिममियाँ अन्सारी अगाडि आएका छन् । ९ सदस्यीय समितिका सदस्यको नाम पनि सार्वजनिक गरिएको छ ।

संयोजकमा नेपाल जिम्न्यास्टिक संघका अध्यक्ष प्रधान नै छन् । अन्य सदस्यमा कुस्तीका अन्सारीसँगै एथलेटिक्सका राजीवविक्रम शाह, फेन्सिङका सुनिल श्रेष्ठ, ट्रायथलनका निलेन्द्रराज श्रेष्ठ, सुटिङका पुष्पदास श्रेष्ठ, हक्कीका अनिल शर्मा, टेबलटेनिसका वृजेन्द्र हमाल र घोडचढी संघका रवि राजकर्णिकार छन् । अन्सारीबाहेक सबै संघका अध्यक्ष हुन् । एनओसीसँग आवद्ध २३ भन्दा बढी संघ मिलेर नै तदर्थ समिति बनाइएको दाबी गरिएको छ ।

संयोजक प्रधानले यो सरकारी हस्तक्षेप नभएर संघहरू मिलेर नै गरेको काम भएको दाबी गरे । उनले अहिले चलिरहेको ओलम्पिक विवादको मुख्य केन्द्र अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ भएको पनि बताए । प्रधानले भने, ‘विधि, मूल्य र मान्यता मिचिएको छ । स्वेच्छाचारिता हाबी भएको छ । त्यसैले नयाँ तरिकाले अगाडि बढ्न संयोजक पद स्वीकारेको हुँ ।’

उनले थपे, ‘मलाई थाहा छ, मलाई गाली गर्ने धेरै हुनेछन् । तर पनि म अगाडि आएको छु ।’ प्रधानले अब विधानअनुसार साधारणसभा बोलाएर एनओसीको नयाँ नेतृत्व चयन गर्ने बताए । प्रवक्ता अन्सारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जीवनराम श्रेष्ठ नेतृत्वमा रहेको कार्यसमितिको चार वर्षे कार्यकाल ०८० को भदौ १९ मा सकिएको थियो । तर कार्यकाल सकिएपछि पनि आवधिक निर्वाचन गरेनन् ।’

अगाडि भनिएको छ, ‘त्यसपछि मात्र एक वर्ष र तीन महिना कार्यकाल थपे, यो विधानअनुसार छैन । श्रेष्ठले अवैधानिक रूपमा आफ्नो कार्यकाल बढाएका छन् । ओलम्पिक कमिटी विधानको कतिपय धारा मिचिएको छ ।’ तदर्थ समितिले जापानमा हुने एसियाली खेलकुदमा नेपालको सहभागिता सुनिश्चित गर्न राष्ट्रिय खेलकुद परिषद् र संघहरूसँग समन्वय गरेर खेलाडी छनोट प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम