मुख्य समाचार
अमेरिकामा अवैध रूपमा बसोबास गर्नेहरूको संख्या हालसम्मकै उच्च रहेको प्यु रिसर्च सेन्टर (पीआरसी) ले जनाएको छ
अमेरिकामा अवैध रूपमा बसोबास गर्नेहरूको संख्या हालसम्मकै उच्च रहेको प्यु रिसर्च सेन्टर (पीआरसी) ले जनाएको छ

— अमेरिकामा अवैध रूपमा बसोबास गर्नेहरूको संख्या हालसम्मकै उच्च रहेको प्यु रिसर्च सेन्टर (पीआरसी) ले जनाएको छ । पीआरसीले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार, २०२३ मा उक्त संख्या १ करोड ४० लाख पुगेको छ । जुन २०२२ को भन्दा २२ लाखले बढी हो ।


यसअघि २००७ मा अवैध आप्रवासीको संख्या १ करोड २२ लाखसम्म पुगेको पीआरसीको रिपोर्टमा उल्लेख छ । पछिल्लो समय आप्रवासीको संख्यामा उल्लेख्य वृद्धि हुनुमा पछिल्लो समय झन्डै ६० लाख जना कुनै न कुनै प्रकारको कानुनी संरक्षणमा अमेरिका जानुलाई मानिएको छ । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा पदभार सम्हालेपछि भने उनी अवैध आप्रवासीप्रति निर्मम हुँदै धेरैजसो यस्ता संरक्षणका प्रावधानहरू हटाएका छन् ।


पीआरसीको प्रतिवेदनले २०२४ मा पनि अवैध आप्रवासीको संख्या बढेको प्रारम्भिक तथ्यांक देखाएको छ, यद्यपि तत्कालीन राष्ट्रपति जो बाइडेनले गत जुनमा सीमामा शरण नीतिलाई कडा गरेपछि वृद्धिदर सुस्त भएको थियो । अमेरिकामा मेक्सिकोपछि ग्वाटेमाला, एल साल्भाडोर र भारतबाट सबैभन्दा धेरै अवैध आप्रवासी बसोबास गर्दै आएका छन् ।

भेनेजुएला, क्युबा, कोलम्बिया, निकारागुआ, इक्वेडर, युक्रेन र पेरुबाट आएकाहरूको संख्या पछिल्लो दुई वर्षमा दोब्बरभन्दा बढी भएको बताइएको छ । राष्ट्रपति ट्रम्पले गत मार्चमा संसद्मा दिएको सम्बोधनमा पनि विगत चार वर्षमा २ करोड १० लाख मानिस अमेरिका भित्रिएको दाबी गरेका थिए । ‘फेडेरेसन फर अमेरिकन इमिग्रेसन रिफर्म’ ले पनि मार्चमा १ करोड ८६ लाख आप्रवासी रहेको अनुमान गरेको थियो ।

आप्रवासन नियन्त्रणको पक्षमा रहेको ‘सेन्टर फर इमिग्रेसन स्टडिज’ ले गत महिना १ करोड ४२ लाख अवैध आप्रवासी रहेको उल्लेख गर्दै गत जनवरीमा १ करोड ५८ लाखको उच्च बिन्दुबाट घटेको उल्लेख गरेको छ । गृह सुरक्षा सचिव क्रिस्टी नोमले पछिल्लो ६ महिनामा १६ लाखले कमी आएको दाबी गर्दै यसलाई ‘ठूलो उपलब्धि’ भनेकी छन् । गृह सुरक्षा विभागको कार्यालयले २०२२ मा १ करोड १० लाख अवैध आप्रवासी रहेको अनुमान गरेको थियो भने ‘सेन्टर फर माइग्रेसन स्टडिज’ ले १ करोड २२ लाखको तथ्यांक पेस गरेको थियो ।

२०२३ मा अवैध आप्रवासीमध्ये सबैभन्दा ठूलो संख्यामा ४३ लाख मेक्सिकन रहेको बताइएको छ भने अन्य देशहरूबाट आएकाहरूको संख्या ९७ लाख छ । क्यालिफोर्निया, टेक्सास, फ्लोरिडा, न्युयोर्क, न्युजर्सी र इलिनोइसमा अवैध आप्रवासीको संख्या सबैभन्दा धेरै छ । एरिजोना, क्यालिफोर्निया, नेभाडा, न्यु मेक्सिको, न्युयोर्क र ओरेगनमा २००७ को तुलनामा २०२३ मा अवैध आप्रवासीको संख्या कम रहेको तथ्यांकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम