मुख्य समाचार
अमेरिकामा अवैध रूपमा बसोबास गर्नेहरूको संख्या हालसम्मकै उच्च रहेको प्यु रिसर्च सेन्टर (पीआरसी) ले जनाएको छ
अमेरिकामा अवैध रूपमा बसोबास गर्नेहरूको संख्या हालसम्मकै उच्च रहेको प्यु रिसर्च सेन्टर (पीआरसी) ले जनाएको छ

— अमेरिकामा अवैध रूपमा बसोबास गर्नेहरूको संख्या हालसम्मकै उच्च रहेको प्यु रिसर्च सेन्टर (पीआरसी) ले जनाएको छ । पीआरसीले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार, २०२३ मा उक्त संख्या १ करोड ४० लाख पुगेको छ । जुन २०२२ को भन्दा २२ लाखले बढी हो ।


यसअघि २००७ मा अवैध आप्रवासीको संख्या १ करोड २२ लाखसम्म पुगेको पीआरसीको रिपोर्टमा उल्लेख छ । पछिल्लो समय आप्रवासीको संख्यामा उल्लेख्य वृद्धि हुनुमा पछिल्लो समय झन्डै ६० लाख जना कुनै न कुनै प्रकारको कानुनी संरक्षणमा अमेरिका जानुलाई मानिएको छ । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा पदभार सम्हालेपछि भने उनी अवैध आप्रवासीप्रति निर्मम हुँदै धेरैजसो यस्ता संरक्षणका प्रावधानहरू हटाएका छन् ।


पीआरसीको प्रतिवेदनले २०२४ मा पनि अवैध आप्रवासीको संख्या बढेको प्रारम्भिक तथ्यांक देखाएको छ, यद्यपि तत्कालीन राष्ट्रपति जो बाइडेनले गत जुनमा सीमामा शरण नीतिलाई कडा गरेपछि वृद्धिदर सुस्त भएको थियो । अमेरिकामा मेक्सिकोपछि ग्वाटेमाला, एल साल्भाडोर र भारतबाट सबैभन्दा धेरै अवैध आप्रवासी बसोबास गर्दै आएका छन् ।

भेनेजुएला, क्युबा, कोलम्बिया, निकारागुआ, इक्वेडर, युक्रेन र पेरुबाट आएकाहरूको संख्या पछिल्लो दुई वर्षमा दोब्बरभन्दा बढी भएको बताइएको छ । राष्ट्रपति ट्रम्पले गत मार्चमा संसद्मा दिएको सम्बोधनमा पनि विगत चार वर्षमा २ करोड १० लाख मानिस अमेरिका भित्रिएको दाबी गरेका थिए । ‘फेडेरेसन फर अमेरिकन इमिग्रेसन रिफर्म’ ले पनि मार्चमा १ करोड ८६ लाख आप्रवासी रहेको अनुमान गरेको थियो ।

आप्रवासन नियन्त्रणको पक्षमा रहेको ‘सेन्टर फर इमिग्रेसन स्टडिज’ ले गत महिना १ करोड ४२ लाख अवैध आप्रवासी रहेको उल्लेख गर्दै गत जनवरीमा १ करोड ५८ लाखको उच्च बिन्दुबाट घटेको उल्लेख गरेको छ । गृह सुरक्षा सचिव क्रिस्टी नोमले पछिल्लो ६ महिनामा १६ लाखले कमी आएको दाबी गर्दै यसलाई ‘ठूलो उपलब्धि’ भनेकी छन् । गृह सुरक्षा विभागको कार्यालयले २०२२ मा १ करोड १० लाख अवैध आप्रवासी रहेको अनुमान गरेको थियो भने ‘सेन्टर फर माइग्रेसन स्टडिज’ ले १ करोड २२ लाखको तथ्यांक पेस गरेको थियो ।

२०२३ मा अवैध आप्रवासीमध्ये सबैभन्दा ठूलो संख्यामा ४३ लाख मेक्सिकन रहेको बताइएको छ भने अन्य देशहरूबाट आएकाहरूको संख्या ९७ लाख छ । क्यालिफोर्निया, टेक्सास, फ्लोरिडा, न्युयोर्क, न्युजर्सी र इलिनोइसमा अवैध आप्रवासीको संख्या सबैभन्दा धेरै छ । एरिजोना, क्यालिफोर्निया, नेभाडा, न्यु मेक्सिको, न्युयोर्क र ओरेगनमा २००७ को तुलनामा २०२३ मा अवैध आप्रवासीको संख्या कम रहेको तथ्यांकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप