मुख्य समाचार
इजरायली सेनाले गाजा शहरलाई नियन्त्रणमा लिने योजनाअनुसार कारबाही सुरु
इजरायली सेनाले गाजा शहरलाई नियन्त्रणमा लिने योजनाअनुसार कारबाही सुरु

— इजरायली सेनाले गाजा शहरलाई नियन्त्रणमा लिने योजनाअनुसार कारबाही सुरु गरेको छ । इजरायली सेनाका अनुसार गाजा शहरको बाहिरी क्षेत्रमा उसको पूर्ण नियन्त्रण भइसकेको छ ।


नियन्त्रणका लागि जैतुन र जबालिया क्षेत्रमा सैनिक पहिलेदेखि नै तैनाथ गरिएको छ । मंगलबार इजारायली रक्षामन्त्री इजरायल कात्जले गाजामा नियन्त्रण गर्ने सैन्य अभियानलाई अनुमति दिएका छन् । र यसै साताको अन्त्यमा उक्त योजनालाई सुरक्षा परिषद्मा राखिने भएको छ ।


यस योजना अन्तर्गत ६० हजार रिजर्ब सैनिकलाई सेप्टेम्बरको सुरुआतमा बोलाइने अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले उल्लेख गरेको छ । यस अभियानमा सक्रिय ड्यूटीमा तैनाथ जवानलाई पनि समावेश गरिनेछ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार हमासले इजरायलले निर्दोष नागरिकविरुद्ध निर्मम युद्ध जारी राख्न चाहेको आरोप लगाएको छ । यसै कारण युद्धविराममा विभिन्न बाधा उत्पन्न गराइराखेको हमासको आरोप छ ।

गाजा पट्टीको उत्तरी क्षेत्रस्थित गाजा शहरमा लाखौं प्यालेस्टिनी नागरिक रहँदै आएका छन् । युद्धअघि सबैभन्दा धेरै बसोबास रहेको शहर हो यो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फक्स न्युजसँग कुरा गर्दै इजरायलको योजना गाजापट्टीमा नियन्त्रण मात्र नभइ यसलाई अरब देशहरुलाई सम्पिन चाहेको बताएका थिए । विश्वभरका नेताहरुले यो अभिव्यक्तिलाई लिएर आलोचना गरेका थिए । संयुक्त राष्ट्रसंघले यस्तो कारबाहीले ठूलो संख्यामा विस्थापन र अधिक हत्या हुने चेतावनी दिएको थियो ।

बेन्जामिनको एक अर्को अभिव्यक्तिमा इजरायल डिफेन्स फोर्स अर्थात् (आईडीएफ) गाजा शहरलाई नियन्त्रणमा लिन तयार रहेको बताएका थिए ।




उनको बयानमा युद्ध अन्त्यका लागि पाँच सिद्धान्त दिइएको छ । जसमा हमासलाई निरस्त्रीकरण, सबै बन्धक फिर्ता (जिवित या मृत), गाजापट्टीमा सैन्यीकरणको अन्त्य, गाजापट्टीमा इजरायलको सुरक्षा नियन्त्रण र एक वैकल्पिक नागरिक प्रशासनको स्थापना जो हमास या प्यालेस्टाइनको संलग्नता नहुने ।

आईडीएफले गाजा शहरमा नियन्त्रणको तयारी भइरहेको र युद्धक्षेत्रभन्दा बाहिरी क्षेत्रमा रहने नागरिकलाई मानवीय सहायता उपलब्ध गराइने बताएको छ ।

तर यस्तो सहायता कुनै नयाँ हुने या पुन:इजरायल र अमेरिका समर्थित विवादास्द गाजा ह्युमेनेटेरियन फाउन्डेशनमार्फत उपलब्ध गराइने भन्ने कुरा स्पष्ट पारिएको छैन ।

इजरायलको मन्त्रिपरिषद् बैठक अघि गाजापट्टीमै पूर्ण नियन्त्रण चाहेको बताएका थिए । तर नयाँ योजना अन्तर्गत उनले गाजा शहरको मात्र उल्लेख गरेका छन् ।

इजरायली मिडिया रिपोर्ट अनुसार यस मुद्दामा प्रधानमन्त्री र सेना प्रमुखबीच चर्को बहस भएको थियो । सेना प्रमुखले गाजामा नियन्त्रणको विरोध गरेको बताइएको छ ।

हाल ७५ प्रतिशत क्षेत्र नियन्त्रणमा लिएको इजरायलको दाबी छ । तर संयुक्त राष्ट्रसंघले भने ८६ प्रतिशत क्षेत्र सैन्य क्षेत्र बनेको दाबी गरेको छ । केही विश्लेषकहरुले भने गाजामा नियन्त्रणको धम्की हमासलाई दबाबमा राख्ने रणनीति रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप