मुख्य समाचार
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गेटा मेडिकल कलेजलाई पूर्णरूपमा सञ्चालन गर्ने प्रक्रियागत बाटो खुलेको बताए
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गेटा मेडिकल कलेजलाई पूर्णरूपमा सञ्चालन गर्ने प्रक्रियागत बाटो खुलेको बताए

। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गेटा मेडिकल कलेजलाई पूर्णरूपमा सञ्चालन गर्ने प्रक्रियागत बाटो खुलेको बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले संसदमा विधेयक पास गरेर विश्वविद्यालयका संरचना निर्माण र पदाधिकारी नियुक्ति गर्ने काम अघि बढिरहेको स्पष्ट पारे ।




उनले भने, ‘उपकुलपति बनाउने, रेक्टर बनाउने, रजिष्ट्रार बनाउने र त्यसको विधेयक पास गरेर संसदमा लैजाने विषय शिक्षा मन्त्रालयले गर्ने हो । सरकारले विधेयक संसदमा लगेर पास गरिसकेको छ । तर अब त्यो प्रक्रियागत ढंगले अघि बढिरहेको छ । मैले मन्त्रीपरिषद्मा उपकुलपति रजिष्ट्रार र रेक्टर छिटो नियुक्त गर्न अनुरोध गरेको छु ।’

हालसम्म गेटा मेडिकल कलेजका लागि ठूलो लगानी भए पनि प्रयोगमा आउन सकेको छैन । उनले आफू मन्त्री बनेर सात महिनाअघि गेटा पुगेको अनुभव स्मरण गर्दै भने, ‘त्यतिबेला यहाँ केही चलेको थिएन, धुलो टाँसिएर बसेको थियो । सबै सामान प्लास्टिकमा बेरिएको अवस्थामा थियो । तीन वर्षमै करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण किनेका थिए, तर कुनै पनि प्रयोग भएको छैन ।



उनले गेटा मेडिकल कलेजलाई स्थापना गर्ने सपना देख्ने नेताहरूप्रति कृतज्ञता प्रकट गरे ।

विशेषगरी पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै यहाँ विश्वविद्यालय स्थापना गर्ने सपना देखेको स्मरण गर्दै पौडेलले थपे, ‘शेरबहादुर देउवासहितका नेताहरूले पनि निरन्तर बजेट विनियोजन गरेपछि आज यस्तो ठूलो संरचना बनेको हो । तर प्रयोगमा आउन नसक्नु दुर्भाग्यपूर्ण हो ।’

मन्त्री पौडेलले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको रूपमा अघि बढाउन कुनै रोकावट नरहेको स्पष्ट पार्दै भने, ‘यो देश र जनताका लागि हो । अहिले छ वटा प्रदेशमा मेडिकल कलेज सञ्चालनमा छन् । बाँकी रहेको एक मात्र प्रदेशमा मेडिकल कलेज स्थापना गर्नुपर्ने हाम्रो दायित्व हो ।’

उनले आफ्नै कार्यकालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मेडिकल कलेज सञ्चालनमा ल्याइएको उल्लेख गरे ।

‘त्यतिबेला हामीले सातै प्रदेशमा मेडिकल कलेज ल्याउने लक्ष्य राखेका थियौँ । गेटामा पनि त्यसैअनुरूप योजना बनाइएको थियो,’ उनले भने र गएको वर्ष आन्तरिक बजेटमार्फत गेटामा मेडिकल कलेज सञ्चालनका लागि पाँच करोड रुपैयाँ छुट्याइएको मन्त्री पौडेलले बताए ।

तर गेटा अस्पताललाई प्रदेशको अस्पताल संघमा राखिएको विषयमा आलोचना खेप्नु परेको उनको भनाइ थियो । उनले स्पष्ट पारे, ‘यो संघीयतालाई उल्लंघन गर्ने उद्देश्यले होइन, गेटालाई ३०० शैय्याको अस्पताल बनाउन गरिएको हो ।’

हाल गेटा अस्पतालमा करिब २०० शैय्या सञ्चालन गर्ने क्षमता रहेको जानकारी दिँदै उनले थपे, ‘५० शैय्या स्वीकृति भए पनि अहिले नै २०० शैय्या गर्ने क्षमता छ । यसलाई ३०० शैय्या बनाएर मेडिकल कलेज सञ्चालन गर्ने हाम्रो तयारी थियो । तर प्रदेश र संघबीचको अधिकारसम्बन्धी विवादका कारण तत्काल निर्णय कार्यान्वयन हुन सकेन ।’

यस विषयमा प्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्रीसम्मलाई समेत जानकारी दिइए पनि समग्र संघीय संरचनामा प्रभाव पर्ने भएकाले तत्कालीन मन्त्रिपरिषद्बाट टुंगो लाग्न नसकेको उनले बताए ।

मन्त्री पौडेलले भने, गेटा मेडिकल कलेजलाई अब सञ्चालन नगरी बस्ने कुनै कारण छैन । यो अब छिट्टै सञ्चालनमा आउँछ। यसलाई प्रदेश र संघबीचको विवादको विषय होइन, जनताको आवश्यकता र स्वास्थ्य क्षेत्रमा अपरिहार्य आधारभूत पूर्वाधारको रूपमा लिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...
। सरकार र चिकित्सक संघबीच सहमति भएको छ । साथै, चिकित्सक संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको हो । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य ...
। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्रको तोडफोडको घटनाले नयाँ मोड लिएको छ । उपचारका क्रममा भएको हिंसात्मक घटनापछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन् भने आन्दोलनलाई थप कडा बनाउँदै आकस्मिक सेवासमेत ठप्प पारेका छन् । गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा ...