मुख्य समाचार
अदालतले आप्रवासीको अस्थायी सुरक्षा स्थिति (टीपीएस) सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको पक्षमा आदेश जारी
अदालतले आप्रवासीको अस्थायी सुरक्षा स्थिति (टीपीएस) सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको पक्षमा आदेश जारी

: अमेरिकाको एक संघीय अदालतले आप्रवासीको अस्थायी सुरक्षा स्थिति (टीपीएस) सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको पक्षमा आदेश जारी गरेको छ। ​​​​​​​यो आदेशसँगै करिब सात हजार नेपालीको टीपीएस अन्त्य गरी निष्कासनको बाटो ट्रम्प प्रशासनलाई खुलेको छ।



अमेरिकाको सान फ्रान्सिस्कोस्थित नवौँ सर्किट अपिल अदालतले नेपालका सात हजारसहित मध्य अमेरिकाबाट आएका ६० हजार आप्रवासीको अस्थायी संरक्षण कायम राख्न दिएको तल्लो अदालतको आदेशलाई रोक लगाउँदै ट्रम्प प्रशासनलाई घर पठाउने बाटो खोलिदिएको हो।


अब अगस्ट ५ मा म्याद समाप्त भएका करिब सात हजार नेपाली घर फर्किनेछन्। यस्तै होन्डुरसका ५१ हजार र निकारागुवाका तीन हजार जनाको सेप्टेम्बर ८ मा टीपीएस समाप्त हुँदैछ। अब उनीहरू निष्कासनमा पर्नेछन्।


यसअघि यस कार्यमा तल्लो अदालतले रोक लगाएको थियो। ट्रम्प प्रशासनले होन्डुरस, निकारागुवा र नेपालका लागि टीपीएस प्राप्त गरेकाले गैरकानुनी रूपमा कार्य गरेको दाबी गर्दै अपील दायर गरेपछि नवौं सर्किट अपिल अदालतले तल्लो अदालतको आदेशमा रोक लगाएका हो।

के हो टीपीएस ?

टीपीएस होमल्यान्ड सेक्युरिटी सचिवले दिने मान्यता हो। यसले आप्रवासीलाई निष्कासनबाट जोगाउँछ र कानुनीरूपमा काम गर्न अनुमति दिन्छ। ट्रम्प प्रशासनले सुरक्षामा ध्यान दिँदै निष्कासनयोग्य आप्रवासीको संख्या घटाउने प्रयास गर्दै आएको छ।

सचिव क्रिस्टी नोएमले टीपीएस मान्यता कुनै देशमा प्राकृतिक प्रकोप, राजनीतिक अस्थिरता वा अन्य खतरनाक परिस्थितिका कारण त्यहाँ फर्कनु असुरक्षित मानिएको अवस्थामा दिइन व्यवस्था रहेको बताइन्।

विरोध किन भइरहेको छ ?

आप्रवासी अधिकार समूहका अनुसार टीपीएको सुविधा पाएका नेपालीहरू एक दशकभन्दा बढी समयदेखि अमेरिकामा बसोबास गर्दै आएको जनाएको छ।

ट्रम्प प्रशासनको यो प्रयासविरुद्ध लामो समयदेखि आप्रवासी अधिकार संगठनले विरोध गर्दै आएका छन् । नेपालका नागरिक सन् २०१५ को विनाशकारी भूकम्पपछि अमेरिकामा रहेका छन्।

यस्तै होन्डुरस र निकारागुवाका टीपीएस धारकहरू सन् १९९८ को विनाशकारी हरिकेन मिचपछि करिब २६ वर्षदेखि रहेको अधिकार समूहहरूले बताएका छन्।

ʻट्रम्प प्रशासनले कानुनी रूपमा लामो समयदेखि बसेका, अमेरिकी नागरिक बच्चाहरू पालेका, व्यवसाय सञ्चालन गरेका र समुदायमा योगदान दिँदै आएका आप्रवासीको कागजात समाप्त गर्दैछ,ʼ नेशनल डे लेबरर अर्गनाइजेशनकी अधिवक्ता जेसिका बान्सलले भनिन्।

सचिव नोएमले टीपीएस कार्यक्रम अन्त्य गर्दा ती देशमा अब यस्तो सुरक्षा आवश्यक नरहेको ठहर गरेकी थिइन्।

तर, जुलाई ३१ मा दिइएको आदेशमा स्यान फ्रान्सिस्कोस्थित यू.एस. जिल्ला न्यायाधीश ट्रिना एल. थम्पसनले टीपीएस संरक्षण जारी राख्ने आदेश दिएकी थिइन्। उनले प्रशासनले होन्डुरसको राजनीतिक हिंसा र निकारागुवामा हालैका हरिकेन तथा आँधीबेहरीको प्रभावजस्ता अवस्थाको वस्तुनिष्ठ समीक्षा नगरी टीपीएस अन्त्य गरेको बताएकी थिइन्।

ट्रम्प प्रशासनले यसअघि भेनेजुएला, हाइटी, युक्रेन, अफगानिस्तान र क्यामरुनजस्ता देशका करिब १० लाख टीपीएस धारकहरूको मान्यता समाप्त गरिसकेको छ। केही मुद्दा अझै संघीय अदालतहरूमा विचाराधीन छन्।

वादीका वकिलहरूले नोएमको निर्णय राष्ट्रपति ट्रम्पको चुनावी प्रतिबद्धता र जातीय पूर्वाग्रहबाट प्रेरित रहेकाले गैरकानुनी भएको दावी गरेका छन्। तर, अमेरिकी सहायक महान्यायाधिवक्ता ड्र्यु एनसाइनले भने,ʻसरकारले आफूले आवश्यक ठानेको कार्यक्रम कार्यान्वयन गर्न नसक्नुले अहिलेसम्म पनि गम्भीर र निरन्तर क्षति व्यहोर्दै आएको छ।ʼ

​​​​​​​यसअघि मे महिनामा अमेरिकी सर्वोच्च अदालतले भेनेजुएलाका टीपीएसको सुविधा पाएकाहरूको मान्यता अन्त्य गर्न ट्रम्प प्रशासनलाई अनुमति दिएको थियो। सर्वोच्च अदालतले आपतकालीन अपीलको क्रममा कुनै कारण नदिई निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम