मुख्य समाचार
अदालतले आप्रवासीको अस्थायी सुरक्षा स्थिति (टीपीएस) सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको पक्षमा आदेश जारी
अदालतले आप्रवासीको अस्थायी सुरक्षा स्थिति (टीपीएस) सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको पक्षमा आदेश जारी

: अमेरिकाको एक संघीय अदालतले आप्रवासीको अस्थायी सुरक्षा स्थिति (टीपीएस) सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको पक्षमा आदेश जारी गरेको छ। ​​​​​​​यो आदेशसँगै करिब सात हजार नेपालीको टीपीएस अन्त्य गरी निष्कासनको बाटो ट्रम्प प्रशासनलाई खुलेको छ।



अमेरिकाको सान फ्रान्सिस्कोस्थित नवौँ सर्किट अपिल अदालतले नेपालका सात हजारसहित मध्य अमेरिकाबाट आएका ६० हजार आप्रवासीको अस्थायी संरक्षण कायम राख्न दिएको तल्लो अदालतको आदेशलाई रोक लगाउँदै ट्रम्प प्रशासनलाई घर पठाउने बाटो खोलिदिएको हो।


अब अगस्ट ५ मा म्याद समाप्त भएका करिब सात हजार नेपाली घर फर्किनेछन्। यस्तै होन्डुरसका ५१ हजार र निकारागुवाका तीन हजार जनाको सेप्टेम्बर ८ मा टीपीएस समाप्त हुँदैछ। अब उनीहरू निष्कासनमा पर्नेछन्।


यसअघि यस कार्यमा तल्लो अदालतले रोक लगाएको थियो। ट्रम्प प्रशासनले होन्डुरस, निकारागुवा र नेपालका लागि टीपीएस प्राप्त गरेकाले गैरकानुनी रूपमा कार्य गरेको दाबी गर्दै अपील दायर गरेपछि नवौं सर्किट अपिल अदालतले तल्लो अदालतको आदेशमा रोक लगाएका हो।

के हो टीपीएस ?

टीपीएस होमल्यान्ड सेक्युरिटी सचिवले दिने मान्यता हो। यसले आप्रवासीलाई निष्कासनबाट जोगाउँछ र कानुनीरूपमा काम गर्न अनुमति दिन्छ। ट्रम्प प्रशासनले सुरक्षामा ध्यान दिँदै निष्कासनयोग्य आप्रवासीको संख्या घटाउने प्रयास गर्दै आएको छ।

सचिव क्रिस्टी नोएमले टीपीएस मान्यता कुनै देशमा प्राकृतिक प्रकोप, राजनीतिक अस्थिरता वा अन्य खतरनाक परिस्थितिका कारण त्यहाँ फर्कनु असुरक्षित मानिएको अवस्थामा दिइन व्यवस्था रहेको बताइन्।

विरोध किन भइरहेको छ ?

आप्रवासी अधिकार समूहका अनुसार टीपीएको सुविधा पाएका नेपालीहरू एक दशकभन्दा बढी समयदेखि अमेरिकामा बसोबास गर्दै आएको जनाएको छ।

ट्रम्प प्रशासनको यो प्रयासविरुद्ध लामो समयदेखि आप्रवासी अधिकार संगठनले विरोध गर्दै आएका छन् । नेपालका नागरिक सन् २०१५ को विनाशकारी भूकम्पपछि अमेरिकामा रहेका छन्।

यस्तै होन्डुरस र निकारागुवाका टीपीएस धारकहरू सन् १९९८ को विनाशकारी हरिकेन मिचपछि करिब २६ वर्षदेखि रहेको अधिकार समूहहरूले बताएका छन्।

ʻट्रम्प प्रशासनले कानुनी रूपमा लामो समयदेखि बसेका, अमेरिकी नागरिक बच्चाहरू पालेका, व्यवसाय सञ्चालन गरेका र समुदायमा योगदान दिँदै आएका आप्रवासीको कागजात समाप्त गर्दैछ,ʼ नेशनल डे लेबरर अर्गनाइजेशनकी अधिवक्ता जेसिका बान्सलले भनिन्।

सचिव नोएमले टीपीएस कार्यक्रम अन्त्य गर्दा ती देशमा अब यस्तो सुरक्षा आवश्यक नरहेको ठहर गरेकी थिइन्।

तर, जुलाई ३१ मा दिइएको आदेशमा स्यान फ्रान्सिस्कोस्थित यू.एस. जिल्ला न्यायाधीश ट्रिना एल. थम्पसनले टीपीएस संरक्षण जारी राख्ने आदेश दिएकी थिइन्। उनले प्रशासनले होन्डुरसको राजनीतिक हिंसा र निकारागुवामा हालैका हरिकेन तथा आँधीबेहरीको प्रभावजस्ता अवस्थाको वस्तुनिष्ठ समीक्षा नगरी टीपीएस अन्त्य गरेको बताएकी थिइन्।

ट्रम्प प्रशासनले यसअघि भेनेजुएला, हाइटी, युक्रेन, अफगानिस्तान र क्यामरुनजस्ता देशका करिब १० लाख टीपीएस धारकहरूको मान्यता समाप्त गरिसकेको छ। केही मुद्दा अझै संघीय अदालतहरूमा विचाराधीन छन्।

वादीका वकिलहरूले नोएमको निर्णय राष्ट्रपति ट्रम्पको चुनावी प्रतिबद्धता र जातीय पूर्वाग्रहबाट प्रेरित रहेकाले गैरकानुनी भएको दावी गरेका छन्। तर, अमेरिकी सहायक महान्यायाधिवक्ता ड्र्यु एनसाइनले भने,ʻसरकारले आफूले आवश्यक ठानेको कार्यक्रम कार्यान्वयन गर्न नसक्नुले अहिलेसम्म पनि गम्भीर र निरन्तर क्षति व्यहोर्दै आएको छ।ʼ

​​​​​​​यसअघि मे महिनामा अमेरिकी सर्वोच्च अदालतले भेनेजुएलाका टीपीएसको सुविधा पाएकाहरूको मान्यता अन्त्य गर्न ट्रम्प प्रशासनलाई अनुमति दिएको थियो। सर्वोच्च अदालतले आपतकालीन अपीलको क्रममा कुनै कारण नदिई निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप