मुख्य समाचार
इजरायलले गाजा सहरमा कब्जा सुरु
इजरायलले गाजा सहरमा कब्जा सुरु

: इजरायलले गाजा सहरमा कब्जा सुरु गरेको छ। इजरायली सेनाको यो कदमले सहरका प्यालेस्टिनीहरू भागिरहेका छन्।



पलायनलाई देखेर संयुक्त राष्ट्र संघले यो अभियानले मृत्यु र विनाश निम्त्याउने निश्चित भएकाले यसलाई रोक्न अत्यन्त महत्त्वपूर्ण रहेको बताएको छ।


गाजाका अधिकारीका अनुसार दश लाखभन्दा बढी मानिस बसोबास गर्ने यो क्षेत्रले केही दिनदेखि भारी बमबारी सामना गरिरहेको छ।


इजरायली सेनाका अनुसार गाजा सहरको बाहिरी इलाकामा नियन्त्रण गरेको छ।

यो सैन्य कारबाहीलाई इजरायलका रक्षामन्त्री इजरायल काट्जले मंगलबार अनुमोदन गरेका थिए। यसलाई यस हप्ताको अन्त्यमा सुरक्षा मन्त्रिपरिषद्मा प्रस्तुत गरिनेछ।

यस अन्तर्गत सक्रिय ड्युटीमा तैनाथ सैनिकहरूलाई यस अपरेशनमा तैनाथ गर्न करिब ६०,००० रिजर्भ सिपाही बोलाइनेछ।

समाचार एजेन्सी रोयटर्सका अनुसार हमासले इजरायलले निर्दोष नागरिकविरुद्ध यो निर्दयी युद्ध जारी राख्न चाहेको आरोप लगाएको छ। त्यसैले युद्धविराममा अवरोध सिर्जना गरिरहेको बताएको छ। गाजा पट्टीको उत्तरी भागमा अवस्थित गाजा सहरमा लाखौं प्यालेस्टिनी बसोबास गर्छन्। युद्ध अघि यो यस क्षेत्रको सबैभन्दा बढी जनसंख्या भएको सहर थियो।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले फक्स न्यूजलाई बताएअनुसार इजरायलले सम्पूर्ण गाजा पट्टी कब्जा गर्ने र अरब शक्तिलाई सुम्पने योजना बनाएको छ।

विश्वभरका धेरै नेताले यो योजनाको निन्दा गरेका छन्। संयुक्त राष्ट्र संघले यसले अझ ठुलो मात्रामा जबरजस्ती विस्थापन र थप हत्या निम्त्याउने चेतावनी दिएको छ।

हमासले यो कदमको कडा विरोध गर्ने बताएको छ।

के छ इजरायलको योजनामा ​​?

null
इजरायलका प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तिमा इजरायल रक्षा बल (आईडीएफ)ले गाजा सहरको नियन्त्रण लिने तयारी गरिरहेको भनिएको छ।

युद्ध अन्त्य गर्न पाँच सर्त

हमासको निशस्त्रीकरण
जीवित वा मृत सबै बन्धकको फिर्ती
गाजा पट्टीकाे सैन्यकरणकाे अन्त्य
गाजा पट्टीमा इजरायलकाे सुरक्षा नियन्त्रण
वैकल्पिक नागरिक प्रशासनको स्थापना
आईडीएफले गाजा सहरको नियन्त्रण लिन र युद्ध क्षेत्र बाहिर बस्ने नागरिकहरूलाई मानवीय सहायता प्रदान गर्न सेना तयार हुने बताएको छ।

तर यो नयाँ सहायता हुने वा इजरायल र अमेरिकाद्वारा समर्थित विवादास्पद गाजा मानवीय फाउन्डेसन मार्फत वितरण गरिनेछ भन्ने स्पष्ट छैन।

गाजा सहरलाई मात्र किन नियन्त्रण गर्ने ?

इजरायली मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री नेतान्याहूले सम्पूर्ण गाजा पट्टीमाथि नियन्त्रण चाहेको बताएका थिए। तर नयाँ योजनामा ​​उनले गाजा सहरको मात्र उल्लेख गरेका छन्।

इजरायली मिडिया रिपोर्टका अनुसार यस विषयमा प्रधानमन्त्री र सेना प्रमुखबीच चर्को बहस भएको थियो। सेना प्रमुखले सम्पूर्ण गाजामाथि नियन्त्रणको कडा विरोध गरेका थिए।

इजरायलले हाल गाजाको ७५ प्रतिशत भाग आफ्नो नियन्त्रणमा रहेको बताएको छ। संयुक्त राष्ट्रसंघको अनुमान अनुसार करिब ८६ प्रतिशत क्षेत्र या त सैन्य क्षेत्र हो या मानिसलाई त्यहाँबाट जान आदेश दिइएको क्षेत्र हो।

बीबीसी मध्यपूर्व संवाददाता ह्युगो बाचेगाका अनुसार गाजा सहर कब्जा गर्नु सम्भवतः सम्पूर्ण गाजा पट्टीमा पूर्ण नियन्त्रणतर्फको पहिलो कदम हुन सक्छ।

केही विश्लेषकहरूले सम्पूर्ण गाजालाई नियन्त्रणमा लिने धम्की पनि हमासलाई रोकिएको युद्धविराम वार्ताको क्रममा छुट दिन दबाब दिने रणनीति हुन सक्ने विश्वास गरको छन्।

फक्स न्यूजसँगको कुराकानीमा नेतान्याहूले इजरायलले गाजालाई आफ्नो नियन्त्रणमा नराख्ने बताए। नेतान्याहूले यसलाई अरब शक्तिहरूलाई हस्तान्तरण गर्ने जनाए।

ʻहामी सुरक्षा जालो चाहन्छौं। हामी यसमा हावी हुन चाहँदैनौं,ʼ उनले भने।

नेतान्याहू गाजा कुन अरब शक्तिलाई सुम्पन चाहन्छन् ?

बीबीसीका अन्तर्राष्ट्रिय संवाददाता लिस डुसेटका अनुसार बेन्जामिन नेतान्याहूले जानाजानी कुन अरब सेनालाई गाजामाथि शासन गर्न सक्षम ठान्छन् भन्ने कुरा स्पष्ट पारिरहेका छैनन्।

उनले जोर्डन र इजिप्टलाई संकेत गरिरहेका छन्। यी देशहरूले यसमा चासो देखाएका थिए।

तर दुवै देशले इजरायली कब्जा पछि गाजामा प्रवेश नगर्ने स्पष्ट पारेका छन्।

गाजाको नियन्त्रण लिएपछि सरकार सञ्चालनको समयसीमा वा व्यवस्थाबारे थप जानकारी दिइएको छैन।

विश्वभरका नेताहरू के भनिरहेका छन् ?
बेन्जामिन नेतान्याहूले हमासद्वारा बन्धक बनाइएका परिवार र विश्वभरका नेताबाट आलोचनाको सामना गरिरहेका छन्।

बेलायती प्रधानमन्त्री केयर स्टारमरले इजरायलको कदमलाई गलत भनेर वर्णन गर्दै यसले थप रक्तपात निम्त्याउने बताए।

जर्मन चान्सलर फ्रेडरिक मेर्ट्जले आफ्ना सरकारले गाजामा प्रयोग गर्न सकिने कुनै पनि हतियार इजरायलमा पठाउन अनुमति नदिने बताए। ऐतिहासिक रूपमा जर्मनी इजरायलको सबैभन्दा ठुलो हतियार आपूर्तिकर्ता मध्ये एक हो।

यसैबीच प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले यो कदमलाई पूर्णतया आपराधिक भनेका छन्।

टर्कीको विदेश मन्त्रालयले इजरायलको उद्देश्य प्यालेस्टिनीलाई आफ्नै भूमिबाट जबरजस्ती विस्थापित गर्नु रहेको बताएको छ।

संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टकरले गाजामा भइरहेको युद्ध अब अन्त्य हुनुपर्छ भने। उनले यसले ठुलो मात्रामा जबरजस्ती विस्थापन, थप हत्या, असहनीय पीडा, विनाश र अत्याचार निम्त्याउने बताए।

बन्धक परिवार मञ्चले यो निर्णयले बन्धक र सैनिक दुवैका लागि ठुलो विपत्तितर्फ डोऱ्याइरहेको बताएको छ।

तर अमेरिकी प्रतिक्रिया धेरै कम आलोचनात्मक रहेको छ। इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले यो योजना अमेरिकाका लागि चिन्ताको विषय नभएको बताए।

उनले उनीहरूले के गर्नुपर्छ वा के गर्नु हुँदैन भनेर बताउनु आफ्नो काम नभएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम