मुख्य समाचार
संयुक्त राष्ट्रसंघका लागि अमेरिकाकी पूर्वराजदूत निक्की हेलीले भारत–अमेरिका सम्बन्ध एक नाजुक मोडमा पुगेको बताए
संयुक्त राष्ट्रसंघका लागि अमेरिकाकी पूर्वराजदूत निक्की हेलीले भारत–अमेरिका सम्बन्ध एक नाजुक मोडमा पुगेको बताए

। संयुक्त राष्ट्रसंघका लागि अमेरिकाकी पूर्वराजदूत निक्की हेलीले भारत–अमेरिका सम्बन्ध एक नाजुक मोडमा पुगेको बताएकी छन् । यदि चीनको ‘वैश्विक महत्वाकांक्षा’लाई नियन्त्रण गर्न चाहने हो भने अमेरिकाले भारतसँगको सम्बन्ध सकेसम्म चाँडो सुधार गर्नुपर्ने उनको धारणा छ ।

बुधबार न्यूजवीकमा प्रकाशित एउटा लेखमा हेलीले डोनाल्ड ट्रम्प प्रशासनलाई रूसी तेल र ट्यारिफ विवादका कारण अमेरिका– भारतबीच दरार बढ्न नदिन सुझाव दिएकी छन् ।




‘चीनको सामना गर्नका लागि, अमेरिकालाई भारतजस्तो साथीको आवश्यकता छ,’ उनले लेखेकी छन्, ‘…सरल शब्दमा भन्नुपर्दा, जति भारतको शक्ति बढ्छ, त्यति नै चीनको महत्वाकांक्षा कम हुन्छ ।’

भारत–अमेरिका बीच रूसी तेलको विषयमा तनाव



भारतले रूसबाट तेल किन्ने कार्यलाई जारी राखेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानमा ५० प्रतिशत शुल्क लगाउने निर्णय गरेका थिए । त्यसपछि अमेरिका र भारतबीच तनाव बढेको छ । भारतले भने आफ्नो ऊर्जा आवश्यकता पूर्तिका लागि रुसबाट तेल आयात गर्नुपरेको स्पष्ट पार्दै उपयुक्त समयमा अमेरिकाको जवाफ दिने बताएको छ ।

हेलीले ट्रम्पको दबाब अभियानलाई समर्थन भने गरेकी छन् । उनले भारतले रुसबाट तेल खरिद गर्दा ‘रुसले युक्रेनविरुद्ध जारी राखेको निर्दयी युद्धलाई वित्तपोषण गर्न सहयोग पुर्‍याइरहेको’ उल्लेख गरेकी छन् । तर, उनले भारतसँग शत्रुजस्तो व्यवहार भने नगर्न अमेरिकालाई सुझाव दिएकी छन् ।

उनले चेतावनीको शैलीमा भनेकी छन्, ‘एशियामा चिनियाँ प्रभुत्वको सामना गर्न सक्ने एक मात्र देश (भारत) सँग २५ वर्षमा भएको प्रगतिलाई नष्ट गर्नु एक रणनीतिक दुर्घटना हुनेछ ।’

हेलीले वाशिङ्टनका आर्थिक र सुरक्षा लक्ष्यका लागि भारतसँगको सहकार्य अपरिहार्य रहेको तर्क गरेकी छन् ।

त्यसैले दक्षिण क्यारोलिनाकी पूर्व गभर्नर हेलीले ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच प्रत्यक्ष वार्ताको सुझाव दिएकी छन् । ताकि सम्बन्ध थप नबिग्रिओस् ।

हेलीका अनुसार, भारतको उदय चीनको आर्थिक उभारपछि भएको सबैभन्दा महत्वपूर्ण भूराजनीतिक विकास हो ।

त्यसैले उनले भनेकी छन्, ‘यदि अमेरिका र भारतबीच सम्बन्ध सुधारको तुरुन्तै कदम चालिएन भने बेइजिङले यस दरारको फाइदा उठाउनेछ ।’

यसका अतिरिक्त हेलीले १९८२ मा ह्वाइट हाउसमा रोनाल्ड रेगनले इन्दिरा गान्धीलाई भनेका शब्द दोहोर्याउँदै निष्कर्षमा लेखेकी छन्, ‘भलै वाशिङ्टन र नयाँदिल्ली कहिलेकाहीँ फरक बाटोमा हिँडुन्, तर उनीहरूको गन्तव्य एउटै हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप