मुख्य समाचार
संयुक्त राष्ट्रसंघका लागि अमेरिकाकी पूर्वराजदूत निक्की हेलीले भारत–अमेरिका सम्बन्ध एक नाजुक मोडमा पुगेको बताए
संयुक्त राष्ट्रसंघका लागि अमेरिकाकी पूर्वराजदूत निक्की हेलीले भारत–अमेरिका सम्बन्ध एक नाजुक मोडमा पुगेको बताए

। संयुक्त राष्ट्रसंघका लागि अमेरिकाकी पूर्वराजदूत निक्की हेलीले भारत–अमेरिका सम्बन्ध एक नाजुक मोडमा पुगेको बताएकी छन् । यदि चीनको ‘वैश्विक महत्वाकांक्षा’लाई नियन्त्रण गर्न चाहने हो भने अमेरिकाले भारतसँगको सम्बन्ध सकेसम्म चाँडो सुधार गर्नुपर्ने उनको धारणा छ ।

बुधबार न्यूजवीकमा प्रकाशित एउटा लेखमा हेलीले डोनाल्ड ट्रम्प प्रशासनलाई रूसी तेल र ट्यारिफ विवादका कारण अमेरिका– भारतबीच दरार बढ्न नदिन सुझाव दिएकी छन् ।




‘चीनको सामना गर्नका लागि, अमेरिकालाई भारतजस्तो साथीको आवश्यकता छ,’ उनले लेखेकी छन्, ‘…सरल शब्दमा भन्नुपर्दा, जति भारतको शक्ति बढ्छ, त्यति नै चीनको महत्वाकांक्षा कम हुन्छ ।’

भारत–अमेरिका बीच रूसी तेलको विषयमा तनाव



भारतले रूसबाट तेल किन्ने कार्यलाई जारी राखेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानमा ५० प्रतिशत शुल्क लगाउने निर्णय गरेका थिए । त्यसपछि अमेरिका र भारतबीच तनाव बढेको छ । भारतले भने आफ्नो ऊर्जा आवश्यकता पूर्तिका लागि रुसबाट तेल आयात गर्नुपरेको स्पष्ट पार्दै उपयुक्त समयमा अमेरिकाको जवाफ दिने बताएको छ ।

हेलीले ट्रम्पको दबाब अभियानलाई समर्थन भने गरेकी छन् । उनले भारतले रुसबाट तेल खरिद गर्दा ‘रुसले युक्रेनविरुद्ध जारी राखेको निर्दयी युद्धलाई वित्तपोषण गर्न सहयोग पुर्‍याइरहेको’ उल्लेख गरेकी छन् । तर, उनले भारतसँग शत्रुजस्तो व्यवहार भने नगर्न अमेरिकालाई सुझाव दिएकी छन् ।

उनले चेतावनीको शैलीमा भनेकी छन्, ‘एशियामा चिनियाँ प्रभुत्वको सामना गर्न सक्ने एक मात्र देश (भारत) सँग २५ वर्षमा भएको प्रगतिलाई नष्ट गर्नु एक रणनीतिक दुर्घटना हुनेछ ।’

हेलीले वाशिङ्टनका आर्थिक र सुरक्षा लक्ष्यका लागि भारतसँगको सहकार्य अपरिहार्य रहेको तर्क गरेकी छन् ।

त्यसैले दक्षिण क्यारोलिनाकी पूर्व गभर्नर हेलीले ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच प्रत्यक्ष वार्ताको सुझाव दिएकी छन् । ताकि सम्बन्ध थप नबिग्रिओस् ।

हेलीका अनुसार, भारतको उदय चीनको आर्थिक उभारपछि भएको सबैभन्दा महत्वपूर्ण भूराजनीतिक विकास हो ।

त्यसैले उनले भनेकी छन्, ‘यदि अमेरिका र भारतबीच सम्बन्ध सुधारको तुरुन्तै कदम चालिएन भने बेइजिङले यस दरारको फाइदा उठाउनेछ ।’

यसका अतिरिक्त हेलीले १९८२ मा ह्वाइट हाउसमा रोनाल्ड रेगनले इन्दिरा गान्धीलाई भनेका शब्द दोहोर्याउँदै निष्कर्षमा लेखेकी छन्, ‘भलै वाशिङ्टन र नयाँदिल्ली कहिलेकाहीँ फरक बाटोमा हिँडुन्, तर उनीहरूको गन्तव्य एउटै हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम