मुख्य समाचार
भारत र चीनबीच १२ बुँदे सहमति
भारत र चीनबीच १२ बुँदे सहमति

: भारत र चीनबीच १२ बुँदे सहमति भएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच उक्त सहमति भएको हो।



विवादित सीमा क्षेत्रमा पनि शान्ति र स्थिरता कायम राख्न दुई देशबीच सहमत भएका छन्। त्यसअघि दुई देशका प्रतिनिधिहरूबीच सीमा विवादका विषयमा २४औं चरणको संवाद भएको थियो। उक्त संवादलाई निरन्तरता दिने सहमति पनि भएको भारतको विदेश मन्त्रालयले जानकारी दिएको छ।


दुई देशका विदेशमन्त्री स्तरमा भएका वार्तामा दुवै पक्षले व्यापार-व्यवसाय, हवाई सम्पर्क, तीर्थयात्रालगायत विभिन्न व्यावहारिक सहकार्यमा जोड दिइएको थियो।


यस्तो छ १२ बुँदे सहमति
१. दुवै पक्षले नेताहरूको रणनीतिक मार्गदर्शन दुई देशबीचको सम्बन्धको विकासमा अपरिहार्य र अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिए। उनीहरूले दुई देशबीच स्थिर र सहकार्यपूर्ण सम्बन्धलाई साकार पार्नका लागि आपसी हितमा हुने कुरामा सहमति जनाए। साथै, दुई नेताहरूबीच भएका महत्वपूर्ण बुझाइहरूलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा दुवै पक्षले जोड दिए।

२. चिनियाँ पक्षले तियान्जिनमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सहभागितालाई स्वागत गर्‍यो। भारतीय पक्षले चीनको एससीओअध्यक्षताको पूर्ण समर्थन पुनः पुष्टि गर्‍यो र सफल तथा परिणाममुखी एससीओ शिखर सम्मेलनको अपेक्षा व्यक्त गर्‍यो।

३. दुवै पक्षले सफल कूटनीतिक कार्यक्रमहरूको आयोजना गर्न एकअर्कालाई सहयोग गर्ने सहमति जनाए। चिनियाँ पक्षले भारतलाई २०२६ को ब्रिक्स शिखर सम्मेलन आयोजना गर्न सहयोग गर्नेछ। भारतीय पक्षले चीनलाई २०२७ को ब्रिक्स शिखर सम्मेलन आयोजना गर्न सहयोग गर्नेछ।

४. २०२६ मा दुई देशबीच उच्च-स्तरीय संयन्त्रको तेस्रो बैठक आयोजना गर्नेलगायत विभिन्न आधिकारिक द्विपक्षीय संवाद संयन्त्र र आदानप्रदानहरूको अन्वेषण र पुन: सुरुवात गर्न सहमति जनाए।

५. भारत र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वार्षिकोत्सवको सम्झनामा २०२५ मा कार्यक्रमहरू आयोजना गर्न दुवै पक्षले एकअर्कालाई सहयोग जारी राख्न सहमति जनाए।

६. दुवै पक्षले चीन र भारतका मुख्य सहरहरूमा प्रत्यक्ष उडान सम्पर्क पुनः सुरु गर्न र अद्यावधिक गरिएको हवाई सेवा सम्झौतालाई अन्तिम रूप दिन सहमति जनाए। उनीहरूले दुवैतर्फ पर्यटक, व्यवसाय, मिडिया र अन्य आगन्तुकहरूलाई भिसाको सहजीकरणमा पनि सहमति जनाए।

७. दुवै पक्षले २०२६ देखि चीनको तिब्बत स्वायत्त क्षेत्रको कैलाश पर्वत र मानसरोवर तालमा भारतीय तीर्थयात्राको स्तरलाई निरन्तरता दिन र थप विस्तार गर्न सहमति जनाए।

८. दुवै पक्षले सीमापार नदी सहयोगबारे विचार आदानप्रदान गर्दै भारत–चीन विशेषज्ञ स्तरीय संयन्त्रलाई सक्रिय रूपमा प्रयोग गर्ने, सम्बन्धित समझदारीपत्रहरूको नवीकरणमा निरन्तर सञ्चार कायम राख्ने र आपतकालीन परिस्थितिमा मानवीय आधारमा जलविज्ञानसम्बन्धी जानकारी साझा गर्ने सहमति जनाए।

९. दुवै पक्षले लिपुलेक पास, सिप्कीला पास र नाथुला पास नामक तीन तोकिएका व्यापारिक नाकाहरूमार्फत सिमाना व्यापार पुनः सञ्चालन गर्ने सहमति जनाए।

१०. दुवै पक्षले ठोस उपायहरूमार्फत दुई देशबीच व्यापार र लगानी प्रवाहलाई सहज बनाउन सहमति जनाए।

११. दुवै पक्षले मैत्रीपूर्ण परामर्शमार्फत सीमा क्षेत्रमा संयुक्त रूपमा शान्ति र स्थिरता कायम राख्ने सहमति जनाए।

१२. दुवै पक्षले बहुपक्षीयतालाई सुदृढ गर्ने, प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा सञ्चार बढाउने, डब्ल्यूटीओलाई केन्द्रमा राखेर नियम-आधारित बहुपक्षीय व्यापार प्रणालीलाई कायम राख्ने र विकासशील मुलुकहरूको हितको रक्षा गर्ने बहुध्रुवीय विश्वलाई प्रवर्द्धन गर्ने सहमति जनाए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप