मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न मध्यस्थता गर्ने प्रयास
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न मध्यस्थता गर्ने प्रयास

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न मध्यस्थता गर्ने प्रयास गरिरहेका छन्।



ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुवातदेखि नै शान्ति वार्तामा रुचि देखाउँदै आएका छन्।


सोमबार ट्रम्पले ह्वाइट हाउसमा दाबी गरे,ʻमैले ६ वटा युद्ध समाप्त गरेको छु। मैले युद्धविराम शब्द उल्लेख नगरी यी सबै सम्झौताहरू गरेको छु।ʼ


भोलिपल्ट उनले दिएको संख्या बढेर ʻसात युद्धʼ पुग्यो।

ट्रम्प प्रशासनले उनलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको बताएको छ। आफ्नो तर्कको समर्थनमा प्रशासनले ट्रम्पले रोकेका ती ʻयुद्धʼ को सूची पनि दिएको छ।

यी मध्ये केही सम्झौता केही दिन मात्र टिके र अरू कति स्थायी हुनेछन् भन्ने कुरा स्पष्ट छैन। ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा धेरै पटक ʻयुद्धविरामʼ शब्द प्रयोग गरेका छन्।

यी झडपलाई रोक्न ट्रम्पले कति श्रेय पाउनुपर्छ भनेर बीबीसी भेरिफाइ गरेको छ।

इजरायल र इरान
१२ दिन लामो द्वन्द्व १३ जुनमा इजरायलले इरानी स्थानमा आक्रमण गरेपछि सुरु भएको थियो। ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमण हुनुभन्दा पहिले नै आफूलाई जानकारी गराएको पुष्टि गरे।

यसपछि अमेरिकाले इरानको आणविक स्थललाई पनि निशाना बनायो। यो कदमले द्वन्द्वको चाँडै अन्त्य भएको विश्वास गरिएको थियो।

जुन २३ मा ट्रम्पले सामाजिक सञ्जालमा लेखे, ʻआधिकारिक रूपमा इरानले युद्धविराम सुरु गर्नेछ र १२ घण्टापछि इजरायलले पनि युद्धविराम गर्नेछ। २४ घण्टा पछि यो १२ दिने युद्ध समाप्त हुनेछ।ʼ

लडाईं समाप्त भएपछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आफ्नो देशले निर्णायक विजय हासिल गरेको दाबी गरे। यद्यपि उनले युद्धविरामबारे कुनै उल्लेख गरेनन्।

यस्तै इजरायलले नयाँ खतरा उत्पन्न भएमा इरानमाथि फेरि आक्रमण गर्न सक्ने बताएको छ।

अमेरिकास्थित थिंक ट्याङ्क ब्रुकिङ्स इन्स्टिच्युसनका वरिष्ठ फेलो माइकल ओहानलनले भने,ʻइरानको आणविक कार्यक्रमको स्थायी शान्ति वा अनुगमन सम्बन्धी कुनै सम्झौता भएको छैन। त्यसैले यो युद्धको अन्त्य नभएर केवल युद्धविराम हो। तर म ट्रम्पलाई केही श्रेय दिन चाहन्छु। अमेरिकी सहयोगमा इजरायलले इरानलाई कमजोर बनाउनु रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको छ।ʼ

पाकिस्तान र भारत
दक्षिण एसियाका दुई आणविक शक्ति राष्ट्रबीच वर्षौंदेखि तनाव रहेको छ। मे महिनामा पहलगाममा पर्यटकमाथि भएको आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव झनै बढेको छ।

चार दिनको द्वन्द्व पछि ट्रम्पले भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएको घोषणा गरे। उनले यो सम्झौता अमेरिकाको मध्यस्थतामा भएको वार्ताको परिणाम हो भने।

पाकिस्तानले ट्रम्पलाई धन्यवाद दिएपछि उनको निर्णायक कूटनीतिक हस्तक्षेपलाई उद्धृत गर्दै नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्‍यो।

यद्यपि भारतले अमेरिकाको भूमिकालाई कम महत्त्व दियो। भारतीय विदेश सचिव विक्रम मिस्रीले भने,ʻसैन्य कारबाही रोक्नेबारे वार्ता दुई सेनाबीच स्थापित विद्यमान च्यानल अन्तर्गत प्रत्यक्ष रूपमा भएको थियो।ʼ

तर ट्रम्पले बारम्बार भारत र पाकिस्तानबीचको युद्धविरामको श्रेय लिएका छन्। तर भारतले कुनै पनि तेस्रो पक्षको हस्तक्षेपलाई निरन्तर अस्वीकार गर्दै आएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा संसारका कुनै पनि नेताले भारतलाई अपरेशन सिन्दूर रोक्न नभनेको बताए।

अपरेशन सिन्दूरमा जारी बहसको क्रममा आफ्नो भाषणमा मोदीले भारतले कहिल्यै पनि तेस्रो पक्षको मध्यस्थता स्वीकार नगरेको र कहिल्यै स्वीकार नगर्ने पनि बताए।

रुवाण्डा र डीआर कंगो
यस वर्षको सुरुमा एम२३ विद्रोही समूहले खनिज सम्पन्न पूर्वी डीआर कंगोको नियन्त्रण कब्जा गरेपछि दुई देशबीचको लामो समयदेखिको शत्रुता बढ्यो।

जुनमा दुई देशले दशकौंदेखिको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले वाशिंगटनमा शान्ति सम्झौतामा हस्ताक्षर गरे।

ट्रम्पले यो सम्झौताले अमेरिका र दुई देशबीचको व्यापार बढाउन मद्दत गर्ने बताए।

सम्झौतामा अगस्ट २०२४ मा रुवान्डा र डीआर कंगोबीच युद्धविरामको पालना गर्न आह्वान गरिएको छ।

तर सम्झौतापछि दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लंघनको आरोप लगाए।

यसैबीच एम२३ विद्रोहीले शान्ति वार्ताबाट पछि हट्ने धम्की दिए।

अक्सफोर्ड विश्वविद्यालयका इतिहासका प्राध्यापक मार्गरेट म्याकमिलन भन्छिन्, ʻकङ्गो र रुवान्डाबीच अझै पनि लडाइँ जारी छ। त्यसैले त्यहाँ कहिल्यै युद्धविराम भएको छैन।ʼ

थाइल्याण्ड र कम्बोडिया
जुलाई २६ मा ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्रीसँग फोनमा रहेको र युद्धविरामका लागि अनुरोध गरिरहेको बताए।

केही दिन पछि थाइल्याण्ड र कम्बोडिया एक हप्ताभन्दा कम समयको लडाई पछि तत्काल र बिना शर्त युद्धविराममा सहमत भए।

राष्ट्रपति ट्रम्पले थाइल्याण्ड र कम्बोडियाले लडाइँ बन्द नगरे अमेरिकी कर घटाउन जारी वार्ता रोक्ने चेतावनी दिएका थिए।

दुवै देशको अर्थतन्त्र अमेरिकामा हुने निर्यातमा धेरै निर्भर छ।

अगस्ट ७ मा थाइल्याण्ड र कम्बोडियाले आफ्नो साझा सीमामा तनाव कम गर्न सम्झौता गरे।

आर्मेनिया र अजरबैजान
दुवै देशका नेताहरूले शान्ति सम्झौतामा ट्रम्पको भूमिकालाई ध्यानमा राख्दै उनलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने बताएका छन्।

अगस्ट ८ मा ह्वाइट हाउसमा आर्मेनिया र अजरबैजानबीचको सम्झौताको घोषणा गरिएको थियो।

ʻमलाई लाग्छ ट्रम्प यसका लागि धेरै श्रेयको योग्य छन्,ʼ ओहानलनले भने,ʻओभल अफिसमा भएको हस्ताक्षर समारोहले दुवै पक्षलाई शान्तितर्फ अगाडि बढ्न मद्दत गर्‍यो।ʼ

मार्चमा दुई सरकारले नागोर्नो–काराबाखमा करिब ४० वर्ष पुरानो द्वन्द्व अन्त्य गर्न तयार रहेको संकेत गरे।

सन् २०२३ मा अजरबैजानले आर्मेनियाली क्षेत्र कब्जा गरेपछि दुई देशबीचको तनाव झनै बढ्यो।

इजिप्ट र इथियोपिया
राष्ट्रपति ट्रम्पले इजिप्ट र इथियोपियाबीचको कुनै पनि युद्ध अन्त्य गर्न सकेका छैनन्। तर नाइल नदीमा बाँधलाई लिएर दुई देशबीच लामो समयदेखि तनाव रहेको छ।

इथियोपियाको भव्य इथियोपियन पुनर्जागरण बाँध अब पूरा भएको छ।

तर इजिप्टले यसले नाइल नदीको पानीको आफ्नो हिस्सालाई असर गर्न सक्ने बताएको छ।

इजिप्टका विदेशमन्त्रीले जुन २९ मा १२ वर्षको मतभेद पछि इथियोपियासँगको पानी वार्ता रोकिएको बताएका थिए।

ट्रम्पले भने,ʻयदि म इजिप्ट भएको भए मलाई पनि नाइल नदीको पानी चाहिन्थ्यो।ʼ

उनले अमेरिकाले यो विवाद चाँडै समाधान गर्ने वाचा गरे।

इजिप्टले ट्रम्पको भनाइको स्वागत गरेको छ। तर इथियोपियाली अधिकारीहरूले यसले तनाव अझ बढाउन सक्ने चेतावनी दिएका छन्।

ट्रम्पको दाबीका बाबजुद पनि इजिप्ट र इथियोपियाबीचको मतभेद समाधान गर्न अहिलेसम्म कुनै औपचारिक सम्झौता भएको छैन।

सर्बिया र कोसोभो
२७ जुनमा ट्रम्पले सर्बिया र कोसोभोबीचको शत्रुता रोक्ने दाबी गरे।

दुई देशबीच लामो समयदेखि विवाद रहेको छ। यसको जरा १९९० को दशकमा गएको छ। पछिल्ला वर्षहरूमा यो तनाव अझ बढेको छ।

ʻसर्बिया र कोसोभो न त एकअर्कासँग लडिरहेका छन् न त गोलीबारी आदानप्रदान गरिरहेका छन्,ʼ प्राध्यापक म्याकमिलनले भने, ʻत्यसैले यो अन्त्य गर्न सकिने युद्ध होइन।ʼ

यी दुई देशले २०२० मा राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा ओभल अफिसमा आर्थिक सम्झौतामा हस्ताक्षर गरेका थिए। यद्यपि त्यतिबेला उनीहरू युद्धको संघारमा थिएनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...