मुख्य समाचार
अफगानिस्तानमा बस दुर्घटना: ७३ जनाको मृत्यु,१७ बालबालिकासहित ७३ घाइते
अफगानिस्तानमा बस दुर्घटना: ७३ जनाको मृत्यु,१७ बालबालिकासहित ७३ घाइते

: अफगानिस्तानमा सडक दुर्घटनामा परी ७३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ बालबालिका पनि छन्। एक तालिवान अधिकारीले बीबीसीलाई बताएअनुसार उनीहरूमध्ये धेरैजसो इरानबाट निष्कासित अफगानी आप्रवासीहरू रहेको बुझिएको छ।



तालिवानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्लाह मुत्ताकीले काबुल जाँदै गरेको बस अन्य सवारीसँग ठोक्किँदा दुर्टना भएको बताएका छन्। बसमा रहेका सबै यात्रुको मृत्यु भएको साथै ठोक्किएका दुई सवारी साधनमा सवार दुई जनाको पनि मृत्यु भएको उनले बताए।


हालैका महिनामा इरानले आफ्नो देशमा भएको द्वन्द्वबाट भागेका अफगानीहरूलाई देश निकाला गर्ने प्रक्रियालाई तीव्र बनाएको छ।सन् १९७० को दशकदेखि लाखौं अफगानीहरू इरान र पाकिस्तान भागेका छन्।


यसमा सन् १९७९ मा अफगानिस्तानमा सोभियत संघको आक्रमणको समयमा र २०२१ मा तालिवान सत्तामा फर्किएपछि ठूलो संख्यामा मानिसहरू समावेश छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु
केपी शर्मा ओलीले बैठकमा पार्टीको ११ औँ महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते गर्ने प्रस्ताव
एमाले बैठकमा ५० जनाले राखे धारणा, दिए यस्ता सुझाव
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, दिउँसो केन्द्रीय समितिको बैठक बस्दै
— कास्कीको मादी गाउँपालिका–११ बरालडाँडाका ७० वर्षीय चित्रबहादुर गुरुङ सुगर–प्रेसरका दीर्घरोगी हुन् । एक्कासि स्वास्थ्य बिग्रेपछि उनी ३ दिनदेखि पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) को सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिए । उनलाई उपचारका लागि मंगलबार पोखराकै अर्को अस्पताल स्थानान्तरण गरिएको छ । जीएमसीका नर्स आन्दोलित भएपछि उनलाई अर्को अस्पताल लगिएको हो । अस्पतालबाट ...