मुख्य समाचार
विश्वसामु नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी
विश्वसामु नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी

: नेपालका अद्वितीय भौगोलिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक अनुभवहरूलाई विश्वभरका दर्शकमाझ प्रवर्द्धन गर्नका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकले मंगलबार संयुक्त साझेदारीको घोषणा गरेका छन्। लाइफ टाइम एक्सपिरियन्सलाई केन्द्रमा राखिएको यो पहल क्रिएटरले लिड गर्ने एक अभियान हो। यसले विशेष इन–एप एक्सपिरियन्स प्रदान गरी यात्रुहरूलाई नेपालका घुम्नै पर्ने गन्तव्य र प्रचार नभएका उत्कृष्ट ठाउँहरू पत्ता लगाउन सहयोग गर्नेछ।



यो अवसर नेपाल पर्यटन यात्राका लागि महत्वपूर्ण पहल भएको पर्यटनमन्त्री बद्री प्रसाद पाण्डेले बताए। ‘नेपाल पर्यटन बोर्ड र टिकटकबीच प्रभावकारी सहकार्य सुरु भएको छ। यो केवल एउटा सम्झौता मात्र नभई नेपाललाई विश्वसामु प्रभावकारी, आकर्षक र टाढासम्म पुर्‍याउने प्रतिबद्धता हो,’ उनले भने।


बोर्ड र टिकटकले एकसाथ स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ट्राभल क्रिएटरहरूसँग सहकार्य गर्नेछन्। यस अनुसार उनीहरूलाई नेपाल भ्रमण गर्न निम्त्याइनेछ र उनीहरूको यात्रालाई छोटा आकर्षक भिडियो बनाएर त्यसमार्फत् संसारभरका दर्शकसामु नेपालका सुन्दर प्राकृतिक एवम् सांस्कृतिक सम्पदाहरू प्रस्तुत गर्नेछ।


अभियान अवधिभर क्रियटरहरूले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, चाडपर्व, उत्सव, कला, खानपान र सामुदायिक परम्परालाई विश्वसामु प्रस्तुत गर्ने खालका कन्टेन्टहरू बनाई टिकटकमार्फत् सार्वजनिक गर्नेछन्। यसले भविष्यमा थप पर्यटकहरूलाई नेपाल भ्रमण गर्ने प्रेरित गर्ने बोर्डको विश्वास छ।

बोर्डले नेपाल भ्रमणमा आउने क्रिएटरहरूलाई स्वागत गर्नेछ र काठमाडौं उपत्यका तथा अन्य गन्तव्यहरूमा पुग्दा उनीहरूलाई सहज पहुँच होस् भनेर यात्रा, आतिथ्य तथा विज्ञ मार्गदर्शनको समन्वय गर्नेछ। बोर्डले अभियानका क्षण र कार्यक्रमहरूमा सहभागी गराउन प्रख्यात सार्वजनिक व्यक्तित्वहरू, कलाकारहरू तथा सांस्कृतिक दूतहरूलाई पनि आमन्त्रण गर्नेछ, जसले नेपालको बारेमा देशभित्र र बाहिरका पर्यटकहरूसम्म पुग्नेगरी सकारात्मक सन्देश प्रवाह गर्नेछन्।

स्थानीयस्तरमा अभियानलाई थप प्रभावकारी बनाउन टिकटकले एनटीबीसँग सहकार्य गरी नेपालमा तीनवटा क्षमता विकास कार्यशाला आयोजना गर्नेछ। जसले स्वदेशी ट्राभल कन्टेन्ट क्रिएटरहरूलाई डिजिटल स्टोरीटेलिङ, दर्शक वृद्धि र ब्रान्ड सहकार्यसम्बन्धी व्यावहारिक सीप प्रदान गर्नेछ। योसँगै टिकटकले नेपालका साना तथा मझौला उद्यम र पर्यटन व्यवसायीहरूलाई समेत आफ्नो उत्पादन तथा सेवाहरूलाई टिकटक मार्फत दर्शकसमक्ष प्रस्तुत गर्ने तरिका सिकाउने छ।

कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो साझेदारीले नेपाललाई विश्वसामु चिनाउन नयाँ अध्यायको सुरुवात गरेको बताए। यस साझेदारीले टिकटकको विश्वव्यापी पहुँचलाई हाम्रो देशका सुन्दर र अविष्मरणीय अनुभवहरूसँग जोड्न र अझै धेरै पर्यटकहरूलाई आफ्नो आगामी गन्तव्यका लागि नेपाल नै रोज्न प्रेरित गर्ने विश्वास रहेको जोशीको भनाइ छ।

टिकटकका दक्षिण एशियाका पब्लिक पोलिसी तथा गभर्मेन्ट रिलेसन्स प्रमुख फर्दोस मोत्ताकिनले नयाँ कुरा पत्ता लगाउने प्लेटफर्मका रूपमा परिचित टिकटकसँगको बोर्डको सहकार्यले नेपालका प्राकृतिक एवम् सांस्कृतिक सम्पदा र न्यानो आतिथ्यलाई विश्वसामु प्रस्तुत गर्न उत्साहित बनाएको बताए।

सन् २०२५ को बाँकी अवधिभरि चरणबद्ध रुपमा अघि बढ्ने यो सहकार्यमार्फत् टिकटकमा निरन्तर रूपमा क्रिएटर कन्टेन्टसँगै विशेष ह्यासट्याग भिजिट नेपाल इन–एप एक्सपिरियन्स पनि उपलब्ध हुनेछ। यस अभियानको मुख्य आकर्षण यसै वर्ष काठमाडौंमा आयोजना ह्यासट्याग भिजिट नेपाल इभेन्ट हुनेछ। जसमा क्रिएटर, पर्यटन सरोकारवाला र संस्कृतिको क्षेत्रका प्रतिनिधिहरू भेला भई नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा चिनाउने छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारत सरकारले अब आउने सबै नयाँ स्मार्टफोनमा सरकारी साइबर सुरक्षासम्बन्धी एप ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टल गर्न फोन निर्माताहरूलाई आदेश दिएको छ । रोयटर्सको समाचारअनुसार अब भारतमा बिक्री हुने हरेक नयाँ मोबाइलमा उक्त एप अनिवार्य रूपमा हुनैपर्नेछ । साथै, यो एप प्रयोगकर्ताले हटाउन नसक्ने गरी इन्स्टल भएको हुनु पर्नेछ । भारत विश्वकै सर्वाधिक तीव्र गतिमा वृद्धि भइरहेको ...
— गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले आफ्ना लागि बनाउँदै आएको एक विशेष सेमिकन्डक्टर चिप अब अर्को ठूलो प्रविधि कम्पनी मेटाले खरिद गर्ने विषयमा छलफल अघि बढाएको छ । मेटाले अर्बौं डलरमा गुगलको चिप किन्न लागेको खबरले प्रविधि बजार तरंगित बनेको छ । यस घटनाले सेमिकन्डक्टर क्षेत्रमा वर्चस्व कायम गर्दै आएको एनभिडियासँग गुगलको प्रतिस्पर्धा बढ्ने संकेत देखिएको रोयटर्सलगायत ...
— भारतले बनाएको नयाँ सामाजिक सञ्जाल प्लाटफर्म ‘जेक्टर’ अब नेपालमा पनि भित्र्याउने तयारी गरिएको छ । सफ्टा टेक्नोलोजिजले विकास गरेको यो प्लाटफर्म विशेषगरी दक्षिण एसियाका जेन-जी र जेन अल्फा पुस्तालाई लक्ष्य गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । जेक्टरलाई हालै भारतमा मिडियामाझ प्रस्तुत गरिएको थियो । आत्मनिर्भर डिजिटल भारतको लक्ष्यअनुरुप एप बनाएको सफ्टाले जनाउँदै आएको ...
— फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स र म्यासेन्जर गरी विश्वका झन्डै आधा दर्जन लोकप्रिय सामाजिक सञ्जाल प्लाटफर्महरू मेटा कम्पनीको स्वामित्वमा छन् । अर्बौं मानिसको दैनिक जीवनको हिस्सा बनेका फेसबुक, इन्स्टा र ह्वाट्सएप भने डिजिटल ठगीका लागि पनि उत्तिकै प्रयोग हुने गरेको पाइएको छ । थप चिन्ताको विषयचाहिँ यसबारे कम्पनी जानकार रहेको र ठगी विज्ञापनबाट उल्लेख्य आम्दानी हुँदा ठगीले प्रश्रय ...
— मोबाइलमा विभिन्न एपहरू सिफारिस गर्न बनाइएको ‘एपक्लाउड’ नामक एपलाई सामसङले आफ्ना डिभाइसको अपरेटिङ सिस्टममै आबद्ध गरेको र यसले प्रयोगकर्ताका डेटा संकलन गरेर इजरायली सरकारलाई दिने गरेको आरोप लगाइएको छ । सामसङका फोनहरूमा यो पहिलेदेखि रहे पनि नयाँ ग्यालेक्सी डिभाइसमा यसलाई ‘डिसेबल’ गर्न वा आमप्रयोगकर्ताले सजिलै हटाउन नमिल्ने गरी राखिएको बताइन्छ । आफूलाई गैर-नाफामूलक बताउने लेबनानको ...