मुख्य समाचार
साउदी अरेबिया पुगेका नेपालीहरूले नेपाली दूतावास साउदीबाट श्रम स्वीकृतिको वैधानिकीकरण (नवीकरण) सुरु
साउदी अरेबिया पुगेका नेपालीहरूले नेपाली दूतावास साउदीबाट श्रम स्वीकृतिको वैधानिकीकरण (नवीकरण) सुरु

: वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेका नेपालीहरूले नेपाली दूतावास साउदीबाट श्रम स्वीकृतिको वैधानिकीकरण (नवीकरण) सुरु गरेका छन्।





गत शुक्रबार नेपाली राजदूत डा. नरेश विक्रम ढकाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीको उपस्थितमा भर्चुअल माध्यमबाट बैधानिकरण श्रम स्वीकृति सुर गरिएको हो।


राजदूत ढकालले साउदी कार्यरत नेपालीलाई सहजीकरण गर्ने उद्देश्यले सो सुविधा ल्याएको बताए। यस्तै श्रम नवीकरण गर्न नेपाल फर्किनुपर्ने बाध्यतालाई अन्त्य गरी साउदी दूतावासबाट नै वैधानिक रूपमा अनलाइन माध्यममार्फत श्रम स्वीकृति नवीकरण गर्ने व्यवस्था सुरु गरिएको उनले बताए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको नयाँ कार्यविधि अनुसार यो व्यवस्थाले श्रम स्वीकृतिको म्याद सकिएर पनि वैधानिक रूपमा कार्यरत तर नेपाल फर्कन नपाएका श्रमिकहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।

श्रम काउन्सेलर कविराज उप्रेतीका अनुसार श्रम स्वीकृतिका लागि हालसम्म ३ जनाले आवेदन दिएका छन्।

यस्तै सन् २०२४ सेप्टेम्बर ३० भन्दा पहिलेदेखि नै साउदी अरबमा कानुनी रूपमा कार्यरत श्रमिकहरूले श्रम स्वीकृति नवीकरणका लागि आवेदन दिनसक्नेछन्। आवेदन दिन श्रमिकहरूले वैदेशिक रोजगार विभागको आधिकारिक अनलाइन प्रणालीमा गएर फाराम भर्नुपर्ने व्यवस्था मिलाइएको उनले बताए।

आवेदन प्रक्रियालाई सहज र पारदर्शी बनाउन दूतावासले स्पष्ट कार्यविधि तोकेको उनले जानकारी दिए।

श्रमिकहरूले आवेदनका साथमा आफ्नो राहदानी, साउदीको वैध आवासीय अनुमति पत्र (अकामा), नेपालमा गरिएको म्यादी जीवन बीमा, सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार कल्याणकारी कोषमा तोकिएको रकम जम्मा गरेको प्रमाण तथा हाल कार्यरत कम्पनीसँगको करार सम्झौता अनलाइनमा अपलोड गरिएको हुनुपर्ने छ।

दूतावासले प्राप्त आवेदन र कागजातको आधिकारिकता जाँच गर्ने र प्रक्रिया स्वीकृत हुनुअघि आवेदकको जैविक विवरण (फोटो, आँखाको आइरिस स्क्यान र औँठाछाप) समेत लिइनेछ।

कुनै कागजात अपुग वा अस्पष्ट भएमा आवेदन अस्वीकृत गरी थप विवरण पेस गर्न आवेदकलाई सूचित गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स (यूएई) गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट यूएई भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ। तर, यूएई सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदै छ। गत वर्षको ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विधानसभामा पहिलोपटक दशैँ तथा तिहार उत्सव आयोजना गरिएको छ। सनातन समाज अस्ट्रेलिया क्यानबेराको आयोजना तथा विपक्षी दलका नेता मार्क पार्टनको आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली समुदायको सांस्कृतिक पहिचान, परम्परा र क्यानबेराको विकासमा नेपालीहरूको योगदानको प्रशंसा गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै एसीटीका विपक्षी दलका नेता मार्क पार्टनले नेपाली समुदाय अस्ट्रेलियाका विभिन्न ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकका समस्या केवल रोजगारी, तलब र कार्यस्थलसम्म सीमित छैनन्। मृत्यु, शव स्वदेश फिर्ती, दुर्घटनापछिको क्षतिपूर्ति, रक्तधन, जेल, कानुनी प्रक्रिया, बहिर्गमन अनुमति, श्रम स्वीकृति तथा कागजातसम्बन्धी झन्झटसम्मका विषयले नेपाली श्रमिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन्।यिनै विषयलाई केन्द्रमा राखेर नेपाली राजदूतावास रियादले पहिलोपटक आफ्ना सेवा, गतिविधि र श्रमिकसँग सम्बन्धित ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...