मुख्य समाचार
साउदी अरेबिया पुगेका नेपालीहरूले नेपाली दूतावास साउदीबाट श्रम स्वीकृतिको वैधानिकीकरण (नवीकरण) सुरु
साउदी अरेबिया पुगेका नेपालीहरूले नेपाली दूतावास साउदीबाट श्रम स्वीकृतिको वैधानिकीकरण (नवीकरण) सुरु

: वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेका नेपालीहरूले नेपाली दूतावास साउदीबाट श्रम स्वीकृतिको वैधानिकीकरण (नवीकरण) सुरु गरेका छन्।





गत शुक्रबार नेपाली राजदूत डा. नरेश विक्रम ढकाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीको उपस्थितमा भर्चुअल माध्यमबाट बैधानिकरण श्रम स्वीकृति सुर गरिएको हो।


राजदूत ढकालले साउदी कार्यरत नेपालीलाई सहजीकरण गर्ने उद्देश्यले सो सुविधा ल्याएको बताए। यस्तै श्रम नवीकरण गर्न नेपाल फर्किनुपर्ने बाध्यतालाई अन्त्य गरी साउदी दूतावासबाट नै वैधानिक रूपमा अनलाइन माध्यममार्फत श्रम स्वीकृति नवीकरण गर्ने व्यवस्था सुरु गरिएको उनले बताए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको नयाँ कार्यविधि अनुसार यो व्यवस्थाले श्रम स्वीकृतिको म्याद सकिएर पनि वैधानिक रूपमा कार्यरत तर नेपाल फर्कन नपाएका श्रमिकहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।

श्रम काउन्सेलर कविराज उप्रेतीका अनुसार श्रम स्वीकृतिका लागि हालसम्म ३ जनाले आवेदन दिएका छन्।

यस्तै सन् २०२४ सेप्टेम्बर ३० भन्दा पहिलेदेखि नै साउदी अरबमा कानुनी रूपमा कार्यरत श्रमिकहरूले श्रम स्वीकृति नवीकरणका लागि आवेदन दिनसक्नेछन्। आवेदन दिन श्रमिकहरूले वैदेशिक रोजगार विभागको आधिकारिक अनलाइन प्रणालीमा गएर फाराम भर्नुपर्ने व्यवस्था मिलाइएको उनले बताए।

आवेदन प्रक्रियालाई सहज र पारदर्शी बनाउन दूतावासले स्पष्ट कार्यविधि तोकेको उनले जानकारी दिए।

श्रमिकहरूले आवेदनका साथमा आफ्नो राहदानी, साउदीको वैध आवासीय अनुमति पत्र (अकामा), नेपालमा गरिएको म्यादी जीवन बीमा, सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार कल्याणकारी कोषमा तोकिएको रकम जम्मा गरेको प्रमाण तथा हाल कार्यरत कम्पनीसँगको करार सम्झौता अनलाइनमा अपलोड गरिएको हुनुपर्ने छ।

दूतावासले प्राप्त आवेदन र कागजातको आधिकारिकता जाँच गर्ने र प्रक्रिया स्वीकृत हुनुअघि आवेदकको जैविक विवरण (फोटो, आँखाको आइरिस स्क्यान र औँठाछाप) समेत लिइनेछ।

कुनै कागजात अपुग वा अस्पष्ट भएमा आवेदन अस्वीकृत गरी थप विवरण पेस गर्न आवेदकलाई सूचित गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालमा सुधार केन्द्रमा राखिएका एक युवाको शंकास्पद मृत्यु भएको घटनाको निष्पक्ष अनुसन्धान गर्न उनको परिवारले माग गरेको छ । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कात्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ...
। भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए । गोवा प्रहरीका अनुसार ज्यान गुमाउने नेपालीहरुमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा छन् । उनीहरुको शव नेपाल ल्याउने ...
— म्यानमारको म्यावाडी क्षेत्रस्थित श्वे कोक्को र के के पार्कमा अवैध रूपमा सञ्चालनमा रहेका अनलाइन स्क्यामिङ केन्द्र (टेलिकम ठगी तथा अनलाइन जुवा) मा बन्धक बनाई काममा लगाइएका ४७ जना नेपाली श्रमिकको उद्धार गरिएको छ । थाइल्यान्ड र म्यानमार सरकारसँग समन्वय गरी बैंकस्थित नेपाली दूतावासले उनीहरूलाई बुधबार नेपाल फर्काएको हो । उनीहरूलाई नेपाल एयरलाइन्सको उडान नं. आरए ...
— मलेसियाले कागजातविहीन श्रमिकलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिएको छ । मलेसियाको सेलायाङ बारु क्षेत्रबाट ८ सय ४३ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ८ सय ८ पुरुष र ३५ महिला छन् । उनीहरूको उमेर २१ देखि ५३ वर्षसम्मको भएको मलेसियन सञ्चारमाध्यमले जनाएका छन् । सेलाङ्गोरका मुख्यमन्त्री तथा राज्य सुरक्षा समिति अध्यक्ष आमिरुद्दिन शारीले विदेशी श्रमिकको अनियन्त्रित प्रवेश तथा ...
: दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु भएको अवस्थामा शव नेपाल लैजाने प्रक्रिया अत्यन्तै जटिल र खर्चिलो भएको भन्दै मृतकका परिवार र कोरियास्थित नेपाली समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन्। नेपाल सरकारको स्पष्ट नीतिगत व्यवस्था नभएका कारण शोकमा डुबेका परिवारले शव नेपाल लैजान निकै सास्ती खेप्नु परिरहेको छ। विद्यार्थीको मृत्यु भएमा परिवारका सदस्य एवं कोरियास्थित नेपाली ...