मुख्य समाचार
बेलायतका सेना प्रमुख अमेरिका भ्रमणमा जाँदै
बेलायतका सेना प्रमुख अमेरिका भ्रमणमा जाँदै

: बेलायतका सेना प्रमुख अमेरिका भ्रमणमा जाँदैछन्। युक्रेनका लागि 'सुरक्षा ग्यारेन्टी'हरूबारे विस्तृत वार्तामा सहभागी हुन् उनी अमेरिका जान लागेका हुन्।



प्रधानमन्त्री किअर स्टार्मरले रक्षा प्रमुख सर टोनी राडाकिनलाई शान्ति सम्झौता भएमा युक्रेनको सुरक्षाका लागि आवश्यक उपायहरू विस्तृत रूपमा तयार गर्न निर्देशन दिएका छन्।


यसैबीच प्रधानमन्त्री स्टार्मरले 'गठबन्धन राष्ट्रहरू'को भर्चुअल बैठकको अध्यक्षता गर्ने भएका छन्। अमेरिकामा हुने छलफलको परिणामबारे उक्त बैठकमा जानकारी दिइने र आगामी कदमहरूबारे छलफल गरिने बीबीसीले जनाएको छ।


गठबन्धनमा बेलायत, फ्रान्स र जर्मनीलगायत देशहरू छन्। उनीहरूले युक्रेनमा शान्ति स्थापनापछि त्यसको रक्षा गर्ने प्रतिबद्धता जनाएका छन्। जर्मन चान्सलर फ्रेडरिक मर्जका अनुसार बैठकमा सुरक्षा ग्यारेन्टीबारे छलफल हुनेछ। पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क पनि बैठकमा सहभागी हुने बताइएको छ।

यसैबीच रुसी पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभले सामाजिक सञ्जालमार्फत उक्त गठबन्धनप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप