मुख्य समाचार
तीन जनाको जापानिज इन्सेफ्लाईटिसबाट मृत्यु
तीन जनाको जापानिज इन्सेफ्लाईटिसबाट मृत्यु

: जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन जनाको जापानिज इन्सेफ्लाईटिसबाट मृत्यु भएको छ। साउन २३ गतेदेखि भदौ ३ गतेसम्मको नमुना परीक्षणका क्रममा ९ जनामा संक्रमण देखिएको थियो। तीमध्ये ३ जनाको मृत्यु भएको हो।



जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका-५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका-१२ की ७० वर्षीय वृद्धा र भरतपुर महानगरपालिका-१२ की ८१ वर्षीया वृद्धा रहेका छन्। उनीहरूको विगत ११ दिनमा आएको नतिजा हो। गत आर्थिक वर्षमा चितवनमा देखिएका ३ जना संक्रमितमध्ये एक जनाको मृत्यु भएको थियो।


उनले भने, ‘जापानिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका व्यक्तिमा देखिएको छ।’ कालिका नगरपालिकामा एउटै वडामा दुई जनालाई संक्रमण देखिएको छ। भरतपुर महानगरपालिकाको तीनवटा वडामा, राप्ती नगरपालिकाको दुईवटा वडामा, खैरहनी नगरपालिकाको एउटा वडामा र माडी नगरपालिकाको एउटा वडामा एक/एक जनामा यो रोगको संक्रमण देखिएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु
केपी शर्मा ओलीले बैठकमा पार्टीको ११ औँ महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते गर्ने प्रस्ताव
एमाले बैठकमा ५० जनाले राखे धारणा, दिए यस्ता सुझाव
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, दिउँसो केन्द्रीय समितिको बैठक बस्दै
— कास्कीको मादी गाउँपालिका–११ बरालडाँडाका ७० वर्षीय चित्रबहादुर गुरुङ सुगर–प्रेसरका दीर्घरोगी हुन् । एक्कासि स्वास्थ्य बिग्रेपछि उनी ३ दिनदेखि पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) को सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिए । उनलाई उपचारका लागि मंगलबार पोखराकै अर्को अस्पताल स्थानान्तरण गरिएको छ । जीएमसीका नर्स आन्दोलित भएपछि उनलाई अर्को अस्पताल लगिएको हो । अस्पतालबाट ...