मुख्य समाचार
सत्तारुढ कांग्रेस र एमालेलले उपसभामुख पदको अवमूल्यनन गरेको आरोप
सत्तारुढ कांग्रेस र एमालेलले उपसभामुख पदको अवमूल्यनन गरेको आरोप

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ कांग्रेस र एमालेलले उपसभामुख पदको अवमूल्यनन गरेको आरोप लगाएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा प्रमुख सचेतक परियारलले मंगलबार सिंहदरबार र बालुवाटारमा सत्तारुढ दलले प्रहसन देखाएको आरोप लगाए ।




उनले भने, ‘हिजो बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रहसन भयो , त्यसले सम्मानित सदनलाई चोट पुर्‍याएको छ, लोकतन्त्रको विरासत धानेका भन्नेहरूले सम्मानित सदनको सार्वभौम संसदको उपसभामुख जस्तो जिम्मेवार पदलाई जुन तहको अवमूल्यन भएको छ यो लोकतन्त्रका लागि निकै ठूलो खतरा भएको छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठम्माइ हो ।’

मानव तस्करीको आरोप लगाउँदै सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेपछि रास्वपासहितका विपक्षी दलले विरोध जनाएका छन् ।



प्रमुख सचेतक परियारलले सत्तारुढ दलले आफ्ना सांसदलाई खाली पानामा हस्ताक्षर गर्न लगाएको तर्फ संकेत गर्दै सांसदको विवेकलाई बन्दी नबनाउन आग्रह गरे ।

‘सांसदको विवेकलाई बन्दी नबनाउँ, सांसद आफैंमा सार्वभौम हो, सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर जुनबेला पायो त्यही बेला स्वार्थपूर्ति गर्ने मुद्दा नबनाउँ,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई निषेध गर्न खोजिएको उनको आरोप छ । ‘आज रास्वपालाई निषेध गर्न खोजिँदैछ, नयाँहरूलाई निषेध गर्न सकिँदैन, समाज विज्ञानले प्रमाणित गरेको कुरा हो, कुनै पनि नयाँहरूलाई समाजले निषेध गर्न सक्दैन, हो हामीलाई कमजोर बनाउन खोजिएला तर हामीलाई निषेध गर्न यो समाजले सक्दैन, यो नयाँ युगले सक्दैन भन्ने हाम्रो ठम्माइ हो,’, उनले भने ।

बारम्बार कार्यपालिकाले व्यवस्थापिकालाई आक्रमण गरेको भन्दै टुलुटुलु हेरेर बस्न नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामछिाने भैरहवा कारागारमा हुँदा निकै पीडामा परेको र दुब्लाएको बताएका छन् । बुधबार लामिछानेलाई नख्खु कारागार पुगेर भेट्ने क्रममा उनले रविको अनुहारनै कमजोर देखिएको बताए । रविलाई भेटेर फर्कने क्रममा सञ्चारकर्मीसँग उनले भने, ‘भैरहवामा हुँदा नाजुक हुन खोजेको रहेछ । यहाँ आएपछि सुधार ...
। सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनता भन्दा ठूलो कोही नरहेको बताएका छन् । बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफू त्यत्तिकै प्रधानमन्त्री नभएको भन्दै जनताले जिताएर पठाएको र सांसदहरूले सहयोग गरेकाले नै प्रधानमन्त्री भएको बताए । ‘धेरै पार्टीका नेताहरू मेरो खिलाफमा लाग्नुभयो, मलाई डडेलधुराबाट हार्छ ...
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । ललितपुरको नख्खु कारागारमा पुगेर प्रचण्डले रविसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा उनले रविसँग कारागारको बसाइबारे जानकारी लिएको प्रचण्डले बताएका छन् । रविलाई प्रचण्डले भैरहवा कारागारको भन्दा नख्खुमा धेरै राम्रो सेवा सुविधा पाएको जानकारी गराएका छन् । ‘भैरहवा कारागारको भन्दा यहाँ धेरै ...
। नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं प्रतिनिधिसभा सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले कुवेतमा विषाक्त मदिरा सेवनबाट निधन भएका र गम्भीर बिरामी परेका नेपालीको अवस्थाबारे अद्यावधिक विवरण सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । कुवेतमा विषाक्त मदिरा सेवनका कारण १२ जना नेपालीको मृत्यु भएको थियो भने केही गम्भीर बिरामी परेका छन् । सोही घटनाबारे बुधबार प्रतिनिधिसभा बैठकमा सांसद शर्माले ...
पूर्वलडाकुको कथामा बनेको फिल्म ‘सिटामोल’ हेरेपछि भक्कानिए बाबुराम