मुख्य समाचार
शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरू केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको बताए
शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरू केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको बताए

। सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरू केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता भाष्य र चुनौतीहरू चिर्दै अझ बढी सशक्त र क्रियाशील हुन आवश्यक रहेको जिकिर गरे ।




‘पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित गर्ने कोशिस भइरहेको छ,’ सभापति देउवाले भने, ‘तर यस्ता भाष्य र चुनौतीहरू चिर्दै अझ बढी शसक्त र क्रियाशिल हुन आवश्यक छ ।’

उनले नेपाली कांग्रेसका सबै भ्रातृ संस्था र संगठनहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र बृहत एकता कायम गर्न निर्देशन पनि दिए ।



‘नेपाली कांग्रेसका सबै भ्रातृ संस्था र संगठनहरुलाई क्रियाशिल र गतिशिल बनाउँदै पार्टीभित्र वृहत एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याइ नेपाली कांग्रेसको स्थिर सरकार निर्माण गर्न तपाईं हामी सबैले अझ बढी समर्पणका साथ काम गर्न आवश्यक छ,’ उनले भने ।

सभापति देउवाले नेपाल विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिले भरिपूर्ण रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको कसुरका पक्राउ परका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) विरुद्ध ५ दिन म्याद थप भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीद्धारा चन्द्रागिरीबाट सोमबार पक्राउ गोर्खालीलाई ५ दिन हिरासत राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालत म्याद दिएको हो । गोर्खालीले के–कुन प्रयोजनाका लागि १० करोड लेनदेन गरे भन्ने विषय पनि अनुसन्धान ...
। सर्वोच्च अदालतले बहुचर्चित गौर हत्याकाण्डमा छानबिन अघि बढाउन आदेश दिएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त हत्याकाण्डमा छानबिनको काम अघि बढाउन आदेश दिएको हो । त्रिभुवन शाहलगायतले गौरहत्याकाण्डबारे छानबिन गरी कारबाही हुनुपर्ने माग राखेर सर्वोच्च अदालतमा निवेदन दिएका थिए । यस्तो थियो घटना ७ चैत २०६३ मा रौतहटको गौरस्थित राइस मिलको चौरमा ...
। सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टीतेल छर्कने काम भइरहेको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले नेपाली समाजभित्र पूरा असन्तुष्टिका स्वरहरू रहेको बताउँदै जनतामा रहेको असन्तुष्टि, आक्रोश र रिसलाई केहीले पेट्रोल, मट्टितेल छर्किएर दन्दनी बाल्ने काम ...
। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले हाल सामाजिक सञ्जालमा प्रायोजित तवरले झुटो प्रचार हुने गरेको बताएका छन् । सोमबार राजधानीमा आयोजित नेपाली विशिष्ट महिलाहरुको ऐतिहासिक फोटो प्रदर्शनीमा उनले सामाजिक सञ्जालमा आएका हरेक कुरा सही नहुने बताएका हुन् । उनले कुन सही, कुन झुटो कुरा हो भनेर तथ्य पत्ता लगाउने बानी विकास गर्न समेत आग्रह गरे । ‘सामाजिक ...
। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले जलवायु परिवर्तनको दु:खद् अनुभव व्यहोरिरहेको बताएका छन् । सोमबार काठमाडौंमा हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोध्न गर्दै उनले हालै रसुवा जिल्लामा ठूलो बाढी, पहिरोबाट धेरै जनाले ज्यान गुमाउनुका साथै अर्बौं नोक्सानी भएको बताए । तराई, मधेशमा लामो समय वर्षा नहुँदा खानेपानीको समस्या हुनुका साथै किसानले धान रोप्न नपाएको बताए । समयमा ...