मुख्य समाचार
हाल सामाजिक सञ्जालमा प्रायोजित तवरले झुटो प्रचार हुने गरेको बताए
हाल सामाजिक सञ्जालमा प्रायोजित तवरले झुटो प्रचार हुने गरेको बताए

। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले हाल सामाजिक सञ्जालमा प्रायोजित तवरले झुटो प्रचार हुने गरेको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित नेपाली विशिष्ट महिलाहरुको ऐतिहासिक फोटो प्रदर्शनीमा उनले सामाजिक सञ्जालमा आएका हरेक कुरा सही नहुने बताएका हुन् ।




उनले कुन सही, कुन झुटो कुरा हो भनेर तथ्य पत्ता लगाउने बानी विकास गर्न समेत आग्रह गरे ।

‘सामाजिक सञ्जालमा प्रायोजित तवरले झुटो प्रचार गर्नको लागि पठाएका म्यासेजहरूलाई यो ठिक छैन भन्ने कुरालाई फिल्टर गर्ने क्षमता त हामीले पनि विकास गर्नुपर्‍यो,’ उपप्रधानमन्त्री सिंहले भने, ‘कसैले लेखिदियो भन्दैमा सबै कुरा शत प्रतिशत सही हो भन्न भएन । हामीसँग भएका वुद्धि विवेकलाई पनि हामी प्रयोग गरौं ।’



कतिपयले सामाजिक सञ्जालमा प्रायोजित तवरले झुटो प्रचार गर्नको लागी म्यासेजहरू पठाउने गरेको उल्लेख गर्दै उनले यो ठिक छैन भनेर फिल्टर गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।

यस्ता कुरामा आफ्नो बुद्धि विवेकलाई प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

‘अहिले जुन सोसल मिडियाको जमाना छ । यसमा तपाईं हामीले एउटा राम्रोसँग बुझ्नुपर्ने कुरा के हो भन्दाखेरी के झुटो समाचार हो, कुन चाँहीमा कत्तिको तथ्य छ भन्ने कुरा त हामी धर्तीमा जन्मेपछि भगवानले सबैलाई हामीलाई बुद्धि दिएको छ, विवेक दिएको छ । हामीले बुझ्नु त पर्‍यो,’ उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको कसुरका पक्राउ परका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) विरुद्ध ५ दिन म्याद थप भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीद्धारा चन्द्रागिरीबाट सोमबार पक्राउ गोर्खालीलाई ५ दिन हिरासत राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालत म्याद दिएको हो । गोर्खालीले के–कुन प्रयोजनाका लागि १० करोड लेनदेन गरे भन्ने विषय पनि अनुसन्धान ...
। सर्वोच्च अदालतले बहुचर्चित गौर हत्याकाण्डमा छानबिन अघि बढाउन आदेश दिएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त हत्याकाण्डमा छानबिनको काम अघि बढाउन आदेश दिएको हो । त्रिभुवन शाहलगायतले गौरहत्याकाण्डबारे छानबिन गरी कारबाही हुनुपर्ने माग राखेर सर्वोच्च अदालतमा निवेदन दिएका थिए । यस्तो थियो घटना ७ चैत २०६३ मा रौतहटको गौरस्थित राइस मिलको चौरमा ...
। सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरू केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता भाष्य र चुनौतीहरू चिर्दै अझ बढी सशक्त र क्रियाशील हुन आवश्यक रहेको जिकिर गरे । ‘पुराना ...
। सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टीतेल छर्कने काम भइरहेको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले नेपाली समाजभित्र पूरा असन्तुष्टिका स्वरहरू रहेको बताउँदै जनतामा रहेको असन्तुष्टि, आक्रोश र रिसलाई केहीले पेट्रोल, मट्टितेल छर्किएर दन्दनी बाल्ने काम ...
। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले जलवायु परिवर्तनको दु:खद् अनुभव व्यहोरिरहेको बताएका छन् । सोमबार काठमाडौंमा हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोध्न गर्दै उनले हालै रसुवा जिल्लामा ठूलो बाढी, पहिरोबाट धेरै जनाले ज्यान गुमाउनुका साथै अर्बौं नोक्सानी भएको बताए । तराई, मधेशमा लामो समय वर्षा नहुँदा खानेपानीको समस्या हुनुका साथै किसानले धान रोप्न नपाएको बताए । समयमा ...