मुख्य समाचार
नेपालको जैविक विविधता संकटमा छ, मिलेर पार लगाऔं : राष्ट्रपति पौडेल
नेपालको जैविक विविधता संकटमा छ, मिलेर पार लगाऔं : राष्ट्रपति पौडेल

। राष्ट्रपति रामचन्द्र पौडेलले दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याएको नेपालको जैविक विविधता संकटमा रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा हिन्दूकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले नेपालसहित हिन्दुकूश हिमालय देशहरू संकटासन्न अवस्थामा रहेको भन्दै सबै मिलेर यसलाई पार लगाउनुपर्ने बताए ।




‘हामी सबै संकटासन्न अवस्थामा छौँ । यसलाई सबैले मिलेर पार गर्नुछ,’ उनले भने, ‘जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषण अब केवल वैज्ञानिक प्रतिवेदनमा सीमित नभई हाम्रो दैनिक जीवनको कठोर यथार्थ बनेका छन् ।’

उनले थपे, ‘त्यसैले आजको यो बैठक हाम्रो साझा र दिगो भविष्यको रोडम्याप तयार गर्ने ऐतिहासिक अवसर हो । यो हिन्दूकुश हिमालय क्षेत्रको भूगोल, हिमालय क्षेत्र, वन, नदी र वायुमण्डलको भविष्यबारे दृढ संकल्प जनाउने अवसर हो ।’



नेपाली क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन, कृषियोग्य भूमिको उर्वरताले यहाँका दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याएको उनले बताए ।

‘हाम्रा यस क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन, कृषियोग्य भूमिको उर्वरताले यहाँका दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याएको छ,’ उनले भने, ‘तर आज यो जीवनयापनको आधार संकटमा छ ।’

राष्ट्रपति पौडेलले जैविक विविधता संरक्षणका लागि राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्र विस्तार, वन्यजन्तु निगरानी प्रणालीको आधुनिकीकरण र स्थानीय समुदायसँगको सहकार्य प्रशंसनीय रहेको बताए ।

‘जलवायु परिवर्तनले पारेको नकारात्मक प्रभावको बारेमा मैले विश्व मञ्चमा विश्व समुदायलाई ध्यानाकर्षण गर्दै आएको छु,’ उनले भने, ‘विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्रि सेल्सियससम्म सीमित गर्न पेरिस सम्झौतामा गरिएको प्रतिबद्धता पूरा गर्न सम्बन्धित पक्षहरूले आफ्नो आफ्नो ठाउँबाट योगदान पुर्‍याउनु आजको आवश्यकता हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु
केपी शर्मा ओलीले बैठकमा पार्टीको ११ औँ महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते गर्ने प्रस्ताव
एमाले बैठकमा ५० जनाले राखे धारणा, दिए यस्ता सुझाव
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, दिउँसो केन्द्रीय समितिको बैठक बस्दै
— कास्कीको मादी गाउँपालिका–११ बरालडाँडाका ७० वर्षीय चित्रबहादुर गुरुङ सुगर–प्रेसरका दीर्घरोगी हुन् । एक्कासि स्वास्थ्य बिग्रेपछि उनी ३ दिनदेखि पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) को सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिए । उनलाई उपचारका लागि मंगलबार पोखराकै अर्को अस्पताल स्थानान्तरण गरिएको छ । जीएमसीका नर्स आन्दोलित भएपछि उनलाई अर्को अस्पताल लगिएको हो । अस्पतालबाट ...