मुख्य समाचार
गोल्डेन ग्लोब अवार्ड विजेता हलिउड अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा निधन
गोल्डेन ग्लोब अवार्ड विजेता हलिउड अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा निधन

। गोल्डेन ग्लोब अवार्ड विजेता हलिउड अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

टेरेन्स ‘सुपरम्यान’ फ्रान्चाइजीको खलपात्र जनरल डजको भूमिकामा परिचित छन् । यसबाहेक, उनी द हन्टेड मेन्सन र मर्डर मिस्ट्रीजस्ता लोकप्रिय फिल्ममा देखा परे ।




स्ट्याम्पको परिवारले मृत्युको बारेमा आधिकारिक नोट जारी गरेको छ । त्यसमा लेखिएको छ, ‘टेरेन्स स्ट्याम्प एक अभिनेता र लेखक हुन् जसको उत्कृष्ट कामले हामी सबैको जीवनमा अमिट छाप छोड्नेछ ।’

‘उनको कला र कथाले धेरै वर्षसम्म मानिसलाई प्रेरणा दिनेछ । हामी यो कठिन समयमा गोपनीयताको लागि अनुरोध गर्दछौं’ नोटमा उल्लेख छ ।



स्ट्याम्पको प्रेम जीवन सधैं हेडलाइनमा रह्यो । उनले अभिनेत्री जूली क्रिस्टी र सुपरमोडल जीन स्रिम्टनलाई डेट गरे ।



जीनसँग सम्बन्धविच्छेद भएपछि टेरेन्स भारत पुगे । कृष्णमूर्ति आश्रममा बस्न थाले । १६ नोभेम्बर १९७६ मा ओशोको सल्लाहमा सन्यासी बने ।

स्ट्याम्पको मृत्युको कारण खुलाइएको छैन । टेरेन्स १९६२ को फिल्म ‘बिली बड’को लागि अस्करमा सर्वश्रेष्ठ सहायक अभिनेतामा मनोनित भए ।

फिल्म ‘कलेक्सन’को लागि कान्स फिल्म फेस्टिभलमा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार प्रदान गरियो । सन्् १९६२ को उक्त फिल्मको लागि उनले नव–अभिनेताको रुपमा गोल्डेन ग्लोब पुरस्कार प्राप्त गरे ।

सन् २००२ मा ६४ वर्षको उमेरमा टेरेन्सले २९ वर्षीया एलिजाबेथ ओ’रोर्कसँग विवाह गरे । यद्यपि, ६ वर्ष पछि २००८ मा दुईको सम्बन्धविच्छेद भयो ।

सन् १९७८ मा, टेरेन्सले पहिलोपटक रिचर्ड डोनर निर्देशित फिल्म ‘सुपरम्यान’मा जनरल डजको भूमिका निर्वाह गरे । फिल्ममा क्रिस्टोफर रिभ्सले मुख्य भूमिकामा अभिनय गरे ।

यसपछि, टेरेन्स सन् १९८० को दशकको ‘सुपरम्यान २’ र त्यसपछि सन् २००६ को ‘सुपरम्यान २’ फिल्म द रिचर्ड डोनर कटमा देखा परेका छन् ।

टेरेन्सलाई अन्तिम पटक सन् २०२१ को फिल्म ‘द लास्ट नाइट इन सोहो’मा देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...