मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्नका लागि युक्रेनले रूसको शर्त मान्नुपर्ने बताए
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्नका लागि युक्रेनले रूसको शर्त मान्नुपर्ने बताए

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्नका लागि युक्रेनले रूसको शर्त मान्नुपर्ने बताएका छन् ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिरि जेलेन्स्कीसँग भेटको पूर्वसन्ध्यामा ट्रम्पले युद्ध अन्त्य गरेर शान्ति सम्झौता गर्न युक्रेन नेटोमा सामेल हुन नपाउने शर्त अघि सारेका हुन् ।




ट्रम्पले भनेका छन्, ‘यदि उनी (जेलेन्स्की)चाहन्छन् भने तुरुन्तै रूससँगको युद्ध अन्त्य गर्न सक्छन् ।’

ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भेट्नु केही घण्टा अघि ट्रम्पले क्रिमिया प्रायद्वीप पनि युक्रेनले फिर्ता नपाउने बताएको बीबीसीले जनाएको छ ।



मस्कोले २०१४ मा क्रिमिया कब्जा गरेको थियो । पछिल्लो पटक सन् २०२२ देखि रूसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।

अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको शिखर बैठकपछि जेलेन्स्कीलाई अमेरिका बोलाएका ट्रम्पले युक्रेनलाई नेटोमा सामेल नहुने शर्त र क्रिमिया छाड्न सुझाएका हुन् ।

युक्रेनले अहिलेसम्म यी दुवै शर्त मान्न नसकिने बताउँदै आएका छन् । नेटोमा सामेल हुने कुरा आफ्नो सार्वभौमिक अधिकारको निर्णय बताउँदै आएको युक्रेनलाई ट्रम्पले अघि सारेका शर्त मञ्जुर हुने/नहुनेमा आशंका छ ।

अलास्कामा भएको पुटिनसँगको शिखर वार्तामा ट्रम्पले युद्धविरामको मागलाई छोडेर स्थायी शान्ति सम्झौताका लागि आह्वान गरेका थिए ।

आइतबार अबेर अमेरिका आइपुगेका जेलेन्स्कीले सहयोगी राष्ट्रहरूबाट प्रभावकारी सुरक्षा ग्यारेन्टीको माग दोहोर्‍याएका छन् ।

एक अमेरिकी दूतका अनुसार युक्रेनको सुरक्षार्थ नेटो जस्तै तर, फरक अमेरिकी सुरक्षा सम्झौताका लागि पुटिन समेत तयार भएका छन् ।

छिमेकी मुलुक युक्रेन नेटोमा सामेल भए आफ्नो देशको सीमासम्मै युरोपेली गठबन्धन सेना नेटोका सैनिक आइपुग्ने आशंका पुटिनलाई छ ।

आइतबार राति निजी स्वामित्वको ‘ट्रूथ सोसल’ मा पोस्ट गर्दै ट्रम्पले भनेका छन् ‘युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रूससँगको युद्ध लगभग तुरुन्तै अन्त्य गर्न सक्छन्, यदि उनी चाहन्छन्, वा उनी लडाइँ जारी राख्न सक्छन् ।’

साथै ट्रम्पले युक्रेनले क्रिमिया गुमाउनुमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको हातमा रहेको भन्दै आरोपित गरेका छन् ।

‘सम्झनुहोस्, यो कसरी सुरु भयो, ओबामाको पालामा कुनै गोली नचलाई १२ वर्षअघि क्रिमिया गुमाइएको थियो, र युक्रेन नेटोमा जान पाउने छैन । केही कुराहरू कहिल्यै परिवर्तन हुँदैनन्’, ट्रम्पले थप लेखेका छन् ।

यसैबीच, नेटोका महासचिव मार्क रुटे र युरोपेली नेताहरू, जसमा बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मर पनि जेलेन्स्कीकै साथमा ट्रम्पसँगको वार्तामा सहभागी हुने भएका छन् ।

यस्तै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, इटालियन प्रधानमन्त्री जियोर्जिया मेलोनी, जर्मन चान्सलर फ्रेडरिक मजर, फिनिश राष्ट्रपति अलेक्जेन्डर स्टब र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन यसअघि नै संयुक्त वक्तव्य जारी गरेर युक्रेनलाई समर्थन गर्ने बताएका थिए ।

यद्यपि इयुका कति नेता ट्रम्प–जेलेन्स्की वार्ताका लागि ह्वाइट हाउस पुग्नेछन् भन्ने स्पष्ट छैन ।

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै ट्रम्पको निमन्त्रणाप्रति ‘आभारी’ भएको बताएका छन् । ‘हामी सबै यो युद्धलाई छिटो र भरपर्दो रूपमा अन्त्य गर्ने बलियो इच्छा राख्छौं’, जेलेन्स्कीले लेखेका छन् ।

सन् १९९४ मा युक्रेनलाई तथाकथित ‘सुरक्षा ग्यारेन्टी’ दिँदा काम नगरेको भन्दै सहयोगीहरूबाट प्रभावकारी सुरक्षा ग्यारेन्टी चाहेको जेलेन्स्कीको भनाइ छ ।

ट्रम्पले शान्ति सम्झौता स्वीकार गर्न जेलेन्स्कीलाई दबाब दिन सक्नेतर्फ कूटनीतिहरूले चिन्ता व्यक्त गरेका छन् ।

यद्यपि, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बीबीसीको अमेरिकी साझेदार सञ्चारमाध्यम सीबीएससँगको कुराकानीमा जेलेन्स्कीलाई ट्रम्पले शान्ति सम्झौता स्वीकार गर्न धम्की दिने कुनै पनि सुझावलाई ‘मूर्ख मिडिया कथा’ भनेका छन् ।

यसअघि ट्रम्प र जेलेन्स्कीबीचको सम्बन्धमा तिक्तता आएको थियो । युरोपेली नेताहरूले त्यसपछि सम्बन्ध सुधार्नका लागि काम गरिरहेका छन् र जेलेन्स्कीलाई ट्रम्पसँग मेल खाने भाषामा कुरा गर्न प्रशिक्षित गरिएको समाचारमा उल्लेख छ ।

युक्रेनले अमेरिकालाई देशको वित्तीय हिस्सा दिने खनिज सम्झौतामा हस्ताक्षर गरेको छ ।

अलास्का शिखर वार्ताअघिसम्म ट्रम्पले पनि लगातार रुसको लगातार आलोचना गर्दै आएका थिए । उनले अल्टिमेटम नमान्दा रुसी राष्ट्रपति पुटिनलाई ‘पागल’ भनेका थिए । साथै उनले युक्रेनविरुद्धको युद्ध नरोके रुसमाथि कडा अमेरिकी प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।

पछिल्ला वार्ताहरू चलिरहँदा पनि रुसी सेनाले युक्रेनविरुद्धको आक्रमण जारी राखेको छ । मस्कोले सन् २०२२ को फेब्रुअरीमा पूर्ण आक्रमण थालेपछि युक्रेनको लगभग पाँच भागको एक भाग कब्जा गरिसकेका छन् अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरूले उल्लेख गरेका छन् ।

नेटो जस्तो सुरक्षा सम्झौताको सम्भावना

आइतबार जेलेन्स्की र तथाकथित ‘कोएलिसन अफ द विलिंग’ गठबन्धन राष्ट्रहरूबीच भर्चुअल शिखर वार्ता भएको थियो । यो गठबन्धनमा बेलायत, फ्रान्स र जर्मनी लगायतका युरोपेली राष्ट्रहरू छन् । बैठकमा सदस्य राष्ट्रहरूले युक्रेनमा शान्ति कायम भएपछि त्यसलाई सुरक्षित राख्ने वाचा गरेको बताइएको छ ।

अमेरिकी दूत स्टीव विट्कोफले सीएनएनलाई दिएको अन्तर्वार्तामा पुटिन ‘गेम–चेन्जिंग’ सुरक्षा ग्यारेन्टीका लागि सहमत भएको बताएपछि जेलेन्स्की र नेटो नेताहरू थप जानकारी लिन उत्सुक देखिन्छन् ।

विट्कोफले यस्तो सम्झौताले युरोप र अमेरिकालाई नेटो–जस्तो रक्षा सम्झौतामार्फत थप आक्रमणबाट युक्रेनलाई बचाउन सक्ने बताए ।

‘हामीले एक छुट प्राप्त गर्न सफल भयौं कि संयुक्त राज्य अमेरिकाले आर्टिकल ५–जस्तो सुरक्षा प्रदान गर्न सक्छ, जुन युक्रेन नेटोमा सामेल हुन चाहनुको एक वास्तविक कारण हो’, विट्कोफले सीएनएनसँगको कुराकानीमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले धेरै अघिल्ला इजरायली नेताहरूले गर्न नसकेको काम गरेका छन् । उनको एउटा उपलब्धीमा अमेरिकासँग मिलेर आफ्नो क्षेत्रीय शत्रु इरानविरुद्ध खुला रूपमा लामो समयसम्म आक्रमण गर्न सहमत गराउनु हो । अहिलेसम्म ती आक्रमणहरूमा इरानमा १,४०० भन्दा बढी मानिसको मृत्यु भएको छ, जबकि इजरायली आक्रमणले लेबनानमा १,००० जनाको ज्यान लिएको छ । साथै धेरै ...
: साउदी अरेबियाले इरानलाई जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। साउदीको पूर्वाधारमामाथि थप आक्रमण गरे आफूहरू प्रतिकारात्मक कदम चाल्न बाध्य हुने इरानलाई साउदीले सचेत गराएको हो। साउदीका विदेशमन्त्री फैसल बिन फरहान ल साउदले भने, 'हाम्रो धैर्यको पनि एक सीमा हुन्छ।' साउदी र खाडीका अन्य सहयोगी राष्ट्रहरूसँग 'पर्याप्त क्षमता' रहेको बताउँदै उनले आवश्यक परे इरानमाथि आवश्यक ...
: इरानी सर्वोच्च नेता मोजतबा खामेनीले एक लिखित सन्देश जारी गर्दै टर्की र ओमानका केही क्षेत्रमा भएका आक्रमणहरूमा इरानको संलग्नता नरहेको दाबी गरेका छन्। फारसी नयाँ वर्ष 'नौरोज'को अवसरमा जारी गरिएको उक्त सन्देशलाई इरानको सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरिएको हो। नौ पाना लामो आफ्नो वक्तव्यमा खामेनीले इरानले आफ्ना पूर्वी छिमेकीहरूलाई निकै घनिष्ठ मान्ने उल्लेख गरेका छन्। खामेनीले पाकिस्तानलाई ...
: विश्वव्यापी रूपमा चुलिँदै गएको ऊर्जा संकट र आकासिएको इन्धनको मूल्य नियन्त्रण गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले रणनीतिक कदम चालेको छ। अमेरिकाले समुद्रमा (ट्रान्जिटमा) रहेको करिब १४ करोड ब्यारेल इरानी तेलमाथि लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाउने निर्णय गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सामाजिक सञ्जाल एक्स मार्फत यो जानकारी सार्वजनिक गर्दै यस कदमको मुख्य उद्देश्य विश्व ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताएका छन् । नेतन्याहुको भनाइपछि कच्चा तेलको मूल्य शुक्रबार घटेको छ । व्यापारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीलाई पनि स्वागत गरेका छन् । बुधबार खाडी राष्ट्र कतारको एक प्रमुख ग्यास फिल्डमा भएको आक्रमणले खाडीमा इन्धन प्रशोधन केन्द्रहरू विरुद्ध इरानले प्रतिशोधको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम