मुख्य समाचार
नगर अस्पताल बेल्टारका चिकित्सकमाथि आक्रमण
नगर अस्पताल बेल्टारका चिकित्सकमाथि आक्रमण

— नगर अस्पताल बेल्टारका चिकित्सकमाथि आक्रमण भएको छ । शनिबार राति बेलका नगरपालिका–९ का वीरेन्द्र राईले अस्पतालमा कार्यरत ‘हेल्थ असिस्टेन्ट’ शिवशंकर शाहमाथि आक्रमण गरेका हुन् ।


आमा महिलाकुमारी राई जलनको समस्या लिएर शनिबार बेलुका अस्पताल भर्ना भएको र चिकित्सकले उपचारमा लापरबाही गरेको भन्दै छोरा वीरेन्द्रले चिकित्सकमाथि आक्रमण गरेका हुन् ।

घटनाको विषयमा अस्पतालले आइतबार एक विज्ञप्ति जारी गर्दै राईले चिकित्सकमाथि हातपात, गाली गलौज र अस्पतालका भौतिक संरचना तोडफोड गरेको जनाएको छ ।

ईमरजेन्सी वार्डमा उपचार भइरहेको समयमा बिरामीका छोराले उपचारमा खटिएका चिकित्सकमाथि कैँची, ढुङ्गालगायत अस्पताल भित्र रहेका विभिन्न औजार प्रयोग गरी अन्धाधुन्ध आक्रमण गरेकाले उनलाई कारबाही गर्न सम्बन्धित निकायलाई अस्पतालले अनुरोध गरेको छ ।

दोषी उपर कारबाही नभएसम्म अस्पतालका सबै सेवा बन्द गर्ने अस्पतालले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
रियल फेरि जितको बाटोमा
नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको करिब ७० वर्ष पूरा हुन लागेको छ। विशेषगरी व्यापार र लगानीका सन्दर्भमा हालको द्विपक्षीय सम्बन्धलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? रुस–नेपाल व्यापारिक सम्बन्ध अहिले धेरै ठूलो परिमाणमा छैन, तर प्रचुर मात्रामा सम्भावना भने छ। ऊर्जा, उपकरण, मल, धातुजन्य सामग्रीसँगै नेपाली चिया, कफी र लत्ता कपडासमेत समेटिएको हालको व्यापार संरचनाले दुवै ...
एमाले नेताहरूले भने– महाधिवेशनपछि पार्टी अझै एकढिक्का र बलियो हुन्छ
२००६ सालमा स्थापित कम्युनिस्ट पार्टीको मूलधार बोकेको एमालेको ११ औं महाधिवेशन राजधानीमा जारी
एमालेको नयाँ नेतृत्वका लागि चुनावी कार्यतालिका सार्वजनिक, १ गते मतदान