मुख्य समाचार
नेपाल सरकार इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइको लागि हर सम्भव पहलमा जुटिरहेको बताए
नेपाल सरकार इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइको लागि हर सम्भव पहलमा जुटिरहेको बताए

— प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइको लागि हर सम्भव पहलमा जुटिरहेको बताएका छन्।


उनले आज सामाजिक सञ्जालमार्फत जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेकोले हर सम्भव पहलमा जुटिरहेको जानकारी दिएका हुन्। 'सरकार बिपिनको सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको छ । विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ,' उनले भने।

प्रधानमन्त्री ओलीले विपिनका परिवारको साथमा नेपाल सरकार रहेको समेत बताएका छन्। 'इजरायलस्थित हाम्रो दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेटेर विपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नुभएको छ,' प्रधानमन्त्री ओलीले लेखेका छन्, 'यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ।'

प्रधानमन्त्री ओलीले इजरायलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ता सबैप्रति विशेष धन्यवादसमेत दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— झुण्डिएको अवस्थामा तीन दिनअघि मृत फेला परेकी बालिकाको हत्या भएको आशंकामा छानबिनको माग गरिएको छ । साउन २९ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रामकुमार हिङमाङको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी १२ वर्षीया तारा अछामीको बलात्कारपछि हत्या गरिएको आशंकामा छानबिन गर्नुपर्ने माग राख्दै आफन्तले प्रहरीमा जाहेरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय खोटाङका ...
— नेपाल–चीनबीचको हिमाली सीमानामा आपसी सहयोग र विश्वास सुदृढ पार्ने उद्देश्यले संयुक्त टोलीले सीमा क्षेत्रको निरीक्षण गरेको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ स्थित किमाथांका नाकामा नेपाल र चीनका सुरक्षा निकायका प्रतिनिधिहरूले सीमा स्तम्भहरूको संयुक्त अवलोकन तथा सरसफाइ गरेका हुन्। सशस्त्र प्रहरी बल नम्बर ४ अरुण गुल्म, चैनपुरअन्तर्गत पर्ने किमाथांका सीमा सुरक्षा पोष्ट (बिओपी)का इन्चार्ज नविन खतिवडाको नेतृत्वमा ...
पहिराले दार्चुला–गोकुेलेश्वर सडकअन्तर्गत तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध
— आर्थिक वर्ष २०८१/८२ मा नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । प्राधिकरणको ४० औं वार्षिकोत्सवका अवसरमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत आर्थिक वर्षमा करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँमा झरेको जानकारी दिए । २०८०/८१ मा भएको नाफाको तुलनामा यो ३७.३२ प्रतिशत कम रहेको उनको भनाइ छ । आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणले करअघिको नाफा ...
— अध्यागमनबाट यात्रु फिर्ता भए प्रहरीमार्फत अनुसन्धान, तस्करी नियन्त्रणमा सहयोग माग्दै मन्त्रालयलाई पत्र भिजिट भिसामा विभिन्न मुलुक प्रस्थानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुका कागजात शंकास्पद देखिए प्रस्थान अनुमति नदिई ‘अफलोड’ गरिँदै आएकामा अब नेपाल प्रहरीमार्फत आरोपमाथि अनुसन्धान गरिने भएको छ । कागजात शंकास्पद देखिए यसअघि प्रस्थान अनुमति नदिई विमानस्थलबाटै बिना अनुसन्धान फिर्ता (अफलोड) गरिँदै आएकामा अब ...