मुख्य समाचार
जंगली च्याउ खाँदा रोल्पामा वृद्ध दम्पतीको मृत्यु
जंगली च्याउ खाँदा रोल्पामा वृद्ध दम्पतीको मृत्यु

— जंगली च्याउ खाँदा रोल्पामा वृद्ध दम्पतीको मृत्यु भएको छ । प्रहरीका अनुसार परिवर्तन गाउँपालिका-२ राङसी गाउँ निवासी ती दम्पतीको दाङमा उपचार गराइरहेका बेला दुई दिनको फरकमा शनिबार र आइतबार मृत्यु भएको हो ।


प्रहरीका अनुसार राङसी निवासी ८१ वर्षीय भागीराम वली र उनकी श्रीमती ७४ वर्षीया नर्मला वलीले गत साउन २७ मा च्याउ खाएका थिए । जंगलबाट खोजेर ल्याएको च्याउ खाएलगत्तै उनीहरू बिरामी भएका थिए । स्थानीय स्वास्थ्य संस्थामा उनीहरूको प्राथमिक उपचार गरिएको थियो ।

बिरामीको स्वास्थ्य अवस्था गम्भीर भएपछि दुवैलाई थप उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको थियो । उनीहरूलाई शनिबार राति प्रतिष्ठानमा पुर्‍याइएको थियो । उनीहरू दुवैको उपचारका क्रममै मृत्यु भएको हो । साउन ३१ मा नर्मलाको र आइतबार भागीरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए । उनीहरूलाई उपचार गराउन छोरा मनबहादुर वलीले दाङ पुर्‍याएका थिए । मृतक दुवैको शवको पोस्टमार्टम प्रतिष्ठानमै गर्ने तयारी छ ।‍

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
रियल फेरि जितको बाटोमा
नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको करिब ७० वर्ष पूरा हुन लागेको छ। विशेषगरी व्यापार र लगानीका सन्दर्भमा हालको द्विपक्षीय सम्बन्धलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? रुस–नेपाल व्यापारिक सम्बन्ध अहिले धेरै ठूलो परिमाणमा छैन, तर प्रचुर मात्रामा सम्भावना भने छ। ऊर्जा, उपकरण, मल, धातुजन्य सामग्रीसँगै नेपाली चिया, कफी र लत्ता कपडासमेत समेटिएको हालको व्यापार संरचनाले दुवै ...
एमाले नेताहरूले भने– महाधिवेशनपछि पार्टी अझै एकढिक्का र बलियो हुन्छ
२००६ सालमा स्थापित कम्युनिस्ट पार्टीको मूलधार बोकेको एमालेको ११ औं महाधिवेशन राजधानीमा जारी
एमालेको नयाँ नेतृत्वका लागि चुनावी कार्यतालिका सार्वजनिक, १ गते मतदान